उखु एक वर्षको बालि हाे । किसानहरु उखुबाट अाएका अाम्दानिबाट धेरै नै अाश गरेकाे हुन्छन् ।घरपरिवारकाे अावश्यक जरुरत पूरा गर्न, बालबालिकाका पठनपाठनका सामग्री तथा विधालयका फिस्, अाैचाे पैचा तिर्न, कर्जाका ब्याज तथा भुक्तानी गर्न अादि जस्ता कामहरु पूरा गर्न उखुको अाम्दानिबाट पूरा हुन्छ ।

Image result for उखु

कतिपय किसान कार्तिक/मंसिर तिर उखु राेप्ने गर्छ, कतिपय अन्तिम फागुन/चैत तिर राेप्ने गर्छ । समय समयमा गाेडमेल गर्नु पर्छ, खाधहरु सर्नु पर्छ, हेरविचार राम्रोसँग गर्नु पर्छ । वर्षको समयमा हावा र बढि वर्षाले उखुुहरु खस्ने गर्छ अर्थात जमिन छुने हुनाले त्यसलाई बाँध्नु पर्छ ।कुनै बेला प्रकृतिले साथ दिएन भने सुविधा भएकाे किसानले बार्डिङ्ग वा अन्य कुनै माध्यमबाट पानी हाल्नु पर्छ ।

अाउँछ काट्ने समय,

पाैष पछि उखु काट्न भाल्छ र चिनि मिल अर्थात नजिकका चिनि मिलले ताेकेकाे मुल्यमा उखु बेच्छन् । कतिपय किसानले नगद अाम्दानिका लागि उखुको मिठा (सकर) बनाउने गर्छ तर मिठा बनाउने अावश्यक सुबिधा सबै किसानहरुसँग हुदैन र अलि बढि मेहनत पनि लाग्ने हुनाले प्रायः जसाे किसानहरुले चिनि मिल नै पठाउने गर्छ ।

यति सम्म गरेर उखु बेच्द छ तर समयमा भुक्तानी पाउदैन भने कती पीडा हुन्छ । उखु किसानकाे कर्मचारकाे पारिश्रमिक झै पारिश्रमिक हुन्छ, व्यावसायि गर्नेकाे नाफा झै नाफा हुन्छ तर वर्षभरिकाे एक पल्टकाे हुन्छ ।

सुरुमा त अावश्यक दर फिक्स गर्न किचकिच गर्छ पछि भुक्तानी गर्न । यसरी कती दिन सम्म ? कृपया सम्बन्धि पक्षले बेलैमा ध्यान पुराए राम्रो हुने छ ।

कृषि हाम्रो देशकाे अायकाे महत्त्वपूर्ण स्राेतह हाे र कृषककाे उखुबाट अाय अार्जन गर्नु महत्त्वपूर्ण हाे ।