चिया खादै थिए,

उसले मलाई भन्नि थाह छ ? एउटा कुरा मैले मेरो पहिरनको कारणले म जागिर पाइन्न नि ।

हो र ? तर कसरि यस्तो नि हुन्छ र ?
मलाई राम्रो संग भन्न के भयो ?
उसले भन्न थालिन……………………………..

एउटा संस्थामा लेखापालको जागिर खुलेको थियो । मैले चीनेको एउटा दिदि त्यहाँ काम गर्नु हुन्थ्यो वंहाले नै मेरो लागि आवेदन दिनु भयो र सबै प्रक्रिया पुराएर भए पछि।
मलाई फोन आयो कि तपाई यहाँ आवेदन दिनु भएको थियो ?
हजुर, देको थिए ।
एक दिन पछि तपाइको अन्तरवार्ता रहेको छ, कृपया आउनु होला ।
मैले हुन्छ, अनि
अरु केहि लिएर आउनु पर्छ ? मैले सोधे,
तपाई आफ्नो बायोडाटा लिएर आउनु न है । भन्दै फोन काट्नु भयो ।

म खुशी भए किन कि,
जागिरको लागे विभिन्न ठाउँमा प्रयास गरेको थिए, अन्त्यमा अन्तरवार्ताको लागि फोन आयो ।

म अन्तरवार्ताको लागि उक्त संस्थामा गए ।
नमस्ते ।
किन आउनु भएको छ ? रिसेपसनम भएको मिसले सोध्नु भयो ।
आज मलाई अन्तरवार्ताको लागि बोलाएको थियो ।
येह ओक,
केहि बेर प्रतिक्षा गर्नु है ।
हुन्छ । अनि त्यहि साइडमा बसे
केहि बेरमा मलाई बोलाउनु भयो ।

नमस्ते ।
म भित्र आऊ ? तर उता बाट कसैको जवाफ आएन ।
म भित्र गए ।
हातले देखाउदै भनु भयो, ल यहाँ बस्नु
अनि तपाइको आफ्नो बायोडाटा दिनुस त ।
म आफ्नो बायोडाटा दिदै, भनेको ठाउँमा बसे ।

आफ्नो बारेमा भनुस ? मेरो लागि पहिलो प्रश्न गर्नु भयो ।
म आफ्नो बारेमा भने,
अनि तपाई मैथली भाषा बोल्नु हुन्छ है ? मलाई फेरी अर्को प्रश्न !
हो, सर
त्यसो भए तपाईलाई अंग्रेजी बोल्न आउदैन होला ? एक जना सरले सोध्नु भयो ।
हैन, सर मलाई आउछ ।
बरु अंग्रेजी मै प्रश्न गर्नुस न मेरो जांच नि हुन्छ । मैले जवाफ दिए ।
ल ठिक तर तपाइको पहिरन ……………………………. केहि हैन
हैन सर भनुस न केहि भन्दै हुनु हुन्थ्यो । मैले सोधे,
केहि हैन,
४/५ ओटा प्रश्न सोध्नु भयो । लगभग सबैको जवाफ राम्रैसंग दिए ।
ल हुन्छ, अहिले जानुस तपाई, हामी खबर गर्छौ ।
धन्यवाद सर । म बाहिर निस्के

मेरो मन एउटा प्रश्न खेल्न थाल्यो । कि मेरो पहिरनको बारेमा केहि भन्दै हुनु हुन्थ्यो तर भनु भएन किन होला ?
………………………………

त्यसको पर्छी पल्ट दिदिले खबर गर्नु भयो कि तिम्रो लागि मैले केहि गर्न सकिन्न, किन दिदि के भयो ? मैले सोधे,
त्यो जागिर अरुको लाइ दियो, तिम्रो पहिरनको कारणले तिमीलाई जागिर दिएन । तिम्राे पहिरणले रिजेक्ट गर्यो ।
हो र दि ?
केहि छैन दिदि तपाइले मेरो लागि प्रयास त गर्नु भयो नि, अरु कतै भयो भने मलाई फेरी भनु होला है दि ?
हुन्छ, म भन्छु नि ।

म यदि म पैन्ट, स्कोट वा अन्य अरु पहिरन लगाएको भए मैले जागिर पाउने थिए ? आफैलाई प्रश्न गरे ।
सुरु मेरो भाषालाई प्रश्न गर्यो, अन्त्यमा पहिरनले गर्दा मैले जागिर पाइन्न ।
वास्तवमा अझै हाम्रो समाज जागेको छैन ।

म सुनेर स्वभ………………

केहि छैन, यस्तै छ हाम्रो समाज,
तर सुनेर दुख लग्यो ।
तिमि सक्षम छौ अरु ठाउँमा जगारी पाउछौ छिटै । मैले भने

मेरो साथी र म चिया सकाएर आफ्नो-आफ्नो बाट लागे ।

( काठमाडाैैमा केहि दिन अगाडि एउटा मराे साथीले भाेगेकाे)