देशकाे मुख्य शहरमा रहेकाे प्रसिद्ध ठाउँ माईतिघरमण्डला ।
जहाँ मानिसहरु साना देखि ठुला राजनीतिक, समाजिक, संस्थागत तथा व्यक्तिगत जमघट देखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रुपमा परिचित रहेकाे छ । धेरै जसाे कुराकाे सुरुवात तथा अन्त्य यहाँबाट गरिन्छ ।

कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरुले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा यसै थलोको उपयोग गरि प्रचारबाजी गर्ने गरेको पाइन्छ । पार्टिगत विराेध या समर्थन हाेस्, संस्थागत वा व्यक्तिगत विराेध या समर्थन हाेस्, कुनै घटनाकाे विराेध या समर्थन हाेस्, श्रद्धाञ्जली सभा हाेस् या दिप प्रज्वलन सभा, निति विराेध हाेस् समर्थन, देशकाे अस्तित्वमा माथि प्रश्न हाेस् जवाफ हाेस् । राष्ट्रियताकाे कुरा हाेस् । प्रायः कुराकाे सुरुवात यहाँबाट हुन्छ ।

१७ दिनमा माईतिघर मण्डलाको निर्माण कार्य सम्पन्न गरिएको थियो । जुन वि.स. २०५७ सालमा ११औं सार्क शिखरको सम्मेलन आयोजना हुने बेलामा यस क्षेत्रको चारैतिर रहेका बस्तीलाई व्यवस्थापन गरि मण्डलाको निर्माण गरिएको थियो । जसमा काठमाडौं महानगरिपालिकाकाे तत्कालीन मेयर केशव स्थापित तथा सहयाेग कर्ता रिञ्चिन याेञ्जनकाे सक्रियतामा सम्भव भएकाे थियाे । माइतिघर मण्डलाको मौलिक नाम “फिब्वः ख्यः” हो। माइतिघर मण्डला काठमाडौंको माईतिघरमा अवस्थित एक खुला ठाउँकाे रुपमा पनि मानिन्छ हो। 

सारा संसार काेभिड-१९ काे कहर ग्रसित छन । लकडाउनकाे समयमा पार्टीगत विराेध, पत्रकारकाे विराेध, सरकारकाे समर्थन, ट्याक्सी वालाकाे विराेध, हरहिसाबकाे विराेध, अन्य देशका मुद्दाहरुकाे समर्थन तथा विराेध, ईत्यादि कुराहरुकाे लकडाउन समयमा हुदै छ ।

कतै न कतै हाम्रो प्रणाली ठिक छैन । एक अर्कालाई दाेषाराेपनकाे बढि हुन्छ । वास्तविक समस्यबाट हटेर अन्य तिर माेडिएकाे छ । जनता पनि लकडाउन खुकुलो बनाएकाे फाईदा उठाउँदै छ । संक्रमित बढिदै छ तर माईतिघर मण्डला जान रुकेकाे छैन । विराेध गर्ने तरिकाकाे अर्काे विकल्प खाेज्न जरुरी देखिन्छ ।
स्वास्थ र सुरक्षित रहाै ।

केही रिफरेन्स विकिपिडिया ।

#Kathmandu #Maitighadmandala