दिउँसोकाे चार बज्न लागेकाे थियाे ।

प्रमेश्वर ज्यु काे फाेन अायाे । दाजु उसकाे मृत्युु भयाे ।

म केही केर चुप ………………

हे । भगवान कस्तो भयाे । धेरै दु:ख लाग्याे ।

दाजु अाउनु हुन्छ ? पूरा दुखि अावाजले भन्याे ।

नाई म अाउदिन,

जानु कसरी, म अाफैमा नियन्त्रण गर्न सक्दिन । त्यसमा नि एक गर्व बाेकेकि महिलाकाे मृत्यु भयाे ।

लगभग दुई हप्ता अगाडिकाे कुरा हाे । सिराहा धनगढीमाई नगरपालिका वडा ६ बस्ने कविता कुमारी यादव खाना पकाउँदै थिईन । अाजकाल खाना पकाउनका लागि दउरा भन्दा सस्ताे र सजिलो ग्यास नै हुने गर्द छ तर ग्यासकाे प्रभावकारी प्रयाेगकाे बारेमा धेरैलाई थाह हुदैन । ग्यासलाई धेरै सचेत भएर प्रयाेग गर्नु पर्छ ।

कविता पनि ग्यासलाई राम्रो रुपमा प्रयाेग गर्ने बारेमा अनभिज्ञ थिईन । खाना पकाउँदै गर्दा ग्यास लिक्क भईरहेकाे उसलाई थाह नै भएन । लिक्क भईरहेकाे ग्यासले घरमै अागाे लाग्याे । घरमा कविता एक्लै थिईन अागाेले उ बस्ने घर पुर्ण रुपमा जल्याे र उसकाे शरिरकाे चालिस प्रतिशत भन्दा बढि भाग जल्याे ।

शरिरका धेरै जसाे भाग जल्याे कुनै-कुनै भाग त अति नै जल्याे । उसकाे श्रीमान प्रमेश्वर यादवले घरपरिवारकाे सहयाेगका नजिककाे अस्पतालमा लग्याे तर उसकाे अवस्था धेरै नै खराब थियाे त्यहाँ उपचार सम्भ नभएर एम्बुलेन्समा काठमाडौंकाे किर्तिपुर स्थित किर्तिपुर अस्पतालमा भर्ना गरि उसकाे उपचार सुरु भयाे । कविताकाे विहे भएकाे सात महिना जति भएकाे थियाे र उनी तीन महिनाकाे गर्ववति थिइन ।

प्रमेश्वर ज्यु पढेकाे थिएन गाउँघर तिर समान्य श्रम गरेर घर परिवार चलाउँथ्याे । अार्थिक स्थिति पनि कमजोर नै थियाे जसले गर्दा सहयाेगकाे लागि अनुराेध गर्नु भयाे ।

जसमा विभिन्न समाजिक संस्था, समाजिक अभियानताहरुले रकम संकलन गरि सहयाेग गरियाे र उसकाे उपचार सुरु भयाे ।

कविता गर्ववति थियाे जसले गर्दा बच्चा र अामा दुवैलाई बचाउन सकिन्न र बच्चालाई बचाउन सकिन्न उपचारमा संलग्न डाक्टरहरुले उसकाे श्रीमानलाई भनु भयाे तर भाषा एक अर्काकाे नबुझेर हाेला कि एक अर्काकाे कुरा नसम्झेर हाेला कि प्रमेश्वर ज्यले भन्नू भयाे कि मलाई दुवै ज्यानकाे माया छ, दुवै जना सुरक्षित चाहियो ।

डाक्टरले त्यहीँ अनुसार उपचार सुरु गर्नु भयाे तर यसरी उपचार गर्दा दवैलाई गुमाउने सम्भावना बढि हुन्छ, एक समाजिक अभियान्तालाई डाक्टरले भनु भयाे, त्यस पछि प्रमेश्वर ज्युलाई वास्तविक कुरा बुझाउन भयाे ।

त्यस पछि प्रमेश्वर ज्युले भनु भयाे कि जसरि राम्रो हुन्छ त्यसरी नै उपचार गर्नुस् भनेर तर अलि ढिला भईसकाे थियाे ।

कविताकाे शरिरमा जलेकाे छालालाई हटायाे । उपचार हुदै थियाे तर सुधार केही पनि भएकाे थिएन । समाजिक अभियान्ताहरुकाे सहयाेग जारि थियाे ।

तर शुक्रबारकाे दिन बेलुका,

उसकाे मुखबाट रगत बग्न थाल्याे अनि डाक्टरले अाईसियुमा उसकाे उपचार हुन थाल्यो तर सुधार्न हुन सकेन । अन्त्यमा डाक्टरले भनु भयाे कि अब उसकाे बाच्ने सम्भावना धेरै नै कम छ ।

कविताकाे शरिरमा जलेकाे प्रभावले असर धेरै नै गरिसकेकाे रहेछ, जसले गर्दा मुखबाट रगत अाउन थाल्यो । उसलाई दुई दिन अाइसियुमा उपचार गर्न थालेकाे रहेछ तर जति प्रयास गरे पनि कवितालाई बचाउन सकिएन ।

बिहे भएकाे केहि महिना मात्र भएकाे थियाे, जीवन राम्रै चलदै थियाे र केही महिनाकाे गर्भवती पनि थिईन ।

कस्काे कति खेर के हुन्छ कस्लाई थाह हुन्छ ।

उनि त खुशियालि जीवन बचाउँछु साेचे हाेला तर दैवले के गर्नु भयाे ।

यसकाे कारण ग्यासकाे सहि सँग सदुपयोग गर्न नसकेर हाे ? तर वर्तमान समयमा अधिकांश मान्छेहरुलाई ग्यासकाे राम्रोसँग सदुपयोग गर्न सकेकाे छैन ।

अाशा गराै फेरि यस्तै कसैलाई नहाेस् ।