“रगत अभावमा रक्तदान अभियान”


कोरोनाको त्राससँगै भएको लकडाउनले देशका विभिन्न स्थानमा साथै काठमाडौंमा भएको रगतको चरम अभावलाई मध्यनजर गर्दै ब्लड फर नेपालको नेतृत्वमा तथा अन्तर्राष्ट्रिय बुढोकैदो महासंघ, नेपालको सहयोगमा र हिमाल अस्पताल रक्तसंचार केन्द्रको सहकार्यमा “घरदैलो रक्तदान अभियान” अन्तर्गत आज मिति २०७६/१२/२२ गते चन्द्रगिरि-५ , किसिपिडि लाछीमा सुरक्षित तरिकाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।‌ ब्लड फर नेपाल-काठमाडौंका संयोजक सुनिल महर्जनको नेतृत्व तथा संगिता बालामी , संजिव साहि , बिर कृष्ण महर्जनको‌ बिशेष सहयोगमा भएको कार्यक्रममा ४८ पोका रगत सङ्कलन भएको छ ।

यस्तो कठिन समयको सामना गर्दै जीवन रक्षाका‌ लागि रक्तदाताहरूले देखाउनु भएको मानवीय कार्य स्मरणीय रहेको छ ।‌ हजुरहरूको यस कार्यको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । साथै सुरक्षित रक्तदान कार्यक्रम सम्पन्न गर्नुभएका संयोजक सुनिल महर्जन ‌ज्यु प्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्दछौ भनेब्लड फर नेपालका अध्यक्ष्य दिपेश ज्यु ले भनु भयो र जोड्दै हजुरले‌ देखाउनु भएको तदारुकता यसरी नै कायम रहोस् । रगतको अभावले छटपटिएकालाई नयाँ जीवन प्रकट हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । साथै ब्लड फर नेपालसँग सहकार्य गर्दै रक्तदान कार्यक्रम सम्पन्न गराउनु सहयोग गर्ने सम्पुर्णमा सम्मान व्यक्त गर्दछौं ।



‘घरदैलो रक्तदान अभियान” अन्तर्गत हामीले केहि दिन अघि पहिलो चरणमा ६ पोका‌ रगत सङ्कलन गरेको थियौं , दोस्रो चरणकमा २४ पोका‌ गरेका थियौ साथै अहिलेको तेस्रो चरणमा ४८ पोका सङ्कलन गरेको छौ ब्लड फर नेपालका संस्थापक सरोज जि ले जानकारी दिनु भयो र साथै
यदि तपाईहरु पनि रक्तदान गर्न वा रक्तदान कार्यक्रम गर्न चाहानुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोला । हामी तपाइहरुको घरदैलोमा आएर रक्तदान गराउन तयार छौ ।‌

कार्यक्रमको संयोजक सुनिल जीले भनु भयो कि अबका दिनमा यसरी नै रक्तदान ‌गर्न आवश्यक पर्ने Gloves, Mask , PPE जस्ता सामाग्रीहरूको अभाव भइरहेको छ । ‌यदि कोहि‌ यस्ता सामाग्री उपलब्ध गराउन सक्नुहुन्छ भने सहयोग गर्न समेत अपिल गर्दछौं ।

ब्लड फर नेपालका उपाध्यक्ष प्रविन नेपालजीले भनु भयो कि कोरोनाबाट आफु बचाऊ, रक्तदान गरि अरुलाई बचाउ ।
देश सङ्कटको अवस्थामा गुज्रिरहेको छ । कतिका घरमा चुलो बल्न सकिरहेको छैन ,कतिका घरमा औषधिका सिसिहरू रित्तिएका छन् , कति मानसिक तनाबले गुज्रिरहेका छन् त कति अस्पतालका शैयामा रगत नपाएर छटपटिएका छन् । रगतको चरम अभावलाई मध्यनजर गर्दै हामी आफुले सकेको कार्य गर्न प्रयासरत छौ । हजुरहरू आ-आफ्नो स्थानबाट सकेको प्रयास गर्नुहोला । अहिले देशले के दियो भन्दापनि देशलाई के दिइरहेका छौ त्यो महत्वपूर्ण छ ।

#V4Action #Covid19nepal #Covid2019 #StaySafe #stayAthome #Bloodonation #BloodforNepal #BFN #WeShareWeCare #NRCS #himalBloodbank