दिउँसो काम गरेर बसेको थिए ।
फोन आयो, मेसेन्जरमा फोन आएको रहेछ त्यो पनि भिडियो कल, उठाए “अलि बिजि छु केहि बेरमा कुरा गर्छु है” भन्दै फोन राखे । काममा व्यस्त थिए ।
काम सकेर फोन गरे ।
लामै कुरा भयो । कुरा हुँदै जाँदा हिन्दुहरुको महानपर्व तीज आयो, तिम्रो तीजको तयारी कस्तो छ ?
तयारी रे, म एक्लै तीज मान्नु ? भन्दै जवाफ फर्काईन ।
एक्लै रे ? मलाई अचम्म लाग्यो ! काठमाडौ उपत्यका बस्ने मान्छेले भन्छ कि एक्ले कसरी मान्नु भनेर, जहाँ ४०÷५० लाख जति मान्छे बस्छ होला । त्यहाँ तिमि एक्लै कसरी भयो ? कलेज पढछ्यो त्यत्रो साथि होलान् । रमाईलो गरि मनाउनु पर्छ नि तीज है ।
अनि उसले भन्न थालिन् ।
हैन के, मेरो पहिलो पटक घरबाट टाढा तीज हो । एकनासले एक्साईटेड छु भने एकातिर बेचैन छु, अजिब लागिरछ ।
रमाईलो त गाउँघर तिर नै हुन्थ्यो । देखावटी भन्दा पनि वास्तवित तीज हुन्थ्यो । यहाँ दर पनि कति धेरै दिन खाको होला क्या, त्यस पनि आलो – पालो खाने, महँगो ठाउँमा खाने, नाचगान त हुन्छ तर गित पनि ताईनतुईको गित हुन्छ । तीजको झल्को पनि आउन्न के ।
दर कार्यक्रम सकेर आए पछि सामाचार पनि बन्दो रहेछ । साथिले भन्थिन् घर आए पनि एक्लोपन महसुस हुन्छ रे ।
वास्तवमा नि हिन्दुहरु महिलाहरुको लागि महान पर्व हो, जुन पहिले देखि मनाउँदै आएको छ । अहिले त मनाउने शैली फरक भए छ । म क्यापिटल सिटिमा नयाँ भएर होला मजा आएन मलाई यहाँ, सायद नदेखेर होला ।
पहिले सिमित समुदायमा मनाउने पर्व अहिले देश भरि फैलिएको छ, हिन्दु मात्रै हैन, अन्य धर्माबालम्बिहरुले पनि मनाउँदो रहेछ । जुन राम्रो कुरा होनि तर ।
घर तिर त एक दिन मिलेर दर खान्थेम, “मन्जु थापाको स्वरमा करिश्मा मानन्धरले नाच्नु भएको गीत
गाउँ सहर खोलोर दिदि र बैईनी
नाचाँै न मिलेर नाम ली सैनी
तीजको लहर आयो बरी लै
तीजको लहर आयो बरी लै

बजाएर सबै जना रमाई – रमाई नाच्थेम् ।
धेरै सजिनु पर्दैनथ्यो । पढाई सकेर आउँथे, बेलुकी पख केहि बेर बाख्रा चराएर आउँथे । आमा पनि खेतको काम सकेर आउनुहुन्थ्यो, अनि आन्टिहरु, दिदिहरु, हजुरआमाहरु अन्य छरछिमेकीहरु एक ठाउँमा बसेर गफिँदै, खाने कुरा पकाउँदै गितमा नाच्दै रमाईलो गर्ने गर्थे ।
म व्रत बसिन् तर तीज मनाउँथे । व्रतमा फास्टिङ्ग बसेर मनाउनु पर्छ भने छैन नि है ? मलाई सोधिन् ।
म झसङ्ग भए ।
हो, हो । पर्दैन नि, व्रतमा खाना खाएर मनाउँदा पनि हुन्छ । पुजा त तनमनले पो हुन्छ ।
आफ्नो ध्यान उसले सुनाउँदै गरेको कुरालाई म ईम्याजिन गर्दै थिए । यसरी पनि तीज मनाउँदो रहेछ भनेर, फेरि उसलाई नलागोस् कि म उसको कुरा सुनेको छैन भनेर ।
अनि, म सोच्न थाले ।
म स्कुल पढ्दा घरमा हुँदा तीजको बारेमा खासै थाह थिएन् । अझै याद छ, मम्मि, काकीहरुले के पुजा गर्नु हुन्थ्यो अनि, राति जाग्नु पर्छ भनेर टिभि हेरे बस्नुहुन्छ । हामी एकदम खुशी कि रात भर टिभि हेर्न पाउँछु भनेर, पछि थाह पाए कि तीजमा राति गित गाउँदै रमाईलो गर्नु पर्छ । तर घर तिर तीजको गीत नआउने, र प्राय गीत नेपालीमा मात्रै हुन्थ्यो, सायद अझै पनि छ । नेपाली राम्रोसँग बोल्न नसक्नले गीत कसरी गाउँनु ।
मम्मिहरुले तीज पर्व मनाउनु कारण पछि थाह पाए । घर नजिक कै एक जना स –परिवार काठमाडौमा बस्नु हुन्थ्यो । मेरो पर्ने काकाकाकी पर्नु हुन्छ, वहाँ घर आएको बेला मम्मिसँग कुरा गर्नु भयो रे, अनि, दिदि पढ्नु हुन्थ्यो र दिदिको साथिहरुले पनि कुरा गरेको थाहा भएको कुरा थप्नु भयो ।
अरे ! म त फोनमा कुरा गर्दैछु । के न के सोच्न थाले ।
अहँ । हामी कहाँ थियौैँ ?
उसले फरि भन्न थालिन् ।
आमा व्रत बसेको दिन या घरमा कामको चाप अनुसार मामा घर जानु हुन्थ्यो । कुनै बेला तीज कै दिन त कुनै बेला एक दिन अगाडि तर जानु हुन्थ्यो । कहिले मामा लिन आउनु हुन्थ्यो त कहिले बुवाले पुर्याउनु हुन्थ्यो ।
म खुशी हुन्थे कि, मामा घर गएर भाईबहिनी, दिदिदाई (सानो या ठुलो आमाको छोरोछोरी) रात भरि रमाईलो गर्न पाउँछु भनेर, आमा त दिदिबहिनिहरुसँग भेटेर खुबै गफिनु हुन्थ्यो, रात भरि गित गाउँदै रमाउनु हुन्थ्यो । रमाईलो लाग्थ्यो ।
बुवाहरु प्नि खुशी आमा घरमा न भएको बेलामा तास खेलेर रमाईलो गर्न पाउँछु भनेर, साथिहरुलाई पनि बोलाउँन सक्छु । तर अहिल खुशी त हुन्छन् रमाईलो गर्न पाउँछु भनेर नै तर रमाईलो फरक किसिका हुन्छ ।
यहाँ त लाखौ छन् तर एक्लै महसुस भएको छ, कयौँ साथि छन् तर रमाईलो भएको छैन ।
ल जे भए पनि पर्व हो मनाउनु पर्छ । जस्तो परिवेश उस्तै पर्व हुन्छ । मैले भने र थपे “सुनेको थिए, पहिलो खाने कुरामा परिकार कम हुन्थ्या तर मिठो हुन्थ्यो, अहिले परिकार नगन्य हुन्छन्, गरगहना शरिर भरिभराउँछ हुन्छन् तर आफन्तहरुको कमी हुन्छन् ।”,
“समय अनुसा फरक हुनु पर्छ तर आधुनिकतामा रमाए पनि पर्व सिमित्तामा मनाएकै राम्रो हौ” ।
ल । मलाई बाहिर जानु छ । पछि कुरा गरौला है । ह्यापी तीज, रमाईलो गर्नु ।
हस् । बाई भन्दै उसले फोन काटिन् ।
शुभ तीज सबैमा ।