के छ अभिशेक ?
ठिक छ दाई, तपाईंको के छ खबर ?
मेराे पनि ठिक छ हिराे, अनि के गर्दै छाै ? कहाँ छाै आजभाेलि ?
यतै तिर छु दाजु, पढाइ चल्दै छ दाजु । अनि थाहा छ एउटा कुरा तपाईंलाई ?
कुन कुरा ? भन्न अनि पाे थाह हुन्छ ?
म प्रेममा थिए एक महिनाकाे लागि ।
एक महिना रे ? याे कस्ताे किसिमको प्रेम हाे नि ? राम्रोसँग भन्न ।


एक महिना अगाडिकाे कुरा हाे । म साथिकाे जन्म दिनकाे पार्टिमा थिए । त्यहाँ एक जना केटी साथिसँग बाेल्दै थिए । उसले त्यति खेर मलाई भनिन्न तिमी मलाई राम्रो लाग्छाै ।
ये हाे र ? धन्यवाद त्यस्काे लागि ।
अनि यसरी कुरा बड्द‌ै गयाे । त्यस पछि मेराे परिक्षाले गर्दा पढाइमा अलि बढि ध्यान दिन थाले, उ भेट्न खाेजे पनि म भेटिन किन कि परीक्षा चल्दै थियाे तर कुरा चाहिँ धेरै हुन थाल्याे, फाेनमा मेसेज, भिडियो कल, फेसबुकमा कुरा धेरै नै हुन थाल्याे ।
घण्टै घण्टा सम्म कुरा हुने, भेट्न खाेज्ने तर परीक्षा पछि नै भेट्छु भन्नेर म साेचेकाे थिए र मेराे परीक्षा सकियो ।
यति बिचमा हामी धेरै नै नजिक भई सकेकाे थिए । मलाई पनि भेट्न मन लाग्ने उसलाई पनि भेट्न मन लाग्ने भयाे ।


मेराे परीक्षा सकेकाे दिन नै बेलुका भेट्ने भए हामी, भेट्नका लागि मेराे काेठा नजिक क्याफेमा बाेलाए । हामी लामाे कुरा गर्याे अनि खाजा पनि अायाे । राति धेरै भयाे । मैले जिस्केर साेधे, अाज यतै बस्न ? उसले हाँस्द‌ै भनिन्न । कहाँ बस्ने यतै ?
मेराे काेठामा, उसलाई थाह थियाे कि म एक्लै बस्छु भनेर । तर यति भन्दा डर पनि भयाे कि उसकाे जवाफ के हुने हाे । रिसाउने त है नि ? उसले केही भनिन्न अनि झाेला लिएर केहि कुरा निकाल्न थालिन मलाई झन डर भयाे अब खाजाकाे पैसा तिरेर रिसाएर जान त लागेकाे हैन ? तर माेबाईल निकालेर फाेन गरिन म अाज अाउदिन भनेर । कसलाई थाह भएन, यति थाह थियाे कि उ साथिसँग बस्छ ।
हामी काेठमा गयाे । लगभग दुवै जानकाे पेट भरेकाे थियाे । हामी गफ गर्दै बस्याे । घडिकाे सुई चल्दै थियाे । हामी गफ गर्दा गर्दै एक अर्कामा हरायाे । हामी चुम्बन देखि सुरु गरेकाे के के भयाे । तर दुबै जना एक अर्कामा यति हरायाेै कि बाँकि अरु के भएकाे थाह नै भएन ।
बिहान उठदा मेराे काँखमा उ मजाले सुति रहेकाे थिईन । उसलाई उठाए मलाई कलेज जानू पर्छ भने अनि उसकाे पनि कलेज जानू पर्ने तर बिहानकाे कक्षा भएर जान सकिन ।नाई, आज न जाउ न कलेज मेराे पनि छुट्याे तिम्रो पनि न जाउ । आज हामी यहिँ बस्छाै न । हैन अलि महत्त्वपूर्ण कक्षा हुन्छ आज त्यसैले जानै पर्छ नि । हाे र अलि दुखि भएर जवाफ दिईन । ठिक छ जाउ है । उ पनि आफ्नाे लुगा लगाइन म पनि लगाए । फ्रेस भएर चिया खाए अनि कलेज तिर गए ।
बाहिर खाजा खाएर म कलेज गए उ आफ्नाे काेठा तिर गयाे । पहिलो कुराले नजिक थियाे अब त शरिरिक रुपले नजिक भयाे । हामी एक अर्काेलाई धेरै माया गर्न थाल्याे ।


कुरा हाम्रो धेरै नै हुन थाल्याे । राति राति भिडियो कल गरे सुत्न थाल्याे । दिनहु भेटन्, सँगै खाजा खाने । उसकाे कलेज सके पछि मलाई भेट्न अाउने मेराे कलेज सके पछि उसलाई म भेट्न जाने ।
एक दिन
मेरा परिवारिक समस्यले अलि चिन्तित थिए अनि उसले भनिन कि आज हामीसँग बसाैन । मैले भने अाज न बस्छौं अर्काे दिन बस्छौं ला है । हुन्छ भनिन्न तर बेलुकि मेराे बस्ने ठाउँ उसलाई थाह थियाे । मेराे काेठा अाईन ।
मलाई रिस उठ्याे किन आयाे ? मैले भनेकाे थिए कि तिमिलाई आज न आउनका लागि अनि किन आयाे । रिसले धेरै गालि गरे अनि जाउँ यहाँबाट ।
उ जान थले म राेक अनि भने यति राति कहाँ जान्छाै । यतै बस्छ अब । खाना पकार हामी दुवै जना अाएर सुत्न बेडमा गए ।
उ मेराे काँखमा आएर सुतीन अनि भनिन्न कि मलाई यहाँ संसारकाे सबै भन्दा अानन्दा लाग्छ र मिठाे निन्द्रा पनि । आज पनि हामी हर्याे एक अर्कामा । बिहान उठेर घरकाे समस्य सुनाए त्यही भएर नअाउन भनेकाे थीए । तर आयाे तिमी मलाई चित दुख्याे ।
दिन बित्दै गयाे । उ अलि बढि नै मेराे काेठा अाउन थालिन म पनि बाेलाउ्थे । हामी बस्थ्याे ।


तर पाेखरिमा पनि बढि भए पछि बाहिर अाउँछ । त्यस्तै हाम्रो सम्बन्धमा भयाे । मेराे घरमा थाह भयाे र मलाई घर बाेल्याे । अनि अब तिमि पढ्नु पर्दैन यदि पढ्ने भए तिम्राे याे सब बानि सुधार गर्नु । हुन्छ मलाई जे भनु हुन्छ त्यहीँ गर्नु तर पढ्छु ।
मलाई मेराे काका बस्ने घरमा काेठा खाेज्दिनु भयाे । अनि म पढ्न थाले घरकाे डरले उसँग बाेल्न पनि बन्द भरे । किन कि अरु ठाउँबाट नराम्रो भए फरक न पर्ला तर परिवारबाट नराम्रो भए धेरै फरक पर्छ । माया धेरै गर्छु बाेल्ने मन थियाे तर अन्तिम भेट पनि भेट्न सकिन ।
के दाई म राम्रो गरे ? अभिसेकले मलाई साेध्याे ।
बितिसक्यो जे गर्याे राम्रै गर्याे । परिस्थितिले मान्छेलाई धेरै कुरा गराउँछ । माया धेरैले गर्छ तर सफल सबैकाे हुदैन । तिमी पढाइ पूरा गर्नु पछि तिम्रो भाग्यमा हुन्छ भने तिम्रो जीवन साथि नि हुन सक्छ ।

#Love #Lovestory #Loveends