मलाई अझै याद छ । सानै हुँदा सुति रहेकै बेला हजुरबुवाले बासि चिसो पानी टाउकोमा राखि आर्शिवाद दिँदै गर्दा झसँग् उठ्थे । अनि आफ्नो खेतमा बारीमा भएको सबै बिरुवा फेदमा पानि हाल्थे ।
त्यतिन्जेल सम्म हजुरबुवा अरु अरु गाउँमा भएको फुफुहरुको घरमा र अन्य नातेदारहरुको घरमा पुगि माथामा पानि हालि आशिर्वाद दिनु जानु हुन्थ्यो । खाना खाने बेला सम्म घर फर्कि आई नुई धुवाई गरि खाना खानु हुन्थ्यो । त्यो बिचमा म पनि छरछिमेकमा भएका आफु भन्दा जेठोहरुको हाँतबाट माथामा पानि र आर्शिवाद लिसकेर सँगै खाना खान्थे ।
खानामा भातदाल, तरकारी, विभिन्न तरकारीको तरुवा, करीबरी, पापड, अन्य अरु विभिन्न परिकारहरु साथमा दहि पनि खाईन्थ्यो । साथै बेलुका पकाएको पुवा, पुरी पनि खाने गर्थे । परिवारको सबैजनासँग बसेर गफिदै खाना खान क्या रमाईलो हुन्थ्यो । हजुरबुवाले भनु हुन्थ्याे “पेटभरी खाउ राति खान पक्दैन्” अनि हाँस्नु हुन्थ्याे । म हस भनि मजाले खान्थे ।

हजुरबुवाले भनु हुन्थ्यो “खाना खानु भन्दा अगाडि पाकेको सबै परिकार इष्टदेवतालाई चढाउने र चुलोलाई पनि पुजा गर्ने परम्परा रहेको छ” । “सबैभन्दा जेठो पर्व जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्वकाे रुपमा मनाईन्छ” । हजुरआमाले थप्नु हुन्थ्यो ।
नजिकको एक जना काकाले भनु भयो “शीतलताको प्रतीक मानिने यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घर तथा छरछिमेकको आँफु भन्दा ज्येष्ठ व्यक्ति या मान्यजनबाट लोटामा भरिएको पानि टाउँकोमा हातले हाल्ने गर्छ” ।
काकाले थप्दै “जुडशीतल पर्व तराई मधेश क्षेत्रमा बसोबास गर्ने विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन यो पर्व मनाईने गर्दछ” ।
हजुरबुवाले भनु भएको थियो “जुडशीतल पर्वमा हिलो दलेर पनि मनाउने गरेका छन, ग्रामीण क्षेत्रमा युवा समुह भेला भई एकाबिहानै हिलोपानी आपसमा जिउभरि दलेर नाचगान गर्दै मनाइने तर त्यस्तो दृश्य देखिनु हिजोआज दुर्लभ भएको छ केहि वर्ष यता युवा पुस्ता एक अर्कामा जोडिन नसक्दा लोप हुँदै गएको छ” । तैपनि केही संघसंस्था त्यसलाई जीवन्त राख्न संस्थागत रूपमा सीमित व्यक्तिको उपस्थितिमै भए पनि बर्सेनि औपचारिकता दिँदै आएका छन्। ।
देशभरि वैशाख १ गतेबाट नयाँ वर्षको शुरू हुन्छ तर वैशाखको चर्को घामबाट तातेको वातावरण र शरीरमा शीतलताका लागि टाउकोमा पानी छर्कने जुडशीतल मिथिलाञ्चल क्षेत्रमा नयाँ वर्षको स्वागत गर्ने परम्परा रहँदै आएको छ। यसैदिन आँपसहित विभिन्न वनस्पतिलाई समेत शीतलता प्रदान गर्ने जरामा पानी हाल्ने गरिन्छ ।
शीतलता प्रदान गर्न बासी पानी टाउकोमा छर्ने र शरीरका अधिकांश बिमारीको अर प्रकृतिको माटो र विभिन्न बोटबिरुवा नै भएकाले परापूर्वकालदेखि मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै आएको हो ।
जुडशीतलको एक दिनअघि पकाएको बासी भात र सोइजनको तरकारीसहितका परिकार घरको चौकस, मुख्यद्वार सहित चुल्होमा देवतालाई चढाउने र सो दिन बिहान चुल् होलाई विश्राम दिने परम्परा पनि छ । अहिले भने यो परम्परा ग्रामीण भेगमा मात्र सीमित भएको छ ।
जुडशीतलको दिनदेखि तुलसी चौरा वा शिवलिंगको छेउमा बाँस गाडेर त्यसमाथि गाग्रोमा पानी राखी राखिन्छ र त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्छ ।
जुडशीतलका दिन सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिँचित गरेर सफा गर्न चुना, पोटास राख्ने गरिन्छ । यो पनि हिजोआज ग्रामीण भेगमा सीमित हुँदै गएको छ ।
हजुरबुवा र हजुरआमा नभए पनि वहाँले भनु भएको हरेक कुरा याद छ र वहाँको आशिर्वादले यो परम्परालाई जोगाउने प्रयासरत छु । जुडशीतलको सबैमा शुभकामना । शुभ होस् ।