आज सरस्वति पुजा, अहाँ बुनिया, केसौर, बैयर खाने भए ।
सोच्दै गर्दा बिर्सेछु, म विधालयमा पढ्ने विधार्थी हैन । विधार्थी छु तर कलेज नजाने विधार्थी । सरस्वती पुजा पनि हाम्रोपात्रो हेर्दा “रातोरंगले मार्क” गरेको हुनाले बिदा होला भनेर यसो हेर्दा सरस्वती पुजा रहेछ, हाम्रो लागि बिदा नभए पनि शैक्षिक संस्था बिदा हुदो रहेछ तर स्कुल जानै पर्ने बिदा ।
मन खिन्न हुन्छ भए पनि विधा कि देवि माँ सरस्वतीको पुजा बारे थाह हुन्छ ।
खैर, जे भए नि पुजा गर्नु पर्छ । सोच्दँै गर्दा सम्झान आउँछ स्कुल जिवनको ।
मलाई अझै याद छ, सरस्वती पुजा आउन लागेका भनेर हप्तो अगाडि देखि तयारी सुरु हुन्थ्यो । के के गर्ने भनेर साथीहरु बिच, सर बिच घनीभुत छलफल हुने गथ्र्यो । अनि योजना अनुसार तयारीमा जुट्थ्यो ।
समुदायिक विधालयमामा पढेने हुनाले आर्थिक अवस्था अनुसार हामी आवश्यक रकम संकलन गथ्र्यो । रु.५, १०, २०, अन्य आवश्यकता अनुसार, तर मलाई विधालयहरुले विधार्थीहरुबाट रकम उठाउनु ठिक लाग्दैन ।
संस्कृति कार्यक्रमका लागि कोई कवितामा, कोई नाचमा, कोई नाटकमा सहभागि हुन आफ्नो तयारी गर्न जुट्थ्यो । तयारी यति बेजोडले हुन्थ्यो, दिनभरी पढ्ने बेलुका रेहलसल गथ्र्यौ ।
बिना पुस्तक धारणाी माताको मुर्ति बनाउने अर्डर गथ्र्यो । विधालयलाई दशैँ, तिहार, दिपावलीमा घरआँगन सफाई गरे झै हामी सबै मिलिजुली सफाई गथ्र्यौै ।
जति जागर लगाएर घरमा सफाई या अन्य काम गर्दैन्थ्यो त्यो भन्दा धेरै मन लगाएर काम गथ्र्यौ । एक जना हैन् साथी संहगतीहरुसँग काम गर्न माजा आउथ्यौ ।
यस बिचमा पुजाको दिन को पुजामा बस्ने पनि तय हुन्थ्यो, एक पल्ट म पनि पुजामा बसेको थिए । “क्या एक्साईटेड्” भएर तयारी गरको थिए । घर लगायत छरछिमेकमा सबैलाई सुनाएको थिए “म पुजामा बस्छु भनेर, क्या रमाईलो” ।
तयारी गर्दै गर्दा पुजको अग्लिो दिने बेजोडको काम गर्नु पथ्र्यो । त्यो दिन कसैलाई एक सेकेण्ड पनि फुर्सद हुदैन्थ्यो । कोई बाँस काँट्न जाने, कोई पताका बनाउने, कोई मुर्ति लग्याउने जाने ।
कोई हँसबाहिनी माताको स्थान बनाउन र सजाउने, प्रसादका लागि बुनि, केसौर, बैयर आदि तयारी गर्न तिर लाग्ने, पुजाको सामागा्री तयार गर्ने, सांस्कृति कार्यक्रमका लागि मंच बनाउने अन्य कति कति ।
यी सबै काम हामी सबै साथिहरु मिलि टिचरको निगरानीमा गर्ने गथ्र्यो ।
यति गरे पछि राति सुरक्षाको लागि केहि केटा साथिहरु बस्थ्यो र केहि शिक्षकहरु पनि बस्नुहुन्थ्यो । राति चिसो हुँदा आगो बाल्ने तातिदै गर्नु पर्ने काम गथ्र्यौ ।
बिहानै उठेर ईनारबाट हातले पानी तानेर चिसोमा नुहाईधुवाई गरि पहिले घरमा पुजा गरेर रेडि भई स्कुल सबै साथिहरु मिलि जान्थ्यो । त्यहाँ लाईन बसेर पुजा गरेर, लाईन बसेर प्रसाद लिन्थ्यो ।
अनि, सांस्कृत कार्यक्रम सुरु हुनु अगाडि कुदै घर गएर खाना खाएर दिन भरि स्कुलमा मै बस्थ्यौ । बेलुका घर पुगेर के के भयो आमाबुवा, हजुरबुवालाई सुनाउथ्यो ।
अहिले जवान बदलिए छ । फोन या क्यामारा मा कयौँ फोटा खिच्यो । घर पुगेर एक फोटा सेलेक्ट गरेर समाजिक संजालमा पोष्टाउयो । अनि सकियो पुजा ।
पुजाको भोलि समय मै विधालय पुगेर माताको मुर्तिलाई बिर्सजन गथ्र्यौ । एक पल्ट नमिठो घटना घट्यो । “८ कक्षामा हुँदा मुर्ति बिसर्जन नजिकको तलाउ, पोखरी या नदिमा गर्न जाँदा मेरो साथि डुबेर मृत्यु भयो” । त्यस पछि त्यो विधालयले पक्की मुर्ति बनायो ।
अन्त ः पुजा सकिन्थ्यो र नियमित पढाईमा लाग्थ्यो ।
कति धेरै काम गथ्यौ त्यो पनि स्कुल जिवनमा, कसरी सकिन्थ्यो होला सोच्दाँ अचम्म लाग्छ तर त्यति खेर काम गर्न साथ दिने र सँगै हिड्ने साथि हुन्थ्यो । जुन अहिले पनि छ तर कहिले काँही मात्र भेट हुने, कुरा हुने ।
एक पल्ट रहर छ स्कुलका साथिहरुसँग त्यहिँ विधालयमा सरस्वती पुजा मनाउने, थाह छैन सम्भव छ कि नाई तर सपना देख्न र सोच्न त पाईयो ।
आजकल त सरस्वती पुजा मनाउने शैलि नै परिर्वतन छ । तयारी, सजावट, अन्य प्राय काम अरुले गर्दिन्छ विधार्थीहरु त फेसन प्रदर्शनी गरेको झै सजिएर निस्किन्छ । फोटा, भिडियो कयौँ खिच्छन् समाजिक संजालमा पोष्टाउँछन् । तर गर्नु पर्ने पुजा गर्दैन ।
हेर्दा समय कति छिटो परिर्वतन हुन्छ है ।
जे भए पनि वास्तवीक सरस्वतीको पुजा पुस्तकको अध्ययन हो । अर्थात पुस्तकको अध्ययन नै सरस्वतीको पुजा हो । सबैलाई भव्य शुभकामना ।