उसलाई “नाई, अहिले यो सब न गरौन् भन्दा”
म हस्, भने तर हामी यति धेरै एकअर्कामा हराएका थियौँ, कतिखेर के गर्नु पर्ने त्यो अनुमान लगाउन सकेनौ ।
उसको र मेरो शरीरमा लुगा थिएन उसले “नाई, यो मलाई ठिक लगिरहेको छैन न गरौन्” उसले भन्नि ।
हस्, हुन्छ । मैले जवाफ दिए ।
“रिसाउनु भयो ?” उसले सोधिन ।
नाई छैन रिसाएको, “म तिम्रो कुरा मान्छु र बुझ्न सक्छु । धेरै नसोच्न” साबु । जवाफ दिए ।
हामी गफ गर्दै बस्यो ।
केहि बेर पछि खाना खाएर । गफ गर्दै बस्यो । राति बितेको थाह नै भएन ।
छुट्निे बेलामा उसलाई उसको साथिको कोठा नजिक छोड्दिए । मलाई थाह थियो ठेगाना, यो भन्दा पहिले आउँदा त्यहि बसेको थिईन ।
उ बस्ने ठाउँ भन्दा अलि यता उसलाई पुराईदिए ताकि उसको साथिले नहेरोस् । अनि म आफ्नो काममा गए ।
उससँग बिताएको पहिलो रात थियो । जुन धेरै नै यादगार रहियो । केहि कुरा गर्न परिस्थिति प्रेरित गरे पनि नियन्त्रीत मनले रोकिदो रहेछ ।
कतिपय कुरा समय मै पनि हुनु पर्छ । समय अगाबै भयो भने असर त केहि पनि हुन तर त्यस्को स्वादमा फरकपन अवश्यक हुन्छ । कुनै कुरा दुई बिच हुने हो भने दुवैको सहमति हुन जरुरी छ अनि त्यसमा वास्तविक सन्तुष्टिपन हुन्छ ।
जिवन कै यादगर क्षण नै भयो । दिनभरि काममा वेस्त भए । यस बेला साबु काठमाडौँमा बसुन्जेल साँझ साँझ भेट्न गर्यो । हामी काठमाडौको केहि ठाउँमा पनि घुम्यो ।
उ काठमाडौँबाट जाने बेलामा म बिरामी परेर उसलाई बाई भन्न जान सकिन्न । जसले गर्दा उ रिसाईन म उसलाई सम्झाउन खोजे पनि उ बुभेन्न ।
उ घर गईन र उसको नयाँ काम पाएको हुनाले घर पुगेर काम गर्ने ठाउँमा जानको लागि तयारीमा व्यस्त भईन त्यस क्रममा हाम्रो कुरा पातलियो ।
जब कि उ जति व्यस्त भए पनि केहि समयको लागि भएन पनि हाम्रो बोलचाल हुन्थ्यो । उ रिसाएको बेला या केहि कारणले गर्दा मात्र बोलचाल नहुन्थ्यो ।
उ काम गर्ने ठाउँमा पुगे पछि मलाई थाह भयो कि “उसले काम पनि सुरु गरिसकेको छ” त्यो पनि अन्य मान्छे मार्फत ।
आखिर यति सम्म पनि थाह नदिनुको कारण मलाई थाह भएन । उ रिसाएकी छे तर यति धेरै रिसाएकी छे भने कुरा मलाई थाह थिएन ।
मनमा अनेकौ प्रश्न उब्जिरहेको थियो तर उत्तर साबुसँग थियो । उ चाहि राम्र्रोसँग कुरा पनि गर्दैन थिई ।
उसरी केहि हप्ता नै भयो मलाई पनि कामको सिलसिलामा बाहिर जानु पर्ने भयो तर उसलाई केहि थाह नै थिएन ।
एक दिन……………..


लेखक ः सरोज कुमार महतो ।

#sarojkumarmahatowrites #apuroprem #part15