हस भनेर हामी सुत्यो ।
अब त हामी अधिकारीक रुपमा प्रेमि प्रमिका भईसकेका थियौँ । एकअर्का प्रति हकअधिकार बढिएको थियो । हरेक कुरा हामी एकअर्कालाई सेयर गर्न थालिसेका थियौँ । हामी एकअर्कासँग जिवन भर साथ निभाउन सकौला कि थाह छैन तर प्रयास गर्ने छौ । जति समय साथ हुन्छौ खुशी पुर्वक बसौ एकअर्काको सक्ने जति हरेक कुरामा साथ दिन्छौ ।
समय समयमा अनुसार झगडा हुन थाल्यो । मजबुत कारण नभए पनि एक अर्कासँग रिसाउन थाल्यो । रिसाएका बेला कहिले उसले मनाउने कहिले म उसलाई मनाउने गर्न थाल्यो । प्राय जसो म रिसाउँथे म “सर्ट टेम्पर” भएको मान्छे तर जति छिटो रिसाए पनि त्यति छिटो शान्त पनि हुन्थे ।
समय बित्दै गयौँ । एक अर्कासँग भेट्न आतुर थियौँ हामी तर समय र दुरिले गर्दा भेट्न सम्भव थिएन । म आफ्नो घर उ आफ्नो घर कसरी भेट्न भनेर चिन्ता थियौँ तर परिस्थितिले साथ दियौँ भने अवश्यक भेट्ने छौ भने योजना बनाउँदै थियो ।
एक दिन कुरा गर्दा गर्दै मलाई उसको कुराले रिस उठ्यो र म रिसाए । केहि दिन बोल्दै बोलिन तर त्यो बिचमा उसले पनि बोल्नका लागि प्रयास गरिन न त मलाई फकाउन प्रयास गरिन । अनि मैले सोचे यो सम्बन्ध बचाउनु छ भने “एक अर्का मध्ये कोई न कोई त बोलाउनु पर्छ, यसरी त सम्बन्ध बिग्रीन्छ” गल्ति उसकै भए पनि म उसलाई फोन गरे तर उ उठाईन ।
अब अति भयो । तर फेरि सोचे केहिमा व्यस्त होला त्यहि भएर फोन उठाईन होला पछि कल ब्याक गर्छे होला । उसको कल ब्याक आएन । अर्को दिन फोन गरे उसको दिदिले उठाउनु भयो ।
म दिदिलाई आदर गरि सबै कुरा भने त्यति खेर मलाई थाह भयो कि उसले हाम्रो बारेमा सबै कुरा दिदिलाई सेयर गरेको रहेछे । त्यो कुराले मलाई नराम्रो लाग्यो । यो ठुला कुरा त हैन । मलाई के लाग्छ भने “हामी एकअर्का प्रति सम्पिर्त हुन्छौ भने सबै कुरा थाह हुनु पर्छ, सेयरले सम्बन्ध बलियो बन्छ, सम्बन्धमा विश्वासपन आउँछ” । तर उसले दिदीलाई भनेको रहेछे त्यो कुराले मलाई फरक परेन किन कि सायद उसलाई कुराहरु सेयर कोई न कोई चाहिन्छ र दिदि भन्दा नजिकको विश्वासिलो अरु कमै हुन्छ ।
दिदिसँग बोल्दा बोल्दै उ बोल्न थालिन । ए हो, तिमि त्यहि पो रहे छौ ? भनेर म बोले ।
मैले नै दिदिलाई फोन उठाउन भनेको थिए । ताकि दिदिले पनि तपाईलाई चिनोस् तपाईले पनि दिदिलाई चिन्नु । यसरी परिवारीक सम्बन्ध पनि नजिकिन्छ ।
ह्या साबु । तिमी पनि हरेक कुरा यसरी किन गर्छौ ?

लेखक सरोज कुमार महतो ।

#apuroprem #parteleven #sarojkumarmahatowrites