रातिकाे २ बजेकाे थियाे माेबाईल बज्याे । गाउँबाट फाेन अाकाे रहेछ ।

हेल्लाे, अमरलाई जनकपुर अस्पतालमा राखेन रेफर गर्याे र हामी उसकाे दाइ र श्रीमतीसँग एम्बुलेन्समा पठाई दिए । त्यहाँ कहाँ भर्ना गराउनु पर्छ, के गर्नु पर्छ तिमी सहयाेग गर्दिनु है ।

हुन्छ, मबाट हुन सक्ने सहयाेग गर्नु छु । पठाईदिनु है ।

अमर, त्याे मान्छे हाे जसलाई ज्वरो अाएर जाँच गराउन जाँदा रगतकाे कमि छ, रगत चढाउनु पर्छ भनेकाे थियाे । बुधबार उसलाई जनकपुर अँचल अस्पतालमा भर्ना गरायाे । मैले प्रयास गरेर एक प्याकेट रगत पनि खाेजेर चढायाे तर अचानक के भयाे कि उसलाई त्यहाँकाट रेफर नै गर्नु पर्याे ? मेराे मनमा प्रश्न उठ्याे ।

काठमाडौं अाउँद‌ैे छ यता अाएर वास्तविकता बुझ्छु । अनि सुते ।

३० मिनट जति भएको हाेला सुतेकाे फेरि फाेन अायाे । अमरकाे दाई अभिशेकले फाेन गरेकाे रहेछ ।

म बर्दिवास अाई पुगे । कहाँ भर्ना गर्ने ? भनेर साेध्नु भयाे । टिचिङ्ग अस्पतालमा भर्ना गर्ने भनेर फाेन काट्याे ।

फेरि,

कुहि बेर पछि फाेन अायाे । सिन्धुलि पुगे । कहाँ भर्ना गर्ने ? भनेर साेध्नु भयाे । टिचिङ्ग अस्पतालमा भर्ना गर्ने ।

केही बेर पछि,

फेरि फाेन गर्नु भयाे । खुर्काेट पुगे । फेरि त्यहीँ प्रश्न कहाँ भर्ना गर्ने ? मेराे जवाफ एउटै टिचिङ्ग अस्पतालमा भर्ना गर्ने ।

रातभरि फाेन गरेकाे गरे गर्नु भयाे । नेपालथाेक, धुलिखेल, बनेपा, काेटेश्वर पुग्दा फाेन गर्नु भयाे । हरेक पल्ट एउटै प्रश्न कहाँ भर्ना गर्ने ? र मेराे जवाफ पनि एउटै टिचिङ्ग अस्पतालमा भर्ना गर्नु ।

यति किन फाेन गरेकाे हाेला ? एउटै प्रश्न किन गरेकाे हाेला ? मैले साेचे,

भाईकाे चिन्ताले हाेला कि ।

विहानकाे ९ बजे टिचिङ्ग अस्पतालमा पुग्नु भयाे। म पनि पुगे । सबै कुरा बुझेर अाकस्मिकमा भर्ना गराए ।

विभिन्न जाँचहरु गरायाे । दबाईहरु पनि सुरु भयाे ।

उसलाई रगतकाे कमि छ, रगत चाप पनि कम छ, रगतको मात्रा पनि कम छ । जनकपुर अंचल अस्पतालमा उसकाे रगत ए पाेजेटिव रगत थियाे तर अभिशेकलाई बि पाेजेटिव रगत मगायाे र मैले एक जना रगतदाता खाेजेर रगत निकाल्न पनि लगाए ।

जब रगत चढाउनकाे लागि लग्याे तब फेरि जाँच्दा उसको रगत समुुह ए पाेजेटिव थियाे अनि अर्काे ए पाेजेटिवकाे रगतदाता खाेजेर रगत निकालेर रगत चढायाे ।

जब रगत चढायाे अनि अमरकाे शरिरकाट यति धेरै पसिना अायाे रेफर गर्न भन्याे ।

यता जाँचहरुकाे लागि बिल काटेर रगत पिसाबकाु नमुना सहित जाँचकाे लागि पठाए ।

जति खेर सम्म म अभिुशेकसँग थिए उसले एउटै प्रश्न गर्थ्याे कि जाँचहरु लागि फेरि रकम तिर्नु त पर्दैन नि । नाई फेरि तिर्नु पर्दैन भन्थे तर कयाै पल्ट एउटै प्रश्न गर्नु भयाे ।

उमेशकाे उपचार सुरु भयाे अनि म पनि अाफ्नाे रुम अाए । केही पर्याे भने फाेन गर्नु हाेला ।