पि पप् पिइइइइपिइइइइप … गाडिहरूको त्यो आवाज र बनेपा बजारको कोलाहललाई उछिन्दै उछिन्दै म सरासर टिकट काउन्टर तर्फ लम्के । मनले मनसगँ प्रश्नहरू गरिरहेको थियो । कतै टिकट नपाउने त हैन गाउ तिर जाने बस यसै त थोत्रा हुन्छन् अझ प्याक । दिनमा एउटै जान्छ बस । अझै सिमसिमे पानि परिदिनु पर्छ बसको यात्रै ठप्प।

नेपालको यस्ता परिपाटी हामीलाई अवगतै छ । कति कुरा गर्नु साध्यै छैन । अनेकौ कुरालाई मनमा उठबस गराउदै गराउदै काउन्टरमा पुगे र भने दाई ! टिकट छ काउन्टर दाई हास्दै भन्नुभयो छन् एक दुईटा मात्र । मैले एउटा लिगिहाले । जे होस् लास्ट सिट मेरै नाममा लेखिएको रहेछ । करिब पौने घण्टा पहिले आउदा नि लास्टै तिर परे । एउटै बस के गर्ने ? घर जानै भनेर तिन तिन घण्टा अगाडि आएर आफ्नो नाममा टिकट दर्ता गराउछन् यहा मान्छेहरू । कति समय उतिकै खेर गइराखेकोछ दिनहुँ हाम्रा । त्यसको लेखाजोखा गरि निकास कस्ले दिने ? हामी आफ्नै धुनमा मस्त , सरकार अस्थव्यस्थ ।। मनमा अनेकौ कुराहरू खेलिरहेका थिए, त्यो भन्दा त धेरै पेटमा मुसाहरू उफ्रिरहेका थिए ।

यसो घडि हेरे आधा घण्टा बाकी । भनौ समय थियो पनि थिएन पनि । होटेल तिरै गएर खाजा खान ड्राइभर दाईको हर्नले झस्काइरहन्थ्यो। भोक टार्ने उपाय निकाले । सितिमिति खुल्ला खानेकुरा खान्न थिए तर त्यो दिन ठेलामा गई भुटेको चना केराउ बदाम किनेर आफ्नो सिटमा आइ बसे। उफ्रिरहेको मुसालाई खेल्ने सम्म बनाउनु थियो। आफ्नै धुनमा नतमस्त थिए । एक्कासि एउटा भाई मेरो समिपमा नै देखा पर्यो ।

अनि मेरो सामु आएर भन्न थाल्यो दाई! दाई !! पैसा दिनुस् न । मैले नि प्रतिउत्तर दिई हाले भाई, किन चाइयो पैसा ? पक्कै उसमा आशाका दियो बलेको हुनुपर्छ त्यसैले भन्यो “भोक लाग्या छ, दुई दिन देखि राम्रो सँग केहि खाएको छैन ,दाई पैसा दिनुस् न ,दिनुस् न दाइ । यति भन्दा भन्दै मेरो आँखा सिधाका‌ जोडिएका उसका हात पैताला तिर सल्बलाउन खोज्यो । मेरा खुट्टा हच्किए । ।” नजर उसका तर्फ लगाउदै भने “भाइ तिमीलाई पैसा हैन तिम्रो पेटलाई अन्नको जरूरत छ । माया ममताको खाचो छ, शिक्षा स्वास्थ्य जस्ता आधारभूतको आवश्यकता छ । अन्तिम वाक्य भने मनले बोले तर मुखले भन्न सकेन । भावनाबाट बाहिरीएर मन मष्तिस्कलाई काबु गर्न खोजे र भने ” हेर भाइ म सँग अहिले यै चना छ त्यै खाउ लाऊ । पुगेन भने पसलमा गएर किनिदिउला । उसले खान इन्कार गर्दै दोहोर्यइ राख्यो- हैन दाई मलाई पैसै दिनुस् न पैसै ।। मैले उसलाई राम्ररी नियाल्नै कोसिस गरे। खुम्चिएका, थोत्रिएका, च्यातिएका… उसको पहिरन थियो भनौ उसको त्यो सर्वस्व थियो ।

मैले ति बालबलिकाहरूलाई सम्झे अनि सरकारलाई । पुन: सरकारलाई अनि तिनीहरूलाई । दिमाग शुन्य भयो , केही सोच्नै सकिन । किनभने तस्वीर छर्लङ्ग थियो ।

मेरो आखाँ उसको पछाडिको बगलि तिर पर्यो । एउटा पलास्टिको थैलो आधा झुन्डिएको थियो । म हच्किए । । देखैको थिइन पाल्स्टिक भित्र के छ तर देख्दा सजिलै अनुमान गर्न सकिन्थ्यो पक्कै त्यस भित्र लागु पदार्थ कै केही चिज छन् । मैले त्यो भाईलाई भने तिमीलाई पैसा नै किन चाहियो साँचो भन । म बालक झै प्रश्न गरिरहेथे । बारम्बाटको प्रयास विफल हुदैथ्यो । महाकविको प्रश्नोत्तरमा भन्दा बढि प्रश्न त मैले सोधे थे होला उसलाई । फरक त्यत्ति थियो कविता उत्तर पाइन्थ्यो तर मैले पाइन । उ बोल्दै बोलेन। उसको मौनतामा मैले सोचे अनुरूप तितो सत्यता छर्लङ्ग थियो । उसले उत्तर दिन पटक्कै मानेन । उ पैसाकै लागि छट्पटाइ रहेथ्यो, तड्पिरहेथ्यो । म दोधारमा परे । दिऊ कि नदिऊ, दिऊकि नदिऊ भै रहेथ्यो ।

समाज सुधार्ने कि बिजार्न प्रोस्साहान गर्ने मेरो हातमा थियो। समयले मसँग परीक्षा लिगिरहेथ्यो। सोचे उसलाई गासको तत्काल आवस्यक परेको थिएन किनकि खानेकुरा किन्दिन्छु भन्दा उसको मौनताले मेरा कुराको खण्डन गरिरहेथ्यो। पैसा दिन मेरो हात कामिरहेथ्यो। मैले दिनु भनेको बर्बादि ठाने मेरो,… उसको…. र पुरा समाजको…..। आवश्यकता हेरेर सहयोग गर्नुपर्छ भन्ने ठाने। लागु पदार्थ दुर्बेशकलाई नजन्माउने अठोठ गरे, संकल्प गरे । मन पुरै नौनी जस्तो भईरहेथ्यो ।

बस भित्रको गर्मी वातारणमा नि जवर्जस्ति जमाउन खोजे। र अलि ठुलो स्वरमा भने भाई खानेकुरा खान्छौ भने दिन्छु , पैसाको आश नगर । झिनो आशामा बसेको भाइको मुहार निराशामा परिणत भयो । त्यति भन्ना साथ उ गयो, गन्तव्यहिन हिडाईको शैलीमा । के गर्ने? उसको दैनिकी यस्तै छ । सातौं दिन भावीले यस्तै लेखिदिएछन् । कति निष्ठुरी रहेछन् भावी । लेखिदिनेले राम्रो लेख्दिए के जान्थ्यो होला र । तर लेखिदिएन ।‌ किन ? बिचरा! खाने बस्ने सुत्ने ‌ठाउँको केही ठेगान छैन । ‌कठै । मैले ति बालबलिकाहरूलाई सम्झे अनि सरकारलाई । पुन: सरकारलाई अनि तिनीहरूलाई । दिमाग शुन्य भयो , केही सोच्नै सकिन । किनभने तस्वीर छर्लङ्ग थियो । एकै छिनमा बस पनि हिड्यो । बसले गति लिग्यो तर म स्थिर थिए । शरिर त बससँगै बहदै थियो तर मन, मस्तिष्क भाईसँग गएछ । मेरो नजरले भाइलाई पछ्याउन खोज्दै थियो । झ्याल खोलेर उसलाई‌ हेरे देखुन्जेल हेरे..हेरीरहे ,…. सिर्फ हेरीरहे …. हेरीरहे…….।।।

लेखक:प्रविन नेपाल (इन्जिनियरका विधार्थी र ब्लड फर नेपालका उपाध्यक्ष)