एक दिन………………………..
म कामको शिलशिलामा काठमाडौँ भन्दा बाहिर जाँदै थिए । उ पनि कामको लागि आफ्नो घर भन्दा टाढा नै थियो । हामी एक अर्कालाई धेरै नै माया गथ्र्यो जुन एकअर्कालाई थाह थियो ।
तर उ काठमाडौँबाट फर्किए पछि हाम्रो सम्बन्ध चिसिएको थियो । बोल्चाल कम हुने कारण धेरै थियो होला तर यो सब हुनुको वास्तविक कारण कसैलाई थाह थिएन ।
उ नयाँ ठाउँमा गएको थियो । त्यहाँको अवस्थाले गर्दा र नयाँ ठाउँ भएको कारणले गर्दा अनि उसले त्यहाँ बस्ने व्यवस्थाहरु सबैमा व्यस्त हुनु भएको होला ।
हाम्रो बोलचाल कमले गर्दा र उसले हरेक कुरा सेयर नगर्नेको कारणले गर्दा उ प्रतिको मेरो चाह पनि कम भएको थियो ।
म पनि आफ्नो काममा अलि व्यस्त नै थिए र मलाई पनि कामको शिलशिलामा केहि दिनको लागि बाहिर जानु पर्ने भएकोले आवश्यक तयारी गर्दै थिए ।
मेरो मनमा धेरै कुराहरु खेल्दै थियो जसमा एक थियो हामीलेसँग बिताएको होटलमा त्यो रात । तर त्यहाँ मैले त्यस्तो केहि पनि गरिन जसले उसलाई नराम्रो लागोस् । यति सम्म पनि कि शारीरिक सम्बन्धको लागि उसले नाई भन्दा म सहजै स्विकारेको थिए ।
आखिर किन होला भने अनेकौ प्रश्न उब्जिएको थियो तर जवाफ न उसलाई सोधे न उसले केहि भन्नि । मन मनै धेरै कुराहरु खेलाउने बाहेक केहि पनि भएन ।
मेरो जाने दिन पनि आयो । म पनि जाने भए बाहिर नेपालको पहाडै कै एक जिल्लामा लगभग केहि महिनाको बसाई हुने थियो सबै तयारी गरेर उता तिर लागे ।
यो कुरामा न उसलाई केहि वास्त थियो न मलाई केहि वास्ता थियो कि उसलाई केहि भनु पर्छ भनेर तै पनि सोधेको बेलामा म जवाफ फर्काउँथे ।
उसले एक कुरा मलाई सेयर गरिन कि “म तपाईको लागि चिठ्ठि पठाएको छु” जुन हुलाक मार्फत जान्छ ।
कति दिनमा जान्छ मलाई थाह छैन तर जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यहि ठाउँको ठेगाना दिएको छु । पाए, पछि मलाई भनु होला भन्नि ।
म त्यो कुरा सुन्नेर अचम्मित भए कि यस्तो जवानमा यस्तो समयमा जहाँ धेरै सहज तरिका छ कुरा गर्ने तर यो “चिठ्ठि” ? मजाक त हैन । जे भए पनि त्यो चिठिठ्को प्रतिक्षामा बसे तर मन बेचैन पनि थियो कि कहिले चिठ्ठि आउँछ भनेर प्रतिक्षा गर्ने बाहेक अरु कुनै विकल्प पनि थिएन ।
म नयाँ ठाउँमा गएको हुनाले अफिसको काम, त्यहाँ बस्ने ठाउँको व्यवस्था गर्ने देखि अन्य आवश्यक व्यवस्थापनमा व्यस्त थिए । केहि न खाने ठेगान न बस्ने ठेगान थियो ।
त्यहि बिचमा हुलाकको मान्छे खोज्दै आउनु भयो । एक जनाले भन्यो कि “सर चिठ्ठि आयो” म कुँदै गए । उसकै चिठ्ठि होला भनेर
म चिठ्ठि खोल्दै थिए ‘‘‘‘‘‘।


लेखक ः सरोज कुमार महतो ।

#thelostvoice #yourvoice #apuroprem #Part16 #sarojkumarmahatowrites