चौरचण वा चौठि पुजा ।


भदौ शुक्ल चतुर्थिको दिन विशेष गरि तराईमा मनाईन्छ । पुजा बेलुका चन्द्रमालाई पुजा गरि मनाईन्छ । बेलुका तिर दालको पुरी, सोहारि, दूध र चामलको खिर, यस याम हुने फलहरु जस्तै भोगटे, कागती, नरिवल, केरा जस्ता विभिन्न फलहरु, माटोको भाडोमा जमाएको दहि, पानसोपारि, चामल आ केराउ, वल, हल्दि, सुथनि, अलुवा ईत्यादि विभिन्न सामाग्रि लिएर पुजा गरिन्छ ।


कशे ओैँसिको दिन पछि मात्रै मटकुरि (माटाको भाडोमा) दुधको दहि जमाउने चलन छ । गहुँको पिढो ढेकिमा कुटेर जातो वा मिलमा पिठो पिसेर त्यसले दाल पुरी र सोहरि बनाईन्छ । घरमा एक जना महिला दिन भरि व्रत बसि बेलुका तिर खुला अकाशमुनि पुजाको लागि ठाउँ मिलाएर चन्द्रमा लाई पुजा गरिन्छ र पुजा पश्चात व्रत भंग गरिन्छ । पुजा पश्चात पाईएको परिकारहरु परिवारका सबै मिलि खाने गरेको छ ।


चन्द्रमा दोष हुन्छ र आजको दिन चन्द्रमालाई देखिहालियो भने जिवनमा गरिएको दोष मेटिनेन्छ भन्ने जनविश्वास छ । व्रत बस्ने महिलाहरु आफ्नो परिवारका सम्पुर्ण सदस्य विशेष गरि सन्तानहरु त्था गाईभैसि, बाख्राबाख्रीहरुको राम्रो होस्, गरेको गल्तिलाई माफि सहित भविष्यमा नराम्रो नहोस् भन्ने कामना सहित पुजा गरिन्छ ।

चाैरचन पर्व ।


गणेश चतुर्थी
श्री गणेशाय नम ।
१०८ विभिन्न नाम भएका, गजानन्द, गणपतिबापाको आज जन्मदिन । हिन्दुधर्मावलम्वीहरुमा शुभ कार्यको श्री गणेश गर्ने अर्थात हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पुजाआजा या नविन चिन्तन शुरुवात गर्नु भन्दा अगाडि गणेशको नाम लिएर अथवा पुजा गरिनु पर्द छ ।


यस दिनमा गणेशलाई विधिन्न ८४ परिकारबाट बनेको व्यवञ्जनहरु त्था फलफुलहरु चढाउने चलन छ । विधाबुद्धि, कला र साहित्यको भगवान गणेशको पुजा शुक्ल चतुर्थीमा शुरु हुने अनन्त चर्तुदशीका दिन समापन गरिन्छ ।


समाजमा मनाईने हरेक चाडपर्वले समानता र सौहार्दताको स्थिति होस्, अपनत्व र सदाशयता बढाउन सक्नुपर्छ । आज सबै जना चन्द्रमाको दर्शन गरि र श्री गणेशको पुजा गरि परिवार, समाज, देश र विश्वको लागि राम्रो होस्, वर्तमान विपद छिटै अन्त्य होस् कामना गनु होस् ।


सुरक्षित र सजग बस्नु होला । सबैको जय होस् र शुभ होस् ।

जय श्री गणेश

#Churachan #Ganeshpuja #Madhesh #Mithila #Covid19Nepal #StaYsafe #StayHome #Godblessyou