कुर्दा कुर्दै निदाएँ छु ।
बिहान उठदा । उसको मेसेज आको थियो । हतार हतारमा हेरे ।
उसको मेसेज “सरी ल राति मेसेज गर्न सकिन बुवा आउनु भएको थियो । अनि गफ सफ गर्दैमा बित्यो ।
अनि म हिड् है । राम्रोसँग बस्नु होला है, आशा छ कि फेरि छिटै होस् । बाई ।”
म मेसेज सिन गरेर केहि बेर यति कै हेरि रहे । के भनु के भनु भयो । अझै केहि मेसेज आवस भने अपेक्षा थियो तर “जिवनमा अपेक्षा गरेको कुरा पुरा हुदैन” । मेरो पनि त्यहि भयो ।
मेसेज टाईप गर्न थाले । “साबु तिमीसँग बिताएको हरेक पल मेरो लागि जिवन कै बहुमुल्य रहियो । मन थियो कि तिमी मलाई छोडेर कहिकतै नजाउ तर मनको अपेक्षा कहाँ पुरा हुन्छ । र साबु, जब हामी घुम्न जाँदा, केहि बेर ढिला हुन साथ छिटै रुम पुगु भने हुन्थ्यो ढिला पुगे भने के हुन्छ त्यो डर तिम्रो अनुहारमा झ–झल्को देखिन्थ्यो । यसले प्रस्ट हुन्छ कि तिमी हरेक कुराको लागि कति धेरै कन्र्सन छौ भनेर जब ढिला पुगे पनि यति धेरै कन्र्सन हुन सक्छौ भने तिमी मेरो प्रति कति धेरै कन्र्सन होला है । सायद म गल्त पनि हुन सक्छु । एउटा कुरा अहिले जे म महसुस गर्दै छु त्यहि तिमीलाई पनि भइरहेको होला है, तर हामी दुवै एकै नासले .कहाँ सोच्न सक्छौ र सोच्नका लागि धेरै कुराले प्रवाह पार्दछ नि । तर साबु एउटा कुरा भन्छु ल, अन्यथा न लेउ है । मलाई थाह छैन किन यस्तो महसुस गर्छु तर भन्छु “म तिमीलाई मन पराउँछु है, मन छ कि तिमीसँग जिवन विताउँ, सम्भव त छैन होला तर असम्भव पनि छैन ।” लभ यु साबु । तिम्रो उत्तर के हुन्छ मलाई थाह छैन तर पक्कै पनि “यस” नै हुन्छ होला । तर “नो” पनि हुन सक्छ । मलाई त्यो कुराले फरक पर्दैन कि तिमी “यस या नौ” भनु मेरो फिलिङ्गस् हो, यति दिन देखि तिमीसँग बोल्दको आदत हो, तिमीले मलाई गर्ने केयर हो, तिमी प्रति मेरो चाह हो, माया हो । तर साबु एक अनुरोध गर्छु है यदि मेरो प्रस्ताव मन परेन या चित्त दुख्यो भने सिधा भनु है र यदि तिम्रो तर्फबाट “नो” आयो भने हाम्रो मित्रता न रोकियोस् । हामी एक अर्काको साथ सधै रहि रहुन ।
सेफ जोर्नी साबु । आशा छ कि हामी छिटै भेट्ने छौ । सके सम्म एक हुने छौ ।
टाईप गरे केहि बेर सोचे ह्या यो अहिले न पठाउ पछि यो बारेमा कुरा गर्ने छु । अनि सबै मेट दिए र सेफ जोर्नी साबु, सियु सुन है ।

लेखकः सरोज कुमार महतो

#sarojkumarmahatowrites #apuroprem #Parteight #writers