हामी खुशी थियौ कि हाम्रो पुनः भेट् हुदैछ भनेर तर सजह थिएन ।
म लामो घर बसाई पछि काठमाडौँ फर्किए । यहाँ धेरै नै कामहरुको चाङ्ग थियो । त्यसमा व्यस्त भए उसँग राम्रोसँग कुरा गर्न सकिरहेको थिएन । न भिडियो कल न फोन कल मेसेजमा कुरा हुन्थ्यो त्यो पनि केहि बेर ।
उ आउने र हामी भेट्ने कुरा पनि थियो तर के गर्ने कसरी गर्ने सोच्न पाएको थिईन, केहि योजना बनाउन नि सकेको थिईन ।
विस्तारै मेरो काम कम हुँदै गयो र उसँग कुरा गर्दा, कुरा गर्ने तरिका अर्कै भएको रहेछ । रिसाउने जसरी गर्ने, बोल्ने केहि बोल्दा केहि बहाना देखाएर बाई भने भिडियो कल गर्दा व्यस्त छु भने यस्ता व्यवहार गर्न थालिन जुन हाम्रो सम्बन्धमा पहिलो थियो ।
उसको यस्तो व्यवहार पहिले कहिले पनि देखिन । अचान किन यस्तो भयो सोचे सायद उसलाई राम्रोसँग समय दिन सकेको थिईन तर उसले त्यो कुरा बुझ्नु पर्ने हुन्छ होला ।
पछि, उसलाई समय दिन थाले पछि गएर पहिले जस्तै बोल्न थाल्यो हामी तर जुन सुरुमा चासो दिएर बोल्न मन लाग्थ्यो त्यसरी बोल्न मन लाग्न छोड्यो । उ काठमाडौ आउने भईन ।
आउने दिन नजिकिदै थियो । हामी उत्साहित थियौँ एक अर्कासँग भेट्नको लागि उ आउने दिन मेरो काम धेरै थियो तै पनि लिन जानै पर्नै थियो । उ कलंकीमा आउनु पुर्व नै जानकारी गराएकि थिईन कि छिटो आउनुस् है कुर्न सक्दिन मलाई गाह्रो पनि भएको छ ।
हस्, भने तर काम सकेको थिएन म उसलाई लिन जाँदा ३० मिनेट ढिला पुगे छु । उ रिसाएर बोल्दै बोलिन केहि बेर अनि यहाँ न बसौ बाटो मै कुरा गरौला भनेर जाउ भने बेलुकाको ७ बजि सकेको थियो र पुसको समय पुरा चिसो थियो ।
अब कहाँ जाने? उसलाई सोधे उसलाई केहि पनि जवाफ नदिई चुप लागेर बाईकको पछाडि बसि रहिन ।
सरी बाबा, सरी उसलाई पहिलो पल्ट उसको नाम भन्दा अर्कै नामले बोलाए । यति कहि रिसाउँछ यार ? बुझ्नु पर्छ नि हौ ? काम थियो त गर्नु । अब पछि रिसाउनु कहाँ जाने ?
हामी भेट् पछि छुटै कतै बस्ने कुरा थियो मिले सम्म तर कतिको सम्भव छ थाह छैन । उसले भन्नि साथिकोमा जाने नि । अनि हामीसँग कतै जाने कुरा थियो नि अनि ? मिल्दैन नि मेरो साथि अर्के स्वाभकि छे घरमा पनि भन्न बेर लगाउँदैन ।
म आईडि दिन्छु “उसलाई कल गर्नु अनि भन्नु, कुनै साथिको जन्मदिन छ भनेर अनि उतै जानु पर्ने भयो र बर्थडे गर्ल पनि त्यहि भन्दै छे के गरु ?” अनि उसलाई नाई भन्दैन होला ।
हस् भनेर कल गरिन् तर

लेखक ः सरोज कुमार महतो ।

#apuroprem #Sarojkumarmahatowrites #part13