म चिठ्ठि खोल्दै थिए त्यो प्याकेटमा गिफ्ट पनि थियो । गिफ्ट जाडोमा लगाउने हुड् थियो ।
म चिठ्ठि पढ्न शान्त ठाउँ खोजेर पढ्न थाले ।
मेरो प्यारो मान्छे, २०७७ फाल्गनु ०२ गते
धेरै माया अनि मिठो सम्झाना

हजुरलाई कति माया गर्छु त्यो भनि रहन्नु पर्दैन होला । भन्नै पर्यो भने मेरो जिवन कै मेरो प्रिय, प्यारो मान्छे, जसले मलाई म औधि माया गर्छु र गरिरहने छु । मेरो राजा, तपाईसँग सुरुवातीमा कुरा गरिरहँदा यति सम्म नजिकिन्छु भने लागेको थिएन् । म यसरी कोईलाई पनि माया गरेको थिएन् । तपाईको केयर हेरचाह माया, बुझ्ने शैली तपाई प्रति मलाई आक्रषित गर्यो ।
हामी भौतिक रुपमा एकअर्कासँग समय कमै बिताए पनि माया प्रगाढ छ । सम्झनु पर्ने कुरा धेरै छ र भनु पर्ने पनि धेरै छ । सबै कुरा भनेर नै बुझिन्छ भने पनि छैन । हजुर कुरा बुझ्नु हुन्छ । तर हामीलाई थाह छ कि केहि समय यता हाम्रो कुरा कानी पातलिएको छ, यसको यो मतलब हैन कि म हजुरलाई माया गर्न कम गरेको छु भने हैन् माया त उस्तै छ । हरेक कुरा त्यहि छ ।
तर एक निर्णय लिदै छु मलाई थाह छ कि यो गाह्रो छ तर असम्भव छैन । र तपाई बुझनु हुन्छ भने म विश्वास गरेको छु । तपाईलाई याद छ ? जब म मायाको लागि प्रस्ताव गर्दा तपाईले भनु भएको थियो कि जहिले सम्म सकिन्छ खुशी साथ माया गरौ पछि के हुन्छ पछि सोचौलाई गरौला । म हस् भनेको थिए ।
परिस्थिति असहज छ । मलाई किन न किन लागि रहेको छ कि हाम्रो सम्बन्धको आयु लामो छैन जस्तो भान आएको छ । यसको मतलब यो हैन कि म हजुरलाई माया गर्न छोड्छु भनेको हैन्, तपाई मेरो साथ भए पनि नभए पनि माया गरिरहन्छु । म आत्म देखि माया गरेको छु ।

हजुरको जिवन हिड्ने बाटो फरक छ मेरो फरक छ । सायद पछि गएर गाह्रो होला कि, परिवारीक पृष्ठभुमि फरक छ यसले त पक्के पनि गाह्रो पर्छ । धेरै कुराहरु सोच्दा मेरो मन अतालिन्छ बेचैन हुन्छ । कयौ दिन देखि यी कुराहरु सोचेर बसेको छु । र म फोनमा यो भन्न नसकेर यस्तो समयमा पनि चिठ्ठी पठाएको छु । अन्यथा नलिनु होला ।
पछि पनि हाम्रो सम्बन्ध रहिरहने छ भने विश्वास छ सधै खुशी रहनु होला प्यारो मान्छे । धेरै माया ।
तपाईको मायालु

साबु ।
लेखक ः सरोज कुमार महतो ।

#sarojkumarmahatowrites #apuroprem17 #writes