हो मलाई तिम्रो आज धेरै याद आयो…
तिमिसगँ भनेकी थिए कैले याद गर्दिन तिमिलाई तर पनि सकिन्
हो मलाई आज अति नै तड्पायो तिम्रो यादले त्यो तिम्रो मायाले गरेको गाली याद आयो ।
त्यो मैले तिमिलाई मेरो थोरै समय नदिदा तिमी रिसाको याद आयो…
हो आज मलाई आफू रित्तो भएजस्तो महसुस भयो…
यो कुराको खुसी छ कि यति धेरै दिन तिमी मेरो बोली नसुनी मलाइ नसम्झी बसेउ….
हो आज मलाइ त्यो कुर याद आयो जब हामी नबोल्ने भनेर बाचा गरेको अर्को दिन मेरो थोरै बोली सुन्न फोन गरेको
थियौ
अनि मेरो एउटा बोली सुनेपछी फोन राखेर आफ्नो फोन नलाग्ने बनायेर राखेको थियौ…
हो मलाइ आज त्यो कुरा याद आयो जुन रातभरी पनि सकिदैनथ्यो…
यसरी टाढा हुनु मा मेरो गल्ती थियो थाहा छ
तरपनि तिमिलाइ याद नै नगरी कसरी बसु..???
किन आज खल्लो लायो मलाइ ?
के पुगेन तेस्तो ?
हो मलाई तिनी कुरा याद आए जुन मैले तिमिसगँ बाचा गरेर पुराउन सकिन…..
तर अहिले यहि सोचेकी छु कि के तिमिलाई पनि मलाइ जस्तो भाको छ ?
तिम्रो मन पनि रोको छ ?
पहिला म सगँ नबोली बस्न नसक्ने अहिले खुसी ले बसेको छौ ?
अब चाहेर पनि हाम्रो जिन्दगीसगैँ हुन सक्दैन होला तर पनि तिमिले म बाट आफ्नो सारा अधिकार लगे पनि तिमलाइ याद गर्न पाउने अधिकार चाहि लग्ने सकेनौ…
Miss you💔