ह्या साबु । तिमी पनि हरेक कुरा यसरी किन गर्छौ ?
दिदिलाई हरेक कुरा सेयर गरेको छौ भने मलाई थाह भएको भए अलि कम्फोर्टेबलि बोल्थे नि है । खैर हटाउँ ।
के छ खबर ठिक छौ ? रिसाए पछि बोल्नु पर्छ कि बोलाएको मान्छेको जवाफ दिनु पर्छ । यसरी त हाम्रो सम्बन्धको अन्त्य हुन्छ नि है ? उसलाई सम्झाउँन प्रयास गरे ।
उ पनि ज्ञानि भएर सुनि रहिन ।
त्यो हो । मलाई डर लागि रहेको थियो । कि म बोलाईन अनि तपाई पनि मलाई बोलाउनु भएन भने हाम्रो सम्बन्ध बिग्रिने त हैन नि तर विश्वास थियो कि तपाई बोलाउनु हुन्छ भनेर हाँस्दै भन्नि उसले ।
साबु, म तिमीलाई माया गर्छु र तिमीलाई खुशी राख्न चाहन्छु राख्ने कोशिस पनि गर्छु । जवाफ दिए र बाई पछि कुरा गरौँला भनेर म आफ्नो काम गर्न थाले ।
मेरो जन्मदिन नजिकिदै थियो र हरेक मान्छेलाई उत्साह हुने झै मलाई पनि थियो कि केहि विशेष हुन्छ किन कि मेरो विशेष दिन जो थियो ।
जन्मदिनको अवसरमा पहिलो शुभकामना उसले नै गर्यो । “मेरो प्रिय मान्छे, जसलाई म धेरै माया गर्छु, सबै कुरा मिल्यो भने जिवन भर साथ दिन तयार हुनेछु, आज तपाईको मात्रै अनि मेरो लागि पनि विशेष दिन हो मेरो प्यारो मान्छे, मेरो राजा हजुरले सोचेको आँटेको सधै पुरा होस् सधैँ खुशी हुनु धेरै माया र सम्झान जन्मदिनको धेरै धेरै शुभकामना हजुर”
यसको शुभकामना मेसेज हेरे मन खुशी र भावुक भए । धन्यावाद साबु । भन्नेर रिप्लाई गरे
त्यो राति अबेर राति सम्म हामी कुरा गर्यो । त्यो पनि भिडियो कलमा ।
प्राय जसो गरिने हरेक क्रियाकलापको फोटो पठाउँथे उसलाई उसले पनि पठाउने गरेको थिईन । सायद हरेक कुरा एकअर्काको थाह थियो, सेयर हुन्थ्यो ।
तर सम्बन्ध जति मजबुत हुँदै जान्छ एकअर्का प्रति अपेक्षा पनि बढ्न थाल्छ । यदि अपेक्षा पुरा भएन भने रिस पनि उठ्ने मन खिन्न हुने गर्दौ रहेछ ।
म सर्ट टेम्परको मान्छे मलाई प्राय कुरामा रिस उठ्न गथ्र्यौ । तर उसलाई मेरो रिस नियन्त्रण गर्ने खोज्ने मेरो रिस सहन गर्थिन ।
उसको सारै मन पर्ने बानि उ एकदम ईमन्दार थिईन हरेक कुरा मलाई सेयर गर्ने गर्थे बरु म सबै कुरा सेयर गर्दिन्थे ।
हाम्रो सम्बन्ध राम्रो चल्दै थियो । यसरी म लामो समय देखि घर बसेको थिए र तिहार पछि काठमाडौ जाने भए र यदि म काठमाडौ आए पनि उ पनि आउछे । चाहे यसलाई त्यसको लागि घरमा जे सुकै बहान किन नबनाउनु परोस् ।
हामी खुशी थियौ कि हाम्रो पुन भेट् हुदैछ भनेर तर सजह थिएन ।

लेखक सरोज कुमार महतो ।

#apuroprem #parttwelve #sarojkumarmahatowrites