कोभिड-१९ को कहरले पुरा संसार ग्रसित छ । नेपाल पनि चपेटमा परेको छ । विगत ११० दिन भन्दा बढि दिन देखि लकडाउनमा छौ । अहिले सम्म नेपालमा ३९ जनाको मृत्यु सहित १७ हजार भन्दा बढि कोरोनाबाट संक्रमति र ११ हजार भन्दा बढि संक्रमितहरु मध्ये निको भएर घर फर्किसकेका छन । नेपाल सरकारले विगत असार १ गते देखि अति आवश्यक सेवालाई सुचार गरि आंशिक रुपमा लकडाउन खोलेको छ ।

Householder Comprehensive Insurance – C.I.B.S


कोभिड १९ बाट धेरै कुराहरु प्रभावित छ । कोभिड-१९ सँगै लकडाउन भयो, शैक्षिक संस्थाहरु, स–सानो देखि ठुला व्यवसायिहरु, अति आवश्यक बाहेक केहि पनि खुलेन । शैक्षिक संस्था बन्दसँगै घरभाडा लिएर बसेका अधिकांस विधार्थीहरु घर गयो तर भाडामा बसेका कोठा वा फ्याल्टको भाडा चल्दै छ त्यस्तै भाडामा व्यवसाय गरिदै आईरहेको व्यवसायहरुको पनि अवस्था पनि त्यस्तै छ । व्यवसाय लकडाउनले बन्द छ कमाई छैन कतिलाई घरपरिवार चलाउन हम्मे–हम्मे परेको छ घर भाडा कहाँबाट तिर्नु ? स्थानिय सरकार लगायत संघिय सरकारले घरको भाडा छुट गर्न आग्रह गरियो तर त्यसको लागु नगन्य मात्रामा भयो ।
कतिपय व्यवसाय आवश्यक कमाई हुन नसकेको हुनाले र ऋण लिएर सुरु गरेकाहरु यी समस्याकाेहरुकाे मानसिक तनावले त आत्महत्या पनि गरेका छन । व्यवसायहरुको सरकारलाई कर तिर्नु ? बैंकको व्याज तिर्नु कि घरमुलिको भाडा कि आफ्ना परिवारको आवश्यकता परा गर्नु ? विधार्थीको कोठा भाडा लिएर अध्ययन गरिरहेको हुन्छ । बन्दाबन्दी सुरु भए लगतै पढनपाढन पनि बन्द छ भाडा चल्दै छ । गाउँघरतिर भए पनि घरमुलिको फोन आउँछ कि घर भाडा तिर्नू भन्नेर, यदि घरमा बसेका छन भने दैनिकि भेटेर सोध्ने कि भाडा कहिले तिर्ने । कतिपय घरमुलिको घरपरिवारको खर्च घरभाडाबाट उठेको रकमबाटै हुन्छ तर कतिपयलाई अन्य आय स्रोत नि छ । कतिपय घरमुलिले सबै भाडा छुट गरेको छन, कतिपयले केहि प्रतिशत छुट गरेको छन भने कतिपयले केहि महिनाको छुट गरेका छन । अवस्था अनि मन अनुसार व्यवहार गरेका छन । कतिपय त घर छोडेर भाग्छ कि भने अजिब व्यवहार गर्छ । दैनिकि फोन गर्ने कि भाडा कहिले दिने भनेर ।
कोठामा बसेको छैन तर भाडा तिर्नु पर्छ, घरपरिवारको आय स्रोत बन्द छ । जहाँ भाडा तिर्नु पर्ने कुरा सबै भाडादारेहरु घरको भाडा तिर्न खोज छन तर परिस्थितिले मिलेको हुदैन । झन मोटो रकम भए पछि तिर्न गार्हो हुन्छ तर बाध्यताले तिर्न सकेको छैन । व्यवसायहरुको व्यसहाय बन्द आम्दानिको स्रोत छैन । विधार्थीहरुको घरपरिवार अर्थात अभिभावकको काम बन्द यी विभिन्न कारणहरु छन । वैदेशिक राेजगारमा गएकाेहरुकाे पनि अवस्था नाजुक छ काम बन्द छ घरमा पैसा पठाउन गार्हाे छ ।
केहि ठाउँमा प्राय: विधार्थीहरुले कोठामा भएको समान भन्दा बढी कोठा भाडाकाे रकम भयो जसले गर्दा कोठाको समान छोडेर कोठा पनि छोडेर भागेको छन । आँशिक रुपमा लकडाउन खुलेको हुनाले केहि विधार्थीहरु,जागिरेहरु, व्यवसायिहरु कोठामा बस्न आउँदा कोरोना परिक्षण गराएर आउनु भन्छ । कोरोना परिक्षण गराएर लगे पनि मतलब न गरेको, कतिपयले कोठा पनि सार्नु परेको अवस्था छ । कतिपय घरमुलिले घरमा पस्न पनि देको छैन । कोठा भाडेदार कोठामा आयो भने १४ दिन होम कोरोनटाइनमा बस्न दिनु पर्ने त्यस पछि केहि समस्या परेमा कोरोनाको परिक्षण गराउने भने गृहमन्त्रिले सुचना जारी गरे पनि त्यसको पनि वस्था नगरेको ।

गृह मन्त्रालयकाे सुचना


सारा संसार एक समस्याबाट ग्रसित छ त्यो समस्या कोभिड १९ हो, यस सँगै नेपालमा बाढिपहिरोको वितन्ड मचाउन थालिसकेको छ । यस अवस्थामा अहिले सम्म यसबाट लडन् सफल नभए नि हामि सबै जनाको अनुशासित, सयम र एकिकृतकाे भुमिकाले नै रोकथामको प्रयासरत छौ । यस विषम परिस्थितिमा एक अर्कालाई साथ र सहयोग दिएर बस्नु पर्छ । घर भाडाको लागि मानसिक तनाव नदिदाँ राम्रो हुन्छ । मिल्छ भने भाडा छुट् गर्दा राम्रो नभए केहि महिना सहुुलियत गरे हुने वा जति खेर पनि या दिनहुँ भाडाको लागि ढोका खटखटानु राम्रो हैन र घरमा कोठा वा फ्याल्यट भाडा लिएर बस्नेहरु पनि मिल्छ भने समयमा भाडा तिर्दा राम्रो हुन्छ । एक अर्काको समस्या बुझ्नु पर्छ । सबै जना मिलेर धेरै गर्न सक्छौ ।

#Covid19Nepal #Staysafeathome #coronavirus #houserent #rooment