एउटा भनाई छ ू कुनै पनि सम्बन्ध जिवनलाई केहि हद सम्म सहज बनाउछ र वास्तविक साथि जीवन र विश्वासलाई जोडने गम हुनू
रातिको १ बजेर ३० बजेको थियो ।
म सिरिज हेरिसकेर सत्नु भन्दा अगाडि फेसबुक खोलि मेसेजहरु हेर्न खोजे । एउटा मेसेन्जर ग्रुपमा ूमलाई टिचिङ्ग अस्पताल काठमाडौमा बि पोजिटिभ रगत चाहिएको छ भन्नेर मेसेज गरेको थियोू म हेर्ने बितिकै, अहिले ? भनेर सोधे
हो दाई अहिले नै हो । हुन्छ, मलाई फोन गर्न है भनेर मेसेजको जवाफ दिए । फोन आयो ।
वास्तविक कुरा बुझ्न खोजे ।
उपत्याका बाहिरबाट बिरामी लिएर आएको रहेछ र बिरामीको एक जना आफन्तलाई रगतको बारेमा भनेको रहेछ तर अहिले फोन उठेको छैन । बिरामीको अवस्था एकदम खराब छ, उसको प्लेटलेस्को गन्ना ११ हजार मात्रै गरिएको छ । यदि समय मै प्लेटलेस रगत व्यवस्था गरिएन भने केहि भन सकिन्न । रगत नल्याए सम्म चिकित्सक चेक गर्न पनि मानु भएको छैन ।
म सबै कुरा सुन्नेर बिरामीसँग भएको मान्छेसँग कुरा गर्न खोजे, बिरामीसँग भएको व्यक्तिको नम्बर पठाउन है भने । हस भन्दै फोन काटिन्न ।
फोनमा मेसेज आयो, नाम र नम्बर । म फोन गरे अवस्था बुझ्न खोजे । अवस्था गाह्रो नै रहेछ । म त्यहाँ भएको चिकित्सकसँग पनि कुरा गरे वहाँको भनाई अनुसार जति सक्दो छिटो प्लेटलेटस रगतको व्यवस्था गर्नुे भन्यो ।
मसँग भएको उपत्याकाका रक्तसंचारहरुमा फोन गरे कतिको फोन लागेन कतिको फोन लागे पनि उठेन । बि पोजिट भएका रक्तदाताहरुलाई फोन गरे रातिको २ बजे भन्दा बढि बजिरहेको थियो, कतिको फोन उठेन कतिको उठे पनि प्रतिक्रिया नाकारत्मक नै देखियो । लगभग २० जना भन्दालाई फोन गरे बल्ल एक जना मनानु भयो तर वहाँसँग सवारी नभएर गाडिको व्यवस्था गर्नु पर्ने देखियो ।
फेरि, बिरामीको आफन्तलाई फोन गरे । वहाँको भनाई अनुसार जुन रगत समुहको मान्छेको प्लेटलेटस् भए नि हुन्छ र मसँग रक्तदाता पनि हुनुहुन्छ तर टिचिङ्ग अस्पतालमा भएका रक्तसंचार विभागले रगत निकाल्न मानेन भनु भयो ।
एक पल्ट अनुरोध गर्नु न भनेर अनि म अन्त प्रयास गर्छु । भनेर म फोन काटे ।
नेपाल रेडक्रस सोसाईटिको रक्तसंचार विभागको पब्लिक रिलेसनसिप हेडसरलाई फोन गर्न लगाए । प्लेटलेटस् छ कि छैन थाह भएन तर त्यहाँ जाउ रगत निकालेर प्लेटलेटस् बनाई दिनु हुन्छ भनु भयो । केहि आशा पलाएको जस्तो भयो ।
फेरि, बिरामीको मान्छेलाई फोन गरेर नेपाल रेडक्रस सोसाईटिको रक्तसंचार विभाग केन्द्रियको ठाउँको जानकारी दिएर ट्याक्सिमा पठाए । लगभग ४ बजे तिर फोन आयो कि त्यहाँ प्लेटलेटस् रहेछ र दिनु भयो ।
बिहान भइसके पछि फोन आयो ताज रगतको लागि मलाई रक्तदाता चाहियो भनेर मसँग भएको रक्तदाताहरुको नम्बर पठाए ।
बिरामीको अवस्था राम्रो हुदैछ ।

video link: https://youtu.be/x6SZrh63frA

#SarojkumarMahato#SKMWrites#ContentCreator#Writer#Sociaissue#Blood #bloodmanagement #bfn #bloodfornepal