कोरोनाको त्रासले रगतको चरम अभावलाई मध्यनजर
गर्दै नेपाल रेडक्रस सोसाइटी- सोल्टिमोडको सहकार्यमा ब्लड फर नेपालद्वारा काठमाडौंको मनमैजुमा सुरक्षित तरिकाले रक्तदान गराउदै २४ पोका रगत सङ्कलन गरेको छ । केहि प्राविधिक कठिनाईका कारणले समय भन्दा ढिला भएको थियो । ब्लड फर नेपाल काठमाडौंका संयोजक सुनिल महर्जन ज्युको‌ नेतृत्व‌मा भएको रक्तदान कार्यक्रममा‌ २४ जना मनका धनी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

आयाेजक तर्फबाट रक्तदाताहरुलाई यस्तो कठिन परिस्थितिको सामना गर्दै जीवन रक्षाका‌ लागि रक्तदाताहरूले देखाउनु भएको मानवीय कार्य स्मरणीय रहेको छ ।‌ यसलाई कुनै शब्दले बयान गर्न सकिदैन । हजुरको यस कार्यको लागि धेरै धेरै धन्यवाद व्यक्त गरेका छन ।
साथै असहज परिस्थितिको सामना गर्दै रक्तदान कार्यक्रम सम्पन्न गर्नु भएका संयोजक सुनिल महर्जन ‌ज्यु प्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्द छाै ब्लड फर नेपालका संस्थापक ज्युले भनुभयाे, वहाँले जाेडदै भनु भयाे कि हजुरले‌ देखाउनु भएको तदारुकता यसरी नै कायम रहोस् । रगतको अभावले छटपटिएकालाई नयाँ जीवन प्रकट हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । साथै ब्लड फर नेपालसँग सहकार्य गर्दै रक्तदान कार्यक्रम सम्पन्न गराउनु भएका रेडक्रस प्रति सम्मान व्यक्त गर्दछौं ।

काेराेनाकाे कहरले सारा संसार प्रभावित छ र हाम्राे देश पनि जाेखिममा छ । जसकाे असरले रगतकाे अभाव अत्यन्त धेरै नै छ । जसलाई मध्ये नजर गरि घरदैलो रगतदान अभियान संचाल गरेका छाै, उपाध्यक्ष प्रविन ज्युले बताउनु भयाे त्यसमेै जाेडदै भनु भयाे कि तपाईंहरु आफ्नाे नजिककाे रक्त संचार विभाग गई रगतदान गर्नु ।

ब्लड फर नेपालका हालका अध्यक्ष ज्युले भनु भयाे कि हाम्रो सम्पर्कमा आएर रक्तदान ‌गर्न इच्छुक हुनुभएका रक्तदाताहरूलाई नजिककाे रेड क्रसमा गई रक्तदान गर्न सक्नु हुनेछ र केही सहयाेग चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नु हुने छ । साथै अरु रक्तदाताहरू रक्तदाना गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोला ।
धन्यवाद ।।

COVID2019 #donatebloodsavelife #WeshareWecare #BloodforNepal #NRCS