मृत व्यक्तिकाे शरिरि ।

म केही काम विशेषले जनकपुर गाकाे थिए । साथिहरुसँग भेट भयाे र हामी घुम्दै जनकपुरकाे प्रसिद्ध पाेखरि गंगासागर पाेखरी जहाँ दिनहुँ आरति हुने गर्छ त्यहीँ ठाउँमा गएर बसे ।

केही बेर बसे पछि त्यहीँ धर्मशलाकाे बरान्डामा “एक जना अपरिचित व्यक्तिकाे मृत अवस्थामा देखे” । हामी देखेर आश्चर्य भयाै, मृत हुन कि जिउँदाे छुटाउन नजिक गएर हेर्दा मृत्यु भईसकाे रहेछ । कसैकाे नातेदार छ कि वा मृत व्यक्तिकाे काेई छ भनेर बुझ्न थाल्याे ।
प्रहरीलाई फाेन गर्न खाेज्दै थियाै तर त्यहीँ नजिक प्रहरीकाे माेटरसाईकल देखे । ‘प्रहरीहरु पक्कै पनि यहीँ नजिक हुनुहुन्छ हाेला’ भन्नेर खाेज्दा । धर्मशाला भित्र कहि प्रहरीहरु बसि राख्नु देखे ।

प्रहरीकाे भनाई अनुसार,”हामी बिहान ८ बजे देखि नै यहाँ छाै” । मृत व्यक्तिकाे नातेदार थाह भएन र बिहान दखि शव हटाउनकाे लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ, जसकाे लागि “जनकपुर उपमहानगरपालिका मेयर सम्बन्धित वडाअध्यक्ष र अन्य सराेकारवाल व्यक्तिहरुलाई पहल र फाेन सम्पर्क गर्दा उनिहरुकाे प्रतिक्रिया शुन्य देखियाे । न कुनै पत्रकार देखा परेकाे छ, न यहाँका जिम्मेवार व्यक्ति, न समुदायिका व्यक्ति । “जब कि अहिले १ बज्न थाल्याे र बिहान देखि कयौं मान्छे गंगासागरमा आएर नुहाएर गईसक्नु भयाे” ।

हामी प्रहरीका कुरा सुनेर अचम्मित भयाेै र मृत शरिरलाई व्यवस्थापन गर्नकाे लागि हामी आ-आफ्ना तर्फबाट पहल गर्न थाल्याे । केही बेरकाे प्रयास पछि शव वाहन आयाे तर सम्बन्धित पालिका, वडा, अन्य सराेकारवाला व्यक्तिकाे आएनन् । उचित प्रक्रिया पूरा गरि शव लग्ने भए पछि हामी त्यहीँबाट गयाेै ।

यदि कसैकाे नातेदार भएकाे भए त्यसरी मृत्यु हुने थिएन, यदि भएकाे भए समयमै उचित व्यवस्थापन गरिने थियाे तर विडम्बना अपरिचित व्यक्ति कयौं घण्टा देखि मृत अवस्थामा थियाे तर कसैलाई कुनै मतलब थिएन । “कुनै मानवकाे मृत्युु भएकाे छ तर मान्छे हेरे पनि नहेरे झै व्यवहार देखाएकाे छ ।
वास्तवमा मानवता हराएकाे छ ?

एउटा भनाइ छ “अन्त गरेकाे पाप जनकपुरमा पाप मेटिन्छ र जनकपुरमा गरेकाे पाप कतै मेटिदैन्न” ।

एक मानवकाे मृत शरिरकाे उचित व्यवस्थापन भयाे हाेला र भगवानसँग वहाँकाे आत्माकाे चिरशान्ति प्रदान गरुन् भने प्रथना गर्दछु ।

मिति:२०७७/०७/२१ गतेकाे घटना।