आज फेरि त्यही कहानी दोहोरियो,अनि त्यो बेलाको हाम्रो मित्रताको याद आयो । तिमीलाई मेसेज गर्न भनी हतार हतार तिम्रो इनबक्स चेक गरे । तर तिमीलाई मेसेज लेख्न आतुर मेरा हात यतिकै रोकिए। तिमीले त मेरो एक महिना अघिको मेसेज पनि सीन गरेको रहेन छौ। अनि यतिकैमा हाम्रो अन्तिम कुरा पनी पनि याद आयो कि, अब हामी कहिले नबोल्ने बच्चासँगै हाम्रो मित्रता तोडेको थियौ।

थाहा छ, छोटो समयको लागि भए पनि तिमीसँगको मित्रता कति खास छ मेरो लागि। मसँग सबैको साथ हुँदा हुँदै पनि सधैं केही कमी महसूस गर्थे म। मसँग मलाई माया गर्ने मान्छे हुँदा हुँदै पनि मलाई बुझी दिने मान्छेको कमी महसूस गर्थे। एउटा असल साथीको कमी बुवा आमा अनि आफ्नो माया गर्ने मान्छेले पनि पूरा गर्न सक्दिनँ भने कुरा तिमीसँग मित्रता गरेर थाहा पाए मैले। साच्चै तिमी एकदम असल थियौ, अनि तिमीसँगको ति समय पनि त्यतिकै राम्रा थिए।

तिमी आफू पीडामा हुँदा पनि मेरो खुसीको लागि मसँग हाँसी हाँसी बोल्ने गर्थेउ। तिमी तिम्रा आशु आँखा भित्रै कतै लुकाएर, मलाई हाँस्नु पर्छ भनेर सिकाउने गथ्र्यौं। एउटा मिठो सम्बन्ध गाँसिदै थियो हाम्रो। तिमीलाई मात्र हैन, मलाई पनि तिमी खुसी भएको हेर्न मन लाग्थ्यो। तिमीसँग बोल्दा एउटा छुटै खुसी मिल्थ्यो। सधैं एउटा कुरा सोच्थे की यति राम्रो मान्छेलाई किन यति धेरै पीडा भोग्नु परेको होला? छिटै सबै ठीक हुन्छ, उसले माया गर्ने मान्छे उसले पाओस् । उसलाई आफूले माया गरेको मान्छे टाढा भएर पीडा थियो अनि मलाई मेरो माया गर्ने मान्छे मैसँग भएर नी टाढा भए जस्तो गर्नुले मन दुखेको थियो। उसको प्रेम सम्बन्ध टुटेर पनि उसको लागि जीवित थियो अनि मेरो प्रेम सम्बन्धसँगै भएर पनि टुटेको जस्तो। मैले उसको पीडा कम गर्न सकेकी सकेन थाहा छैन तर उसले भने मेरो पीडा कम गरेको थियो। हामी दुवै प्रेममा थियौ तर चुट्ट छुटै मान्छेसँग।

खुसीमा साथ दिने त धेरै भेटिन्छन तर उसले मलाई दुःखमा साथ दिएको थियो। मलाई मेरो महत्व बुझाएको थियो। मलाई खुसी हुन सिकाएको थियो। उसले सधैं मलाई सम्झाउने गथ्र्यो । उसको हरेक कुराहरु अझै पनि याद छन मलाई। उसले मलाई सधैं एउटा कुरा भनें गथ्र्यो की हद भन्दा धेरै कसैलाई माया नगर्नु, आफूलाई मायाको लागि कहिले नगिराउनु, मायामा आफ्नो महत्व कहिले बाजि नराख्नु, आफ्नो ठाउँमा अडिक हुनु। मैले त्यति बेला उसको कुरा नसुने जस्तै गरे। मैले मेरो मायाको लागि सधैं झुके, सधैं माफी मागे, मायाको लागि बिन्ती गरी। एकासी एस्तो भयो की उसको र मेरो मित्रता टोडिनु मै सबै राम्रो हुन्छ जस्तो लाग्यो, सायद उँ पनि उसको मायासँग खुसी हुँदै थियो होला। अनि दुवै जनाको सहमतिमा आज हामी आन्जन जस्तै भएका छौ। तर ढिलो भए पनि उसको कुरा मैले मेरो जिवनमा लागू गरे। आज म मेरो ठाउँमा अडिक छु, मैले मेरो आत्मसम्मान रोजेकी छु र म खुसी पनि छु।

धेरै धेरै सम्झना❤️
सधैं खुसी रहनु।

Writer: Uknown