फाेन आयाे “हेल्लाे, रक्तदान कार्यक्रम कति बजे देखि हुन्छ ? र कहाँ हुन्छ ? ” भन्दै एक जनाले रक्तदान कार्यक्रमकाे दिन भन्दा एक दिन अगाडि फाेन गर्नु भयाे । बटेश्वर गाउँपालिका वडा ०३ (साबिक ०७), धनुषामा बिहान १०:३० बजे देखि कार्यक्रम सुरु हुन्छ, मैले भने अनि फाेन काटियाे । 

रक्तदान कार्यक्रमकाे दिन फेरि फाेन आयाे, “महेन्द्रनगरमा छु र कुन बाटाे हुदै आउँ ?  भनेर साेध्नु भयाे ।” मैले आउने बाटाे भने र केही बेर पछि, एक जना हिड्दै शारीरिक रुपमा अपांगत हुनु भएकाे व्यक्ति रक्तदान कार्यक्रम स्थलमा आउनु भयाे । बस्दै,  साेध्नु भयाे सराेज कुमार महताे काे हुनुहुन्छ ?  म छु मैले जवाफ दिए । 

अनि वहाँ भन्नु भयाे “समाजिक संजालबाट रक्तदान कार्यक्रम बारे जानकारी पाए र म आफ्नाे जिवनकाे दाेस्राे पल्ट रक्तदान गर्न हिजै देखि तपाईलाई फाेन गरेकाे थिए ” । म उहाँको कुरा सुनेर अचम्मित भए । अनि भन्नू भयाे कि, महेन्द्रनगरबाट अटाेमा आए त्यसपछि २ किमि जति हिडेर कार्यक्रम स्थलमा पुग्न सफल भए । 

उहाँकाे नाम तेजनारायण ठाकुर,घर गाैशाला नगरपालिका, (रामनगर) महाेत्तरी । लगभग ४० किमि बसमा, ४/५ किमि  अटाे र २ किमि हिडेर एक अपांगत व्यक्ति रक्तदान गर्न आउनु भयाे । हामी अचम्मित भयौँ। वास्तवमा मानव रक्षा निमित्त उहाँकाे जाेस लगाव देखेर हृदय देखि नमन । 

मैले साेधे “किन यति टाढा रक्तदान गर्न कै लागि आउनु भयाे ?”  “रक्तदान गर्नु हरेक मानवकाे कर्तव्य तथा दायित्व हाे र म आफ्नाे जिवनकाे दाेस्राे पटक रक्तदान गर्न पाएकाेमा खुशि छु ” र स्वास्थले साथ दिए सम्म हरेक ३ महिनामा रक्तदान गरि रहने छु साथै हाम्राे गाउँतिर पनि रक्तदान कार्यक्रम गराउनु भन्दै अनुराेध गर्नु भयाे । 

अवश्य हामी उता पनि रक्तदान कार्यक्रम गराउने छाै । उहाँले रक्तदान गरि सके पछि बाईकले चोक सम्म बसमा चढाउन पुराई दिए । 

मानवता अझै जिवित छ । रक्तदान गर्नु हरेक नागरिककाे कर्तव्य हाे । एक घर एक रक्तदाता ।

कार्यक्रम बितेकाे शनिबार अर्थात (२०७७/०८/०५) भएकाे थियाे जसमा ३० जना रक्तदाताले रक्तदान गर्नु भएकाे थियाे ।

लेखक :सराेज कुमार महताे (संस्थापक)

#BFN #BloodforNepal #WeshareWecare #DonateBloodSaveLife #TogetherWeCan