केहि बेर पछि फोन गरिन् ।
मलाई निन्द आएन, केहि बेर बोलौन, अनि हामी अनि सुतौला नि हुन्छ ? मन छुने गरि, केहि आशा भरिएका आवाजले भन्नि । हुन त मलाई पनि बोल्न मन थियो तर सुत्नु पनि पर्छ नि भनेर सुतौ भनेको थिए ।
उसको केहि अपेक्षामा साथ दिन मन लाग्यो सुत्ने जिवन भरि नै हो । आज कुरा गरौ भन्नेर हुन्छ । अनलाईन आउन अनि भिडियो कल गर्न भने ।
हस् । भनेर फोन काट्नि र मेसेज आयो कि मेसेज मै बोलौन है ।
हस् भने मेरो बानि प्राय ठिक लागेको कुरामा नाई भने बानि नै छैन । त्यसमा साबुसँग कुरा गर्न मन धेरै नै लागि रहेको थियो । हामी बोल्न थाल्यो ।
कुरा हुँदा हुँदै हामी धेरै लामै कुरा गर्यो ।
उसको मनोभाव बुझेर सोध “साबु डु यु लभ मि” हुन त मलाई नै प्रस्ताव राख्ने मन थिया तर उताबाट आउने सम्भावना बढि देखियो र अप्रत्यक्ष रुपमा प्रस्ताव मेरै हो ।
उसले केहि बेर पछि जवाफ दिईन “आई लभ यु” हजुरसँग जिवन बिताउने मन छ । हरेक क्षण बिताउने मन छ । सुखमा होस् या दुखमा सँगै साथ बिताउने मन छ ।
म केहि समय मौन रहे । माया त गर्थे तर उसको अपेक्षा अनुसार जवाफ दिन असमर्थ जस्तो माने किन कि कसैको मनमा केहि अपेक्षा थियो र त्यो पुरा भएन भने पछिका समयमा गाह्रो र समस्याको रुपमा आउन सक्छ ।
“आई ल भ यु टु साबु” तर जिवनसँगै बिताउछु कि नाई थाह छैन तर जति सकिन्छ हामी खुशी भएर बसौ र जिवन भरी साथ रहनको लागि प्रयास गरौ । परिस्थितिले साथ दियो भने सधैँ साथ रहौला ।
उसले फोन नै गरिन् ।
किन यसरी भन्नु भाको ? तपाईलाई मजाक लाग्छ ? सम्बन्धमा सिरियस हुनु पर्दैन ? यस्तै कयौ प्रश्न गरिन ।
म केहि बेर मौन भए अनि भने “हेर साबु, सधैँ सोचे झै जिवन हुदैन उतारचढाव आईरहन्छ, हामी धेरै कुरामा जोडिएका हुन्छौ, बाँधिएका हुन्छौ र हरेक कुरालाई ख्याल गर्नु पर्छ, म तिम्रो कुरालाई समर्थन गर्छु साथ दिन्छु तर सबैको अवस्था सहजता भए पछि ।
उसलाई सम्झाए पछि उसले कुरा बुभिन्न तर पुर्ण रुपमा सन्तुष्ट भईन र म सोचे कि पछि उसलाई सम्भाउँदै जाने छु ।
राति धेरै भईसकेको थियो । राति भन्दा बिहान हुन लागेको थियो । उसलाई पनि बिहान काम गर्नु पर्ने मलाई पनि काम गर्नु पर्ने जसले गर्दा सुत्नु पर्छ ।
तर गुड नाईट भन्दा पनि गुड मर्निङ्ग भनेर सुत्ने बेला भएको थियो ।
गुड मर्निङ्ग साबु । सुतौ है ।
हस भनेर हामी सुत्यो ।

लेखक सरोज कुमार महतो ।

#apuroprem #part10 #sarojkumarmahatowrites