हिजाे फेसबुक १६ वर्ष पुरा गरेका छ । विश्वका विभिन्न ठाउँमा रहेकाे मानिसहरुलाई एक ठाउँमा जुड्नका लागि मार्क जुकवर्गले स्थापना गर्नु भयो । हाल सम्म विश्वमा २.५ विलियन सक्रिय प्रयाेगकर्ता जसमा नेपाल मै १० लाख छन, ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला प्रयाेगकर्ता छन । दिनहुँ यसकाे प्रयाेगकर्ता संख्या बढ्दै आईरहेकाे छ ।
फेसबुकमा विशेष गरि फाेटाे, भिडियो, आफ्नाे विचार, विभिन्न कुराहरु अाफ्नाे फेसबुकका साथिहरु बिच सेयर गर्ने माध्यम बनेकाे छ । हाल फेसबूक व्यवसायहरुको विज्ञापन लागि अधिक प्रयाेगमा अएकाे छ ।
फेसबुकमा समय-समयमा विभिन्न किसिमका सुविधाहरु (फिचरहरु) परिवर्तन गरि रहन्छ । समयकाे माग र अवस्था अनुसार फेसबुककाे सुविधाहरु परिवर्तन भईरहन्छ । केही समय देखि पहिले पाेष्टहरुमा रियक्ट गर्ने सुविधा उपलब्ध छ र यसकाे प्रयाेग पनि राम्रो छ ।
फेसबुक रियाक्टमा लाईक, माया, हाहा (मजाक), वाउ (आश्चर्य), दुखि, र रिसाएकाे जस्ता छ किसिमकाे रियाक्टहरु छन । फेसबुकमा पाेष्ट भए पछि यी छ किसिमका रियाक्टहरु मध्ये पाेष्ट अनुसार रियाक्ट साथिहरुले गर्ने गरेका छन ।
यि पोष्टहरुमा रियाक्ट गर्दा उसको अर्थ फरक किसिमले लिने गर्छन । कतिपयले रियाक्ट अनुसार साथीको उसको प्रति सोच निर्धारण गर्ने गरेको छन् तर वास्तविकतामा फरक हुन्छ । यदि एक प्रयोगकर्ताले फेसबुकमा केहि पोष्ट गर्यो उसको साथीले विभिन्न किसिमको रियाक्ट गर्ने गरेको छ र उक्त प्रयोगकर्ताले समय समयमा पोष्ट हेर्ने गर्छ कि कसले कुन रियाक्ट गरेको छ भन्नेर उसको साथी मध्ये मायाको रियाक्ट गर्यो भने उक्त प्रयोगकर्ताले बुझ्छ कि मायाको रियाक्ट गर्ने साथी मलाई माया गर्छ तर वास्तविकतामा सोचे जस्तो माया गर्दैन उसले । यस्तै अरु रियाक्टहरुको नि हालत यस्तै छ ।
धेरै फेसबुक प्रयोगकर्ताहरु छन् कतिपयलाइ यो पनि थाह छैन कि रियाक्टको मतलब के हुन्छ भनेर, पोष्टको भाव न बुझेर त्यसमा रियाक्ट गर्दछन् र सम्बन्धित पोष्टकर्ताले त्यसको अर्थ फरक किसिमले बुझ्ने गरेको छ ।
फेसबुकले हामीलाई धेरै सुविधा दिएको छ तर यसको राम्रोसंग प्रयोग गर्न सकेको छैन, सुविधा मात्रै भएर हुदैन सुविधाको सहि र राम्रो किसिमिले प्रयोग गर्नु पर्छ ।