शुक्रवार बिहान मिथिला नगरपालिका- ५ श्रीपुर बस्ने दिलिप कुमार महतो (ओमप्रकाश) को टिपरले किचेर हत्या गर्यो । आज पोष्टमार्टम रिपोर्ट आयो, जुन रिपोर्टमा टिपरले किच्नु भन्दा अगाडी नै उसको हत्या गरिएको थियो । दिलिपलाइ किच्नु भन्दा अगाडी नै रडले पिटेको र रडले नै घाेचेर हत्या गर्यो त्यस पछि टिपरले शरीरको छाती भन्दा माथिको भागलाई किचेको छ ।
दिलिपको घर धनुषाको मिथिला नगरपालिका वडा ५, श्रीपुरमा छ । राम जीवन महतोको जेठो छोरोको रुपमा २४ वर्ष पहिले जन्मेको थियो । ओमप्रकाश कुमार महतो हो तर दिलिपले पनि चिने गर्थ्यो । सानै देखि पढ्नमा राम्रो थियो । स्कुल तहको पढाई मिथिला नगरपालिका स्थित ढल्केवरमा रहेको विनायक बोर्डिङ्ग स्कुलबाट भएको थियो र अहिले भारतको भोपालमा मेकेनिकल इन्जिनियर अन्तिम वर्षमा थियो । इमान्दार, जेहेन्दार विधार्थी थियो । सानै देखि सहयोगी भवनको, कतै नराम्रो भैरहेको छ भने त्यह बोल्ने, राम्रो कुराको साथ र नराम्रो कुराको विरोध गर्ने बानि थियो ।

Image may contain: one or more people, people standing, sky, mountain, outdoor and nature


“दिलिप धेरै राम्रो साथी थियो मेरो उ सबैलाई हसाउने, माया गर्ने, राम्रो कुराको साथ दिने गर्थ्यो” दिलिपसंगै पढेको स्कुल तहका साथीले भन्यो । “म यो खबर सुनेर स्तभ भए यति राम्रो मान्छेलाइ के गर्यो, कमेडियन भन्थे उसलाई हरेक कुरामा हसाउने गर्थ्यो, हत्यारालाई कारबाही होस्” उच्च शिक्षासंगै पढेको साथीले भन्यो ।
दिलिप भारतबाट केहि दिन अगाडी मात्रै आफ्नो गाउँ आएको थियो । गाउँ नजिकको खोलामा अवैध रुपमा गिट्टी – बालुवा उत्खनन्‌को विरोध गर्दै आइरहेको थियो । खोलामा भइरहेको उत्खननले प्रकृतिमा पनि असर गर्छ र त्यहाँ नजिकै रहएको गाउँमा पनि प्रभाव पर्दछ तर उत्खनन गरि रहएको क्रसरधनि न माने पछि प्रशासन सम्म पनि पुगेको थियो । क्रसरधनीले विरोध गरेकोमा उसलाई ज्यान मर्ने धम्कि पनि देको थियो र दिलिपको बुवा राम जीवन महतोलाइ पनि धम्कि देको थियो कि “तपाई आफ्नो छोरालाई सम्झाउनु न भए मर्छ “। गिट्टी बालुवाको अवैध उत्खनन् र तस्करीले गाउँमा जोखिम बढीरहेको बुझेका दिलीपले त्यसको निरन्तर विरोध गरिरहियो ।


हिजोको कुरा हो “बिहान उ सुतेर उठ्यो अनि शौचालय गयो त्यस पछि म पनि उठेर शौचालय गए अनि पढ्न थाले दाइ पनि सुत्नु भयो होला तर सुत्नु भएन केहि बेर पछि हाल्यो भयो कि दिलीपको हत्या भयो म एक्लै कुददै खोलामा पुगे अनि बुवालाई फोन गरे, जहाँ टिपरले खिचेको थियो
त्यहाँ केहि पनि परिवर्तन थिएँ अर्थात् बालुवाहरु जस्ताको त्यस्तै यदि टिपरले ज्युदो मनिषालाई खिचेको भए छटपटिन्थ्यो तर त्यस्तो केहि पनि भएको थिएँ । त्यहाँ वडा अध्यक्ष ज्यु हुनु हुन्थ्यो अनि प्रहरी पनि मलाई छुन् पनि दिएँ अनि शवलाई लग्यो”
दिलिपको बहिनिको भनाइ ।

Image may contain: one or more people, sky, outdoor and nature


उसको हत्या पश्चात शवलाई उठाउदा मुचुल्क पनि न गरि उठ्यो । यसले सबैको मिलिमतोमा हत्या भएको भने स्थानीय बासीको आरोप छ । “उ परिवारको र समाजको जिम्मेर युवा थियो उसले बोले उसलाई हत्या गर्यो” उसको एक नातेदारको भनाइ ।
पछि स्थानीय बासीहरु हत्याको बिरोधमा पुर्व पछिमा राजमार्ग पनि जाम गरेको थियो तर प्रहरीको दमनले पछि पछाडी हट्यो । ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको थियो र टिपर चालक फरार भयो पछि प्रहरीले आफ्नो नियन्त्रमा लियो । “घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुनसक्ने” इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।
“गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्‌को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए। रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको” स्थानीय उमेश कुशवाहाको आरोप छ।
दिलिपको हत्या निन्दयानी छ, अत्यन्त नराम्रो घटन हो । कोइ मान्छे केहिको विरोध गर्दा धम्कि दिन्थ्यो सामान्य झगडा हुन्थ्यो तर अब सिधा हत्या भयो । यसको विरोधमा ठाउँमा युवाहरुले आन्दोलन गर्दै छ । वास्तमा आज दिलीपले केहि समाजलाई असर हुने कामको विरोध गर्यो जुन गर्नु नै पर्ने थियो अनि उसको हत्या भयो । भोलि गएर वा अहिले पनि विभिन्न ठाउँमा युवाहरु न राम्रो कुराको विरोध गर्दा छ त्यसको पनि हालत दिलिप जस्तो हुन्छ कि? हामी प्रजातान्त्रिक देशमा बस्छु सबैलाई आफ्नो मत वा आफ्नो विचार राख्ने अधिकार हुन्छ त्यसको सजय हत्या ? यसरि नया सोच लिएर हिडेका युवाहरु, नया विचार लिएर हिडेका युवाहरु अगाडी बड्नु साटो पछाडी हट्छ । यो कुरामा सम्बन्धित पक्षले ध्यान पुराउनु पर्छ । दिलिपको हत्यारको कडा भन्दा कडा सजय दिनु पर्छ ।


दिलिपको हत्याको विरोधमा विभिन्न ठाउँमा युवाहरु विरोध गर्दै छ । कसैले भनेको थियो “आवाजको शक्ति भयंकर हुन्छ, यति भयंकर कि सुन्न नचाहानेहरु त्यसलाई दबाउन जे पनि गरिदिन्छन्। ज्यानैसमेत लिइदिन्छन्। तर एउटा आवाज दबाएर, आवाज निकाल्ने एउटा शरीर मारेर त्यो बन्द हुँदैन। इतिहास साक्षी छ, त्यो झन् चर्को सुनिन्छ। थप बेगसँग” । “म दिलीप हुँ, म बोलिरहेको छु” भने नाराको साथ आन्दोलन र श्रधंजलि सभा गर्दै आइरेहेको छ । वातावारणको इतिहासमा पहिले यस्तो घटना घटेको छ जसले “वातावरण सहिद” घोषणा गर्नु पर्छ एक युवाको भनाइ । यति नै आशा फेरी अर्को दिलिपको घटना न घटोस र दिलीपको घटनमा संग्लनलाइ कारवाही होस् ।

#जयदेश #जययुवा