जाडो समय जादै थियो तर काठमाडौमा साँझ पख र बिहान पख अलि अलि जाडो महसुस हुन्थ्यो ।
यता उता उसलाई खोज्दै थिए । पछाडि फर्किदा “अग्लो शरीर भएकी, पात्ली मान्छे, पछाडि ब्याग बोकेकी, हातमा सानो झोला लिएकी, कालो जिन्स लगाएकी, हुड् जस्तो ज्याकेट लगाएकी र त्यसमा भएको टोपिले टाउको छोपेकी मलाई हेर्न साथ हात हल्लाईन ।
पहिलो भेट मै एक अर्कालाई चिन्न गाह्रो भएन । एक अर्कालाई चिन्यो । म कलंकीको अण्डरपास रोडबाट अलि अगाडि बिचमा रोडमा बसेको थिए उनी माकालु पेट्रोल पम्प तिर थिईन ।
हात हल्लाउन साथ म तिर आउन थालिन । मेरो मुटु दक्क दक्क गर्दै थियो । आफैले “कुल कुल” भन्दै मनलाई शान्त पर्दै थिए ।
उ नजिक आए ।


हेल्लो । हाँस्दै भन्नि । म त केहि बेर उसलाई हेरि नै रहे ।
हेए उनी हात हलाउँदै भन्नि ।
म झस्सँग भए ।
हाई, साबु के छ ? ठिक छौ ? कस्तो भयो यात्रा ? गाह्रो त भएन नि ? बाटोमा खाजा खायो नि ?
बिच बाटोमा चारैतिर गाडिको चाप भएको ठाउँमा एकै पल्ट कयौ प्रश्नको सोधे ।
हेय । यो कुरा बाटोमा पनि गर्न सकिन्छ नि है ?
हो हो । ल ल आउँ बस्न है । म अलि अगाडि सरे । हुन त हो साँझ पर्न लागेको थियो नै ।
बाटोको हरेक खबर मलाई समय समयमा मेसेजबाट जानकारी गराए कै थिईन तै पनि केहि कुरा गर्न न भए पछि मैले त्यहि सोध्या उसलाई ।
उ मेरो पछाडि बसिन । म अलि अगाडि सरे उ बिचमा ब्याग राखिन अनि भयो ? बस्यो ? सोध उसलाई
यस म बसे नि । जाम साथि रिसाउँछे । फोन गरेको थिइन ।

हस । जादै छौ नि । उसले मलाई भनेको थिईन कि म साथिको कोठामा बस्छु । म पनि मसँग बस्न पनि भन्न सक्ने स्थितिमा थिएन नि । एक त एक्लै बस्दिन र पहिलै भेटमा बस्न भन्दा उ नराम्रो साच्छे कि भनेर ।
साबु अनामनगर जाने भनेको थिईन ।
म सटक्क बाटो हुदै सिधै थापथली पुलमा निस्केर अनामनगर तिर लागे ।
बाटोमा उसले हरेक कुरा सुनाईन । बिहानै हिडेको जाम हुदै, कहाँ, कहाँ रोक्यो सबै, के के खाईन । हरेक कुरा उसले मलाई सुनाईन ।
मलाई एउटा कुरा अर्कै लाग्छ । कि कुनै केटि मेरो बाईकमा बस्दा कमफोर्टेबल नै हुदिन । अलि अगाडि सरेर बसेको थिए ।
गफै गर्दा गर्दै थपाथली पछि जाम कटेर उ बस्ने नजिक नै पुग्यो हामी ।
उसले अलि परै मलाई छोडि दिनु है । मेरो साथिले देख्यो भने फेरि के के सोच्ला । अनि उ छुच्चि छे घरमा पनि भने बेर लगाउदैन ।
हस । कान्छु हस । उसलाई दोस्रो पल्ट उसलाई कान्छु भने ।
उसलाई हनुमानथान नजिक छोडेर बाई भनेर निस्के आफ्नो कोठा तिर ।
पहिलो भेट यति कम समय हुन्छ भने सोचेको थिएन, बसेर चिया खाने मन थियो धेरै कुरा गर्ने मन थियो ।
तर सबैभन्दा बलियो समय हुन्छ नि । त्यसलाई बेवास्ता गर्यो भने असर हामीलाई नै गर्छ ।
म कोठा पुगे । फ्रेस भएर मोबाई हेर्दा उसको मेसेज आएको थियो । थ्याँ क्यु सोच मच म कोठा पुगे है ।
मेसेज हेरे । मुसुक्क हाँस्दै रिप्लाई गरे । पग्लि थ्याँ क्यु भनु हुदैन नि । ल अराम गर है ।

लेखक सरोज कुमार महतो ।

#sarojkumarmahatowrites #storyteller #writers #apuroprem #part5