हरेक दिन म उसलाई “पशुपतिनाथ मन्दिर” लग्थे । हामी बसेर गफ गर्ने गथ्र्यो ।
नेपाल बन्द हुने हाल्ला थियो र उसको परिक्षा पनि सकिसकेको थियो । घरमा पनि यहाँ बस्ने बहाना बनाउने केहि पनि थिएन । नेपाल बन्द भयो भने बस्न गाह्रो हुन्छ भनेर घर जानु नै बेस होला । म पनि त्यहि सल्लाह दिए ।
अन्तिम दिन पशुपतिनाथबाट फर्केर । उसलाई म अनौठो प्रस्ताव राखे कि आज हामीसँगै बसानै भनेर । उसले सिधा नाई भन्नि । त्यस पछि म फेरि सोध्नि ।
बाटोमा फर्किदै गर्दा हामी मौन थियौँ आज न उ केहि बोलियो न म, बाटो भरि चुपचाप थियौँ । कुरा त धेरै थियो तर भोलि उ जाँदै छे मबाट टाढा जाँदै छे । सम्भव भए सँग बस्न भन्थे तर सम्भव थिएन । दुवैको मौनताले धेरै प्रश्न उब्जाउँदै थियो त, कयौँ प्रश्नको उत्तर पनि दिदै थियो ।
सुन्नु न । उसले भन्नि । हजुर भन्न भन्दा । हैन केहि पनि हैन, यति कै बोलाको धेरै जिद्धि गरे पनि केहि पनि भन्नि । मन मै धेरै कुरा लुकाउन उसको बानी आज पनि लुकाए छे । म पनि बुझ्न धेरै जोर गरिन्न् ।
उसलाई सधै झै साथिको कोठा नजिक छोडदिए, चक्लेट दिए र जान लाग्दा । बाई भन्ने आँट नै भएन । म यति कै बाईक कुदाएर गए ।
हामी धेरै नजिक भईसकेको छौ तर समयले परिस्थितिले गर्दा हामीलाई टाढी नै पर्छ । र केहि दिन भए पनि केहि पल भए पनिसँगै बस्यो र धेरै यादहरु बनायो जुन जिवनभरको लागि धेरै नै छ ।
भनिन्छ नि, तिम्रो साथ हुनसक्छु कि नाई थाह छैन तर तिमिसँग बिताएका हरेक पल याद भएर मेरो साथ रहिरनेछ । त्यहि भएर म कोठा तिर आए । मनमा एक इच्छा पलायो कि काठमाडौको त्यो सडकमा जहाँ गाडिको चाप, होहल्ला अरु के के त्यहाँ उसलाई म आफ्नो काँखमा राखि टाउकोमा किस गर्न मन लाग्यो तर यी सब मन मै रहियो ।
कोठा पुगे पछि मेसेज गर्न मन लाग्यो तर गरिन । न उसकै मेसेज आयो । खाना खाएर केहि बेर प्रतिक्षा गरे तर आएन । मै गर्छु ।
साबु, खाना खायो ? केहि बेर प्रतिक्षा गरे तर रिप्लाई आएन, तर उ अनलाईन थिईन ।
केहि बेर पछि चेक गरे तैपनि मेसेज आएन । ह्या कस्तो मान्छे होला । भोलि जाँदै छ तैपनि न बोल्ने हुन त अनलाईनमा त जहाँ भए पनि कुरा हुन्छ नै । कम्तिमा भोलि मलाई पुगाईदिनु कलँकी सम्म त्यो पनि भने हुन्थ्यो । केहि पनि मेसेज आएन ।

लेखक सरोज कुमार महतो

#Sarojkumarmahatowrites #apuroprem #partseven #writers