उ दिन भरी मेसेज गरिन, अस्ति आउँदा त हरेक अपेट गराउने गर्थिन तर आज किन गरिन ? यहाँको बसाईमा मैले त्यस्तो केहि पनि गरेको छैन जसले उसलाई मन दुखोस् । सायद बुवासँगै भएर होला । म पनि बुद्धु छु कति धेरै सोचेको होला ह्या । बेकार मान्छे म । आँफैलाई गालि गरे ।
राति ९ बजे तिर मेसेज गरिन् ।
हेलो । अरामै हुनुहुन्छ ? म घर राम्रोसँग पुगे है । उसको मेसेज,
म ठिक छु, तिमी ठिक छौ नि ? राम्रो भएछ घर त पुग्यो नि । अरु सब ठिक छ ? भन्नेर मेसेज गरे । हुन्न त किन दिन भरि मेसेज नगरेको ? पुगेर मेसेज गर्नु पर्छ नि हौ
? यस्तै – यस्तै धेरै मेसेज गर्ने मन थियो तर गरिन् । एक हक छैन धेरै प्रश्न गर्ने, अर्को आफ्नो सिमा बस्नु पर्छ भने मलाई थाह छ ।
अनि उसले दिनभिर के के भयो, कति खेर घर पुगिन्, मेसेज किन गर्न सकिन्न हरेक कुरा सुनाईन । बाबासँगै हुनुहुन्थ्यो र घर आउँदा सम्म मोबाईलमा चार्ज थिएन अनि घरमा काममा व्यस्त भए त्यहि भएर मेसेज नगरेको भनिन उसले ।
त्यो दिन राति ३ बजे सम्म कुरा भयो । उपलब्धिकमुलक के भयो थाह छैन तर मनलाई आनन्द मिल्ने भयो । जब मनले खोजेको मान्छेसँग कुरा गर्दा मन आनन्द र हर्षित हुन्छ ।
यसरी दिनहु कुरा हुन्थ्यो । बिहान गुड मर्निङ्ग देखि सुर भएर राति गुड नाईट सम्म कुरा हुन्थ्यो । हरेक कुरा सेयर उसले गर्थिन म पनि गर्थे । घरका कुरा देखि लिएर बाहिर, साथिको कुरा सम्म हुने गथ्र्यो ।
हाम्रो कुरा गर्ने शैलीमा पनि प्रगति भयो । समान्य मेसेजमा बोल्ने हामी, कहिले काही फोनमा बोल्थ्यो तर अब हामी फ्रि हुन साथ भिडियो कलमा बोल्न थाल्यो ।
म अलि बिजि हुन्थे काम राति सम्म पनि गर्नु पर्ने हुन्थ्यो । रात भरि भिडियो कल गरेर बस्थिन साबु । म काम गर्थे उ हेरे बस्थे । सुत्न भन्दा सँगै सुत्ने रे ।
तपाई सुते पछि म पनि सुत्छु रे तपाईलाई हेरिरहु मन लाग्छ । जति सम्झाए पनि उ नमान्ने । यो माया त हो तर मलाई मन नपर्ने, यो कुरा एक जनाको लागि अर्को जना यतिकै बसिरहनु पनि भएन नि । तर मनका कुरा कस्ले बुझ्नु ।
एक दिन कुरा हुँदा हुँदै राति २ बज्न लाग्यो । मैले भने सुत्नु पर्छ भन्दा हस् भनि र गुड भन्नि । प्राय हामी एक अर्काको कुरा मान्ने गथ्र्यो, तर मान्नै पर्ने कोई कस्लाई जिद्धि नगर्ने गथ्र्यो । यही भएर त हाम्रो नाम बिनाको सम्बन्ध यति लामो सम्म चलिरहेको छ ।
केहि बेर पछि फोन गरिन् भन्नि “मलाई निन्द्रा लागेन” मैलै सिधा सोधे ? “डु यु लभ मि” ?

लेखकः सरोज कुमार महतो