म: किन त्यसरी ४ बर्ष हुदै गरेको सम्बन्ध टुटाएको ?

उनी: म चाहदैन् थिएकी, अाफ्नाे खुशिकाे लागि परिवारकाे खुशिलाई वास्ता न गरु ।
जस्तो उनलाई नलागोस्, मेरो कारणले उ तनावमा हुन् । त्यसैले पनि
यति गर्नु पर्यो मैले ।

म: लौ अनि तिमीहरुबीचको माया ?

उनी: उनले परिवारलाई भन्ने आटनै गरेनन् । अनि मैले धेरै सोचे परिवारबाट उनलाई टाढा राखेर उनीबाट मैले पाएको मायाको के अर्थ र ? मेरो भन्दा पहिला त उनको आमा र परिवारको हक छ । उनको परिवारको मायाबाट टाढा राखेर म खुशी हून् सकुला र ? त्यसैले मन कठोर बनाएर । उनको नजरमा आफुलाई नै गल्त बनाएर यति गर्ने बाध्य भएको हू । जिन्दगी जिउन त आज सम्म उनले दिएको साथ र मायाको यादहरु छदै छ नि ।

म: आखिर माया गर्नु पाप होइन् ठिकै छ अरुलाई दुखी बनाएर आफु खुशी हुनुको पनि अर्थ छैन् सधै खुशी हुनु ।

क्रमस………..