हरेक वर्ष फाल्गुन कृष्णपक्षकाे अमाश्यामा आईतवार धनुषाको कचुरीकाे मठबाट उठेकाे मिथिला विहारीको डोला पुर्वप्रधानमन्त्री तथा नेकपाकाे अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कांधमा बोकि परिक्रमाको विधिवत रुपमा सुरुवात गरेपछि आरम्भ गरिएको परिक्रमा सोमवार राती कल्याणेश्वरमा बासबसि भारतकाे फुलहर गिरिजास्थान हुदैँ डाेला महाेत्तरीकाे मटीहानीमा बास बस्ने छ । मधेशकाे महाकुम्भकाे रुपमा मानिने नेपाल र भारतकाे गरि लगभग १३६ किलाेमिटर परिक्रमामा भारत तथा नेपालका लाखाै लाख भन्दा बढी साधु सन्त तथा गृहस्तहरुले परिक्रमा गर्ने अनुमान गरिएको छ ।
परिक्रमा धनुषा,महोत्तरी र भारतको केहि धार्मिक स्थलहरु महाकुम्भ मानिने माध्यमिकी परिक्रमा फाल्गुण ११ गते हनुमाननगरबाट सुरु भएको भारतको कल्याणेश्वर,बुधवार फुल्हर(गिरिजास्थान) हुदै महोत्तरीको मटिहानी,जलेश्वर,मडै,ध्रुवकुण्ड तथा कंचनवन पुगि कंचनवनमा होली खेली पुनः धनुषाकै क्षिरेश्वरनाथ हुदै पर्वता,धनुषाधाम,सतोषर,औरही हुदै पुनः भारतको करुणास्थान र विशौल हुदै जनकपुरधाम प्रवेश गरि अन्तगृह परिक्रमामा परिणत हुनेछ र अन्तः माध्यमिक परिक्रमा श्राद्धालु भक्तजनहरुले यि धार्मिकस्थलकाे भ्रमण गरि १५ औं दिनमा समाप्त हुनेछ महाकुम्भ माध्यमिमि परिक्रमा तर उक्त परिक्रमालाई भिजिट नेपाल २०२० अन्तर्गत प्राथमिकतामा राखिएको देखिएन र मधेशकाे विभिन्न ठाउँहरुलाई भ्रमणका लागि प्रर्वधन गर्ने भिजिट मधेशकाे पनि प्राथमिकतामा परेन । महाकुम्भ मानिने माध्यमिकि परिक्रमा पर्ने स्थलहरुमा भक्तजनहरुकाे स्वागतकाे लागि पुर्व तयारी सुस्तका साथै भिजिट नेपाल २०२० को उदेश्यलाई कहि कतैबाट नछोएको देखियो ।

photo: Googl.com

विश्वकै सबैभन्दा ठुलो महाकुम्भको रुपमा लिइएको माध्यमिकी परिक्रमामा लाखाै लाख भन्दा बढी साधु सन्त तथा गृहस्तहरुको सहभागिता हुने भएपनि यसलाई पर्यटनसँग भने जोड्न सकिएको छैन । स्थानिय,प्रदेश तथा केन्द्र सरकारले समेत परिक्रमालाई मध्येनजर गर्दै पर्यटकहरु भित्र्याउन राम्राे मध्यमकाे रुपमा रहे पनि भरपुर रुपमा प्रयोग गर्न नसकेकाे छ । भिजिट नेपाल २०२० लाइ सफल पार्न नेपाल सरकारबाट निमार्ण गरिएकाे सबै प्रदेश र जिल्लाहरुमा समन्व समिति गठन गरेकाे छ तर जुन रुपमा सक्रिय हुनु पर्ने त्याे रुपमा सक्रिय भएकाे छैन । माध्यमिकि परिक्रमामा पर्ने जिल्लामा रहेकाे भिजिट नेपालका समन्वय समितिले पर्यटनसँग जाेड्न वातावरण बनाउन सकेकाे छैन । एक कार्यक्रममा भिजिट नेपाल २०२० प्रदेश २ का सँयाेजक ज्युले भनु भएकाे थियाे कि “कुनै पनि ठाउँको धार्मिक स्थल वा अन्य ठाउँहरुको पर्यटन प्रवर्धन बाहिर गर्नु भन्दा पहिले त्यो ठाउँमा बसोबास गर्ने जनतालाई थाह छैन भने बाहिर पर्यटन प्रवर्धन गरेर सफल हुन सक्दैन” अहिले उक्त अवसर थियो कि लाखौ लाख अन्तरिक तथा बाहिरका पर्यटकहरु मध्यमिकी परिक्रमामा सहभागी छ उनीहरुलाई स्वागत, विभिन्न ठाउँमा बसोबास बस्दा आवश्यक प्रबन्ध, सेवा गरि पर्यटन प्रवर्धन गर्न सकिन्छ ।
माध्यमिकी परिक्रमा परापुर्वकाल देखि चल्दै आएको मिथिलकाको महाकुम्भ हो । नेपाल तथा भारतका विभिन्न धार्मिक महत्व बोकेको स्थलहरुको भ्रमणले पुण्य प्राप्त हुने जनमानसमा विश्वास रहेकाे छ । परिक्रमामा लाखाै लाख भन्दा बढी साधु सन्त तथा गृहस्तहरुको सहभागि घुमिरह्दा उनीहरुलाई खाली खुट्टामा हिड्नु पर्ने भएकाेले अधिकांश स्थानको सडकमा साना गिटटीहरु हुँदा खाली खुटटा हिड्नेलाइ असहज भैरहेको छ । हरेक वर्ष हुने भएकोले भिजिट नेपालले सम्बन्धित निकायलाई पहल गरेर गराउनु पर्ने वा स्थनिया तहले पनि यसमा ध्यान पुराने देखिन्छ । परिक्रमा सहभागी भक्तजनहरुलाई राति बास बस्दा बासस्थलहरुमा पर्याप्त पानी,लाईट तथा शौचालयको आवश्यकक्ता पर्दछ तर त्यसको आवश्यक व्यबस्थापनमा ध्यान कसैले पनि पुराएको छैन ।
कहिँ कतै पुर्व तयारीको लागि कुनै-कुनै स्थानीय तहले पहल गरे पनि तर त्यसले धेरै प्रभाव परेको छैन र धेरै जस्तो पालिकाको प्रथामिकतामा नै परेको छैन । मध्यमिकी परिक्रमा धेरै पहिले देखि चल्दै आएको छ यसलाई व्यवस्थित गर्न अति आवश्यक छ ।

#VisitNepal2020 #VisitMadhesh #Mithila #Madhesh #province2 #Holi #HappyHoli