२०२० सुरुवात संगै भिजिट नेपाल २०२० पनि सुरु भयो । विश्वको विभिन्न ठाउँमा त्यसको सुरुवात हुदै छ त्यस्तै जापानको ओकिनावा सहरमा साइकल यात्रा गरि सुरुवात गरियो । ओकिनावा नेपाल फ्रेन्डशिप एसोसैशन, ओकिनावा जापान द्वारा आयोजना गरिएको साइकल यात्रा ओकिनावाको विभिन्न सहरमा १० किमि गरिएको थियो । १०० भन्दा बढी जानाको सहभागी थियो र सबै सहभागीहरुले साइकल सहित #visitNepal2020 को लोगो भएको टि सर्ट लगाएको थियो ।
#visitNepal2020 लाइ प्रवर्धन र जापानबाट धेरै धेरै भन्दा पर्यटकहरु जाउस भनेर उदेश्यले आयोजना गरिएको थियो भने कुरा उक्त कार्यक्रमको संगयोजक मध्ये एक राहुल कुमार शाहले जानकारी गराउनु भयो । राहुल कुमार शाह, सुबाश सुबेदी, सुवाष गुरुङ, सुनिल कार्की र निमा मिलि कार्यक्रम संगयोजन गरेको थियो ।

#VisitNepal2020 #ExploreNepal