एउटा भनाई छ ूबुद्धिमान व्यक्ति प्राय जसोे विचार कुरामा संका गर्छ जब कि मुर्ख व्यक्ति त्यहि कुराम निर्धक हुन्छू
एउटा कथा सनौ ।
धेरै पहिलेको कुरा हो । दिति र कश्यपको दुई छोरा भयो, हिरण्याक्ष र हिरण्यकशिप । एक दिनको कुरा हो हिरण्याक्षले धर्तीलाई समुन्द्रको गर्भमा धकलि दियो । जसको कारणले सारा संसारमा हाहाकार मचियो र जसलाई निकाल्न भगवान श्री विष्णु जि ले अवतार लिएर धर्तीलाई समुन्द्रको गर्भबाट निकाल्नु भयो ।
अनि दितिले आफ्नो दोस्रो छोरा हिरण्यकशिपलाई भगवान श्री ब्रहामनकोे तपस्या गर्न भनु भयो । हिरण्यकशिप उसको आमाले भने झै भगवान श्री ब्रहामनका तपस्या गर्न थाल्नु भयो । तपाईबाट भगवान श्री ब्रहामन खुशी भएर सोध्नु भयो कि तिमी माग के बरदान चाहियो?
मलाई अमर हुने बरदान दिनु, भगवान श्री ब्रहामनले भनु भयो कि यो बरदान दिन म समर्थ छैन अन्य अरु बरदान माग्नु ।
त्यस पछि हिरण्यकशिपले धेरै नै ज्ञान लगाई भन्यो कि मेरो मृत्यु न दिनमा न रातमा, न धर्तीमा न अकाशमा, न मानव न जानवर मार्न सकोस्, न अस्त्रबाट न शस्त्रबाट, न घरमा न बाहिर, भने पछि भगवान श्री ब्रहामनले भनु भयो कि तथास्तु ।
जब उसको अन्त्य आउने समय आयो । भगवान श्री विष्णु जि नरसिँहको अवतार लिनु भयो र उसको अन्त्य गर्नू भयो । जब उसको हत्या हुदै थियो, अनि अकाशवानी भयो कि न दिनमा न रातमा, न धर्तीमा न अकाशमा, न मानव न जानवर मार्न सकोस्, न अस्त्रबाट न शस्त्रबाट, न घरमा न बाहिर, तर तिम्रो मृत्यु हुदै छ ।
वास्तवमा कुनै पनि काम गर्दा आवश्यकता भन्दा बढी दिमाग लाग्यो भने हुने काम पनि बिग्रिन सक्छ । आवश्यकता अनुसार सिमित ज्ञानको प्रयोग गरे कुनै पनि काम गर्नु पर्छ उक्त काम सफल आवश्य हुने छ र सकारत्मक रुपमा केहि काम गर्यो भने सफल अवश्य हुुने छ ।
सकारात्मता नै सफलताको मुल मन्त्र हो । परिवर्तन सम्भव छ ।

Video link:https://www.youtube.com/watch?v=WIszyMHCJ5Q&t=4s

#SarojKumarMahato #Motivational #SarojKumarMahatoWrites #contentcreator #contentwriters