आमा भन्नुहुन्छ
ए छोरी, छाती छोप
लोग्नेमान्छेको आँखा खराब हुन्छन

बा भन्नुहुन्छ
ए छोरी, घुंडा छोप
लोग्नेमान्छेको आँखा खराब हुन्छन

दाजि भन्नुहुन्छ
ए बैनी, नाइटो छोप
लोग्नेमान्छेको आँखा खराब हुन्छन

ए किन भन्दैनन कोहि पनि
छोप छोप, लोग्नेमान्छेको आँखा छोप
लोग्नेमान्छेको आँखा खराब हुन्छन !

लेखक: राजेन्द्र थापा