“जिवनमा केहि काम गर्नु भन्दा अगाडि प्राय हामी सोच्ने गर्छौ सोच आउनु नि पर्छ कि यदि हरायौँ भने के हुन्छ ? ”


एक जना पत्राकार ज्युले प्रसिद्ध गायकलाई अन्र्तवार्ता लिनको लागि जानु भयो, कुरा हुदै थियो ।
पत्रकार ज्युले सोध्नु भयो कि तपाई त प्रसिद्ध गायक हुुनुहुन्छ, जिवनमा पाउनु पर्ने मानसम्मान ईज्जत प्रतिष्ठा कमाउनु भएकै छ । यस्तो केहि गर्न वा पाउन बाकि छ ? भन्दिनु पर्यो यसकै म पत्रिकामा शिर्षक बनाएर प्रकाशन गर्ने छु ।
गायक ज्युले भनु भयो कि त्यस्तो त केहि छैन तर सोच्न थाल्नु भयो ।
हैन, भन्नुस् आज के कुरा हो भन्दिनुस् ।
मलाई एउटा ईच्छा छ कि एक मिनेटमा धेरै वटा शब्द बोल्न सकुन ।
अर्को, दिन पत्रिकाको पहिलो पृष्ठ मै आयो कि फलाना प्रसिद्ध गायकको चाहना एक मिनेटमा धेरै शब्द बाल्ने ।
त्यस पछि एक टिभि च्यानलबाट अफर आयो कि आज हाम्रो च्यानलमा तपाई एक मिनेट बोल्नको लागि समय फिक्स गर्नु भयो ।
गायक अब दुबिधामा पर्नु भयो कि बेकारमा भने छु । अब यदि एक मिनेटमा धेरै शब्द बोल्न सकिन भने मेरो बेज्जत हुन्छ । हारको डर आयो । केहि छैन, गएर बोल्छु यदि बोल्न सके भने धेरै नै राम्रो हुन्छ चारैतिर मेरो चर्चा हुन्छ भने सोच्ले जानु भयो र त्यहाँ गएर एक मिनेटमा ४०० भन्दा बढि शब्द बोल्नु भयो जुन एक रेकर्ड नै भयो ।
वास्तवमा हामि पनि आफ्नो जिवनमा केहि गर्नु भन्दा अगाडि डराउँछौ कि हरायो भने केहि शँका हुनु राम्रो हो तर गर्दै न गर्नु राम्रो हैन । प्रयास गर्नु पर्छ के थाह सोचे भन्दा राम्रो नि हुन सक्छ । केहि काम गर्न चाहनु हून्छ भने गरि हाल्नुस् राम्रो अवश्य हुनेछ ।
सकारात्मक रुपमा केहि काम गर्नु भयो भने सफल अवश्य हुने छ । सकारात्मकता नै परिवर्तनको मुल मन्त्र हो ।
परिवर्तन सम्भव छ सुरुवात गर्न जरुरी छ ।

Subscribe to get access

Read more of this content when you subscribe today.

video link: https://youtu.be/3hUKBXGXGSU

#SarojkumarMahato #SKMWrites#ContentCreator#Writer #motivationalVideo