newsabhiyan

 बुवा केदार अधिकारी र आमा ललिता अधिकारीको कोखबाट जन्मिएका सन्दिप अधिकारी लामो समयदेखि बिरामी छन् ।सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिका बडा – ७ का ११ बर्षिय सन्दिप अधिकारी एक बर्ष देखि किड्नी उपचारको क्रममा संघर्ष गरिरहेका छन् ।

 अहिले उनका दुवै किड्नीले काम गर्न छाडेको छ । आर्थिक अभावका बाबजुत ललितपुरको पाटन हस्पिटलमा सन्दिप अधिकारी बेड कुर्न बाध्य भएका छन् । पाटन हस्पिटलको चिल्डेन वार्ड अन्तरगत ११ नम्बरको बेडमा सन्दिप अधिकारी पल्टिरहेका छन् । 

उनलाई उपचार गर्न आर्थिक समस्या परेको परिवारले बताएको सन्दिप अधिकारीकी दिदि स्मृती अधिकारीले बताइन् ।

लामो समय भयो बाबुको उपचारमा हामी लागि रहेका छौं, भएको पैसा सकियो ।घर -जग्गा बैंकका राखिएको छ । बुवाको पनि आर्थिक अवस्था तेस्तै छ उनले गहभरि आशु पार्दै भनिन् ।

 ‘प्लाज्मा फेरिसस्’ गर्ने भनेर डाक्टरहरुले भन्नु भएको छ । हामी अनयोलमा छौं उनले थपिन । किड्नी उपचारका क्रममा निकै खर्चिलो भएकोले हामीलाई समस्या परेको हो । आफन्त र सहयोगी मनबाट उपलब्ध रकमबाट अहिले सन्दिपको उपचार भइरहेको छ ।   

उपचारमा अझै लाखाैलाई रकम खर्च हुने छ र दैनिक डाईलेसिस गर्नु पर्ने हुन्छ । किड्नी फेर्नु पर्ने छ तर आर्थिक समस्याले गर्दा गराउन सकेकाे छैन । तपाईंहरकाे सहयाेगले जीवन बच्छ ।

सहयोग गर्न मन लागे बुबाको विरामीका बुवाको सम्पर्क नम्बर ९८४१४७६३४९ वा ९८५११०९०५९ राेशन मा पनि सम्पर्क गरेर थप जानकारी पनि लिन सक्नुहुने छ । आशा छ हाम्रो सानो सहयोगले एउटी आमाले आफ्नो छोरो फेरि फिर्ता पाउने छिन् ।

सहयोगको लागि:
A/c Holder name: Roshan gautam
A/c No:02501606804004000001
Bank Name: Nepal bank Limited

वा सिधै 9821141155 राेशन मा e-Sewa गरिदिन सक्नु हुनेछ । एकै जनाले १००० सहयोग गर्न सकिँदैन होला तर १०० सकिन्छ । थोरै भए पनि सबैले सहयोग गरौं है ।