चुनाव सके पछि कर्मथलो आए, त्यसपश्चात घर गाको थिईन, अस्ति घर जाँदा धेरै समय बस्न सकिएन, खासै कोईसँग भेटन् पनि पाईन ।
रामुसँग पनि भेट भएन्न् ।
एक दिन बिहानै टिङ्ग टिङ्ग टिङ्ग फोनको घण्टी बज्यो, कस्को फोन आएको यसो हेर्दा रामुले फोन गरेको रहेछ ।
हेलो, दाई अरामै हुनुहुन्छ ? अस्ति आउँदा नभेटि जानु भयो है ? भाईको माया लाग्दैन र ? एउटै प्रश्न धेरै गर्छु भनेर दिक्क लगेर नभेट्या हो ?
एकै साँस मै नानथरीका प्रश्नहरुको वर्षा गर्यो रामुले ।
हेलो, रामु म ठिक छु यार, तिमि पनि ठिक होला है ? अस्ति भेट्न खोजेको थिए तर तिमीलाई थाहा नै छ, व्यस्तता कतिधेरै हुन्छ । केहि समयको लागि घर गएर फर्कि हाले, भाईको कुरालाई दाईलाई दिक्क लाग्छ र ? कस्तो अन्यासै कुरा गरेको ।
खैर, हटाउ के छ खबर खाबर सबै ठिक छ नि ?
गजब छ दाई तर भन्दै रोकियो रामु ।
तर के नि हिरो ? सोधि हाले, कुरा के हो अनुमान लगाउन सके कि उसले के कुरा गर्न खोजेको, रामु के भयो ? राम्रोसँग भन्न है ।
दाई, तपाईलाई थाहछ मेरो एक मात्रै र महत्वपुर्ण समस्या मेरो नागरिकताको समस्या हो । यो समस्या समाधान गर्दिने सरकार बन्छ ? मेरो लागि सरकार बन्छ ? उसले आफ्नो कुरा भन्दै प्रश्न गर्यो ।

हा ! हा ! हा ! हा
हाँसे, रामु तिमि पनि के के कुरा गर्छौ है । तिम्रो लागि सरकार रे ? कस्तो अनौठो कुरा गरेको ? तर उसले मर्माकि कुरा गरेको थियो । केहि बेर कन्भर्सेसनलाई अर्को महोल तिर लगे ।
रामु बोल्न थाल्यो ।
दाई, निर्वाचन भयो, चुनावको परिणाम आयो, निर्वाचितहरुलाई निर्वाचन आयोगबाट प्रमाणपत्र सहित संघीय संसदमा शपथ ग्रहण पनि गर्यो र सरकार पनि गठन भयो
उनीहरुले गरेका धेरै वाचाहरु मध्ये नागरिकता बनाईदिने वाचा पनि एक हो । अब ति वाचाहरु अनुसार गठन भएका सरकारले मेरो लगायत लाखाँै नागरिकता विहिनहरुको समस्या समाधान गर्नेछन् होला नि, त्यहिँ भएर भनेको मेरो लागि सरकार बन्छ ?
अरे, रामु रामु प्यारो रामु भन्दै मस्का लगाए ।
उसले मेरो कुरा बिच मै काट्यो ।
अनि भन्यो,
अस्ति प्रमेश्वरपुरमा एक युवाको बिहेको सबै कुरा भईसकेको थियो, यति सम्म कि ईन्गेजमेन्ट पनि भएको थियो तर बिहे भएन कारण केटाको नागरिकता थिएन ।
अस्ति एक जनाको बाईक दुर्घटना भएर अस्पताल भर्ना भएको थियो, हतार हतारमा आवश्यक रकम घरबाट लिन सकेन्न । अस्पतालमा आवश्यक परेको रकम पठाउने बाहिरको मान्छे थियो तर उसको नाममा बैँकमा खाता थिएन समय मै रकम आएन ।
धमिना गाउँमा गरिब परिवारमा जन्मेर आईटी फिल्डमा राम्रो बने सपना लिएर पढ्न सुरु गरेरका हरेराम प्ल टु पास गर्यो ।
अगाडि पढ्ने भनेर बाहिर जाने सोचे थियो तर जान नसकेर घरपरिवार चलाउनका लागि भए नि चिया पसल गरेर बसेको छ ।
बाहिर जान नसकेको कारण नागरिकता नभएर हो । उसको पनि समस्या म जस्तै आमाबुवाको जन्मसिद्ध नागरिकता छ तर उसको नागरिकता बन्न सकेको छैन । नागरिकता बन नसकेर यसको सपना सपना मै सिमित भयो ।
दाई, म पढेको खासै छैन यो पसल चलाएर जिवन चलाउँछु । तर, पढेर सरकारी जागिर गर्ने लगायत बाहिर गएर पढेर राम्रो बन्न सपना देखेका नागरिकता बिहिन युवाहरुको अवस्था हेर्दा मन भक्कानेर आउँछ तर के गर्नु ।
उसको कुरा सुनि रहे । कति धेरै जानकारी राखेको छ । हरेक कुरामा अपडेट छ । र देशको अवस्था बारे जानकारी राख्नु एक नागरिकको कर्तव्य हो, जुन रामुले गर्दै आई रहेको छ । तर नागरिकता छैन ।
म केहि नबोल्दा
रामुले नै भन्यो । दाई तपाईसँग यो कुराको न जवाफ छ न सामाधन छ । म जवाफ खोजेका हैन । र मलाई थाह छ हजुरबाट समाधान पनि हुदैन ।
यति हो । बेला बेलामा यो विषयमा तपाईसँग कुरा गर्दा मन हल्का हुन्छ । लाग्छ कि मेरो कुरा सुने कोई त छ ।
कता कता आशा पलाउँछ कि आज न भोलि शासकहरुले हाम्रो समस्या समाधान गर्नेछ ।
रामु थप्यो ।
दाई, तपाईलाई के लाग्छ हाम्रो समस्या बनेको सरकारले समाधान गर्ला ? म जस्तै लाखौँ नागरिकता बिहिनहरु छन् । उनीहरुको भविष्यसँग अभैm राजनीति नहोला ?
अह ! दाई एउटा कुरा,
हिजै रामभरोस आफ्नो आमाको उपचारको लागि बाईक लिएर अस्पताल जाँदै थियो । बाटोमा ट्राफिक जाँच हुँदा, नागरिकता नहुनेसँग सवारी चालक अनुमपतिपत्र हुन्छ भने कुरै भएन ।
सबै कुरा सुनाए पनि बल्ल तल ट्राफिकले मान्यो र रामभरोस अस्पताल गयो । म बुझ्न सक्छु सवारी चालक अनुमपतिपत्र बिना सवारी चलाउनु हुन्न तर विकल्प छैन नि । रामभरोसको ट्राफिकले समस्या बुझेर केहि गरेन कतिबेला त जरिवान तिर्नु पर्छ ।
तपाईको नामबाट मोबाईल सिमकार्ड प्रयोग गरेको छु अब तपाई कै लाईसेन्स पनि प्रयोग गर्नु पर्ला भन्दै ठटा गर्यो ।
म शान्त भएर उसको कुरा सुनिरहे ।
फेरि उसले नै बोल्यो ।
ल, दाई अहिले राखे पसलमा गा्रहकहरु आउन थालेछ । पछि हजुरसँग कुरा गरौला है । र नागरिकता नबनुजेल मलाई झेल्नु होला ।
ल यार । राम्रोसँग बस्नु । भाईको लागि दाई सधैँ सक्ने जे गर्न पनि तयार हुन्छ । भन्दै फोन काँटियो ।