म नियमित रक्तदान गर्छु तर विगत केहि महिना देखि केहि कारण बस् रक्तदान गर्न पाको थिइन । रक्तदान गर्ने समय मिल्न साथ, समाजिक संजालमा पोष्टाए ताकि सबैलाई जानकारी होस् र आपतकालिन अवस्थामा चाहिदा सहजै मलाई सम्पर्क गर्न सकोस् ।

त्यहिँ भयो, म घरमा थिए । फोन आयो कि मेरो बुवाको लागि रगत चाहियो, वहाँको शरिरमा रक्त नै बनिरहेको छैन् । हुन्छ, केहि समयमा म नजिको रक्तसंचार विभागमा पुग्छ तपाई पनि आउँदै गर्नुस् । म अँसु भाइलाई भनेर उसँग जनकपुरमा रहेको नेपाल रेडक्रसको रक्तसंचार विभागमा पुगे , त्यहाँ ब्लड फर नेपाल टिम धनुषाका सहकर्मी लगायत बिरामीको छोरा हुनुहुन्थ्यो ।

म रक्तदान गर्छु भन्दा “केहि बेर रुक्नुस्, यहाँ ब्लड बैँकमा बति छैन बति आए पछि प्रक्रिया अगाडि बढाउँला” ब्लड बैंक स्टाफको जवाफ आयो । हस्, हुन्छ भनेर हामी प्रतिक्षा गर्ने थाल्यो । तर मेरो दिमागमा एक प्रश्न आयो कि रक्तदानसँग बतिको के सरोकार छ ? १

०–१५ मिनेट पछि फेरि भन्दा भन्नु भयो कि “रक्तदान कोठा भित्र गर्नुपर्छ, गर्मि छ बति भएन न भने पँखा चल्दैन जसले गर्दा रक्तदान गर्ने मान्छे फेन्ट पनि हुन सक्छ र अन्ध्यारो पनि छ आवश्यक प्रक्रिया गर्न गाह्रो पनि हुन्छ” । फेरि हस्, भनेर वेट गर्न थाल्यौ ।

१०–१५ मिनेट पछि फेरि भने “रक्तादान गर्ने चेयर बाहिर ल्याउनु खुल्ला पनि छ म यहिँ रक्तदान गर्छु र मलाई केहि पनि हुन्न भने म जिम्मा लिन्छु म १८ औँ पल्ट रक्तदा गरि सकेको छु भने” तै पनि मान्नु भएन र त्यहाँ अन्य बिरामीको मान्छेहरु पनि हुनुहुन्थ्यो कोई डोनेट गर्न त कोई रगत लिन ।

केहि बेरि पछि फेरि भने अनि बाहिर चेयर निकाल्नु भयो अनि म रक्तदान गरे ।

रगत जस्तो समबेदनशिल कुरामा यति लापार्वाही किन? झन रक्तसंचार विभागमा बति नहुनु र बति नभए पनि इन्भोटर या जेनेरेटर नहुनु धेरै नै नराम्रो कुरा हो । केहि बेर ढिलाले कुनै बिरामीको ज्यान पनि जान सक्छ । यस प्रति कसैलाई पनि मतलब छैन, न रक्तसंचार विभाग, न बिरामीको मान्छे, न सरोकारवाल पक्ष, न स्थानीय जनसमुदायि । सबैलाई आफ्नो काम भयो बाकी अरु होस् या न होस् ।

न त्यहाँ रक्तदातालाई प्रोत्सान गर्न केहि कुरा छ, न रक्तदान गर्नको लागि अन्य केहि सेवा सुविधा छ । रक्तसंचार केन्द्रमा रक्तदान अघि रक्तचाप, नाडिको गति, शारिरीक तापक्रम, अन्य आवश्यक चेक जाँच गरिनु पर्छ र स्वस्थ्य सम्बन्धि बिगतका बारेमा सोध्निु पर्छ, यो प्रक्रिया जनकपुर ब्लड बैँकमा कमै अपनाईन्छ । रक्तादान गर्दा ब्लड निकाल्ने ब्याग भुमै मै राख्छ, रक्तातालाई रक्तदान पछि रेफ्रेसको लागि केहि पनि सुविधा छैन । यी कुरालाई ध्यान दिन जरुरी छ ।

जनकपुर जस्तै अवस्था धेरै ठाउँमा छ । जनकपुरमा धेरै गफ दिने, भनाउँदाहरु छन् खै त यसको लागि चासो देको ? यसको लागि सबैले ध्यान दिन जरुरी छ । रगत अभाव समस्या हैन, यसलाई चासो नलिएको हो, सबै जना मिलेर चासो दिएर गर्यो भने जुनसुकै समस्या समाधान हुन्छ । समय मिल्न साथ रक्तदान गरौँ ।

नोट: यो कुरा २०७८/०५/०८ मंगलबारको हो र म राम भवानी सिंह ज्युको लागि रक्तदान गरेको थिए । वहाँको स्वस्थ्य लाभको कामना ।

#sarojkumarmahatowrites #bloodcase #BFN #bloodfornepal #togetherwecan #nRCS #redcross