अविलम्ब उद्धारका लागि ”डिजिटल रिले अनशन” बारे !

विश्वब्यापी महामारीको रुप लिएको यस नोबेल कोरोना भाइरसको संक्रमण र यस बाट मृत्यु हुनेको संख्या बंगलादेशमा दिनानुदिन तिब्र गतिमा बढ्दै गइरहेको छ र चाडै नियंत्रण भन्दा बाहिर जान सक्ने सम्भावना देखिसकेको छ ! यसर्थ हामीहरुलाई यथाशक्य छिटो उद्धार गरि नेपालमा लग्ने बातावरण मिलाइदिनुहुन बंगलादेश स्थित नेपाली राजदुतवास मार्फत नेपाल सरकारलाई बिगत एक महिना भन्दा बढी समय देखि अनुरोध गर्दै आएको कुरा सम्पूर्णमा अवगत गराउन चाहन्छौं !
आजको दिन सम्म बंगलादेशमा रहेका कुनै पनि नेपाली नागरिक कोभिड १९ को संक्रमणको शिकार नभएतापनि समयमै उद्धार गर्न ढिलासुस्ती भएको खण्डमा यहाँ रहेका कैयौं नेपाली नागरिकहरु चाडै संक्रमित नहोलान भन्न सकिन्न र भविष्यमा नेपाल सरकार र सम्बन्धित निकायले गरेको उद्धारको कुनै अर्थ नरहला ! उद्धारको लागि यहाँ रहेका नेपाली बिधार्थिहरुले दिनहुँ चित्कार गरिरहेका छन्,असहज महशुस गरिरहेका छन् , दैनिकी खान बस्न समेत कठिनाइ भोगिरहेका छन् , तसर्थ हरेक नेपाली नागरिक त्राशमय बातावरणमा बस्न बाध्य भइरहेको बास्तविकता सम्पूर्ण मानव अधिकारकर्मी, नागरिक समाज,सरोकारवाला समक्ष पुन ध्यानाकर्षण गराउन चाहन्छौं !
सम्मानित सर्वोच्च अदालतले आफ्नो देशको नागरिकलाई सकुशल स्वदेश फर्काउन आदेश दिइसके पनि यसबारे पहल नहुनुले आधारभूत मानव अधिकारको सरक्षण वारे सम्बन्धित निकाय गम्भीर नभए पछि यहाँ अध्ययनका लागि रहेका हामी नेपाली बिधार्थिहरु अभिभावकबिहिन एवं राज्यविहीन भएको महशुस गर्न थालेका छौं ! यस्तो बिपत अवस्थामा आफ्नो नागरिकलाई स्वदेश फर्काउनु राज्यको दायित्व भए पनि हामीले राज्यको असहजतालाइ मध्यनजर गरि आ-आफ्नै खर्चमा विमान चार्टर गरि सरकारले तोकेकै ठाउमा क्वारानटाईनमा बस्न मन्जुर भई अपिल गर्दै आएका छौं !
हाम्रो उधेश्य भनेकै अविलम्ब तथा सुरक्षित रुपमा उद्धार होस् भन्ने हो ,त्यसको विकल्पका रुपमा हवाई मार्ग उद्धार अथवा स्थल मार्ग उद्धार रहेको जानकारी गराउन चाहन्छौं ! हवाई मार्ग बाट उद्धार गर्दा सुरक्षा सुद्रीढ हुने र कम समय लाग्ने , साथै स्थल मार्ग न्युनतम १५-१८ घण्टा लाग्ने ; ४ पटक इमिग्रेसन चेक जाच हुने , खानपिन तथा सुरक्षाको व्यवस्था , छिमेकी मुलुकहरु ( बंगलादेश र भारत ) संग समन्वय गर्नु पर्ने परिस्थिति बारे यहाहरुलाई अवगत नै छ ! यी मध्ये कुनै बिकल्पको उचित व्यवस्थापन गरि सुरक्षित रुपमा उद्धार होस् भन्ने नै हाम्रो प्रारम्भिक अनुरोध रहेको पुन जानकारी गराउन चाहन्छौं!
सरकारले हामीलाई यहाँबाट चाँडो उद्धार गरी नेपाल लगे र आवश्यक सुरक्षाका साम्रगी उपलब्ध गराएमा हामी आफूले सिकेको ज्ञान र सीप गाउँगाउँँमा पुगेर निःशुल्क सेवा दिन तयार छौँ । महामारीले सताएको यो समयमा हामी नेपालमा सेवा दिन सक्छौँ ..अहिलेको समयमा हामीलाई स्वदेश फर्कन जति आवश्यक छ, त्योभन्दा बढी हाम्रो आवश्यकता कोरोनाको कहर फैलिएको हाम्रो समाज र देशलाई पनि छ!
साथै सम्माननिय प्रधानमन्त्री शेख हसिना ज्युले अगामी इद अघिसम्म बजारहरु खुला रहने निर्देश गर्नुभएको कुरा यहालाई अवगत नै होला ! बंगलादेश सरकार र सम्माननिय प्रधानमन्त्री शेख हसिना ज्युले दिनु भएको आदेश अनुसार आगामि २४ सेप्टेम्बर ,२०२० सम्म यहाँ रहेका सम्पूर्ण शैक्षिक संस्था हरू बन्द हुने भएकाले यतिका दिन सम्म विद्यार्थी हरू यहाँ रहनुको कुनै औचित्य रहदैन। दिनानुदिन सक्रमण आकाशिदै गएतापनि लक् डाउनको पालना नगरिनु , बजार ,गाडी आदि सबै खुल्नु ,मानिसहरुको जमघट बढ्दै जानुले बंगलादेश चाडै नै भयाभय अवस्थामा परिणत हुने देखिन्छ !
हाम्रो लामो समय देखिको अथक प्रयास पछि पनि नेपाल सरकारबाट हाम्रो उद्धारको लागि अहिलेसम्म पनि औपचारिक रुपमा कुनै सकरात्मक प्रतिक्रिया नआएकोले ”बाच्न पाउने” ,”मातृभूमिमा फर्कन पाउनु पर्ने” हाम्रो ‘नैसर्गिक अधिकार’का लागि भोलि बाट हामीले ”डिजिटल रिले अनशन” बस्ने निधो गरेका छौं ! रोगले ,भोकले त्राश्ले बिदेशी भूमिमा अन्यौको वातावरणमा बस्नु भन्दा ‘मातृभूमि फर्कन पाउनु पर्ने’ आफ्नो अधिकारका लागि आ-आफ्नो स्थान बाटै शान्तिपूर्ण रिले अनशन बस्दै छौं ! तसर्थ हाम्रो बिनम्र अनुरोधलाई मध्यनजर गर्दै यथाशिघ्र उद्धार गरियोस !

धन्यबाद !हाल बंगलादेशमा रहेका सम्पूर्ण नेपाली बिधार्थिहरु

लेखक: नर्थ बेंगाल मेडिकल, सिरज्गाेनि बंगलादेशमा मेडिकल अध्ययनरत विधार्थि नितशलाल कर्ण