मेसेज हेरे । मुसुक्क हाँस्दै रिप्लाई गरे । पग्लि थ्याँक्यु भनु हुदैन नि । ल अराम गर है ।
त्यस पछि उसको मेसेज नै आएन । कुर्दा कुर्दै म निदाए छु ।
बिहान उठादा, प्राय उसको गुड मर्निङ्ग मेसेज आउथ्यो तर आज थिएन । मैले पठाए गुड डे कान्छु ।
दिन भरि मेसेज आएन । साँझ तिर उसको मेसेज आयो । हे तपाई फ्रि हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यता तिर आउनु है ।
खासमा उसलाई भेट्न मेरो नि चाहना थियो तर फ्रि थिइन म । काम थियो तर सक्दो छिटो सकाएर उसलाई फोन गरे । साबु कहाँ छौ ? म हिजो तिमीलाई छोडेको ठाउँमा छु । ये हो र ? अचम्म झै भन्नि । हो नि छिटो आउँ है ।
छिटो रे ? किन र ? कहाँ जाने ? मलाई केहि थाह छैन नि । यस्तै कयौ जिज्ञासा आयो उसको ।
अरे बाबा आउ त पहिले । हस उताबाट जवाफ आयो ।
म आफ्नै कोठामा थिए तर तयारी अवस्थामा थिए बानेश्वरबाट अनामनगर पुग्न कति नै समय लाग्छ र एउटा कुरा चाहि “केटीहरुलाई तयार हुन समय लाग्छ” त्यहि भएर उसँग झुट बोले ।
तैपनि उ भन्दा अगाडि म पुगि सकेको थिए ।
उ आईन । मेरो मन पर्ने कुर्ता लगाएकि थिईन । एक दम राम्री र क्या सुहाएको थियो उसलाई । हग्ग गरु मन लाग्यो तर मेरो आफ्नो सिमा थाह थियो ।
अघि उसले सोधेको प्रश्नको जवाफ प्रश्न गरेर दिन खोजे । तिमीसँग समय छ ?
हम्म छ । किन र ? समय भएर त बोलाको नि बाबा ।
वाह क्या मायालु तरिकाले भन्नि उनी । है ? हस त्यसो भए मेरो मनको नजिकको ठाउँ लग्छु तिमीलाई ।
अरे वाह । जाम्म न त छिटो ।
मलाई भोक लागेको छ यार । मैले भोका झै भने कि उताबाट केयर झै रिस्पोन्स आवोस भने अपेक्षा सहित, आफु भुक्कड मान्छे, छिन्न छिन्नमा भोक लाग्ने, उसलाई मेरो बानी थाह नै छैन ।
हस जाम न त कतै खाजा खाने अनि तपाईको मनको नजिक ठाउँमा जाउला नि । उसले भन्नि । थप्दै भन्नि “हजुर के खानु हुन्छ”
म‘‘‘‘‘खाने कुरा जे भए नि खान्छु । आज तिमीलाइ मन पर्ने खाजा खाने मन छ मलाई । मैले जवाफ दिए ।
हामी “फेमस चिकेन एण्ड बर्गर हाउस” मा भएर म म खाएर । मेरो लगायत प्रायको प्रिय ठाउँ “पशुपतिनाथ मन्दिर” गयौ । त्यहाँ घुमेर उसलाई जहाँबाट रिस्भव गरेको थिए त्यहिँ पुराईदिए ।

लेखक सरोज कुमार महतो

#sarojkumarmahatowrites #storyteller #writer #apuroprem #part6