जितिया पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व विशेषगरि आमाहरुले आफ्नो सन्तानहरुको सुख, आनन्द, राम्रो र प्रगतिका निमित्ति लागि व्रत बस्ने गर्दछन । नेपालमा तराई मधेशी, मिथिला तथा थारु समुदायमा पर्व मनाईन्छ । व्रतालु महिलाहरु निर्जल अर्थात पानी पनि नखाई २४ घण्टा सम्म जीतमहान गोँसाईको पुजाअजा गरी कठोर व्रत बस्ने परम्परा रहेको छ ।


पर्वको एक दिन अगाडि नुहाएर खाईन्छ त्यो दिनलाई माच्छमरुवा बार्ने दिन पनि भने गरेको छ । यस दिनमा व्रतालुहरुले नुहाएर भिजेकै लुगामा तेल खरी (तोरीबाट तेल निकाल्ने पछि निस्कोको कडा पदार्थ) लाई घिरौलाको पातमा उदाउँदो सुर्यदेवको पुजा गरिन्छ । त्यो दिन देखि नै जितिया पर्व आरम्भ हुन्छ । त्यो दिन केहि व्रतालुहरुले माछा, मरुव (कोदो) को रोटि खाने गरेको छ । व्रतालुहरु चोखो खाने कुरा खाने गर्द छ ।


दोस्रो दिन, आधि रातिमा उठेर घिरौलाको पातमा चुरा, दहि, केरा, लड्डु, तुलसिको पात, अमोट (आँपबाट बनाईएको एक किसिमको खाने कुरा), मिठा (गुड) फलहरु ईत्यादि राखेर पुजा गरिन्छ । पुजा गरे पछि परिवारका सदस्यहरु मिलि राति नै चुरादहि खाने गर्दछ । व्रतालुहरु पनि खाने कुरा मध्ये प्राय सबै खाने गरेको छ । कतिपयले विभिन्न किसिमको परिकार पकाएर खाने गर्दछ । राति नै व्रतालुहरु पनि खाने भएकोले “जितिया पावन बड भरी, धिया पुताके ठोक सुतलेन अपने खेलैन भैर थारी” भने तराई तिर मधेश तिर उखान प्रचलित छ । कतिपय व्रतालुहरु प्रसिद्ध पोखरी, नदि तथा तलाउहरुम नुहाउने गर्दछ । बेलुका तिर नजिकको मन्दिरमा गएर पुजा गर्ने गर्दछ ।


तेस्रो दिन, यस दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि मितीमा तलमाथी परे अथवा एउटै तिथी दुइदिन परेमा कहिलेकाँही आमाहरुले तिनदिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ । जतिखेरको तिथि मिती हुन्छ त्यति खेर हल्दि (बेसार) को पातमा चुरा, दहि, केरा, लड्डु, तुलसिको पात, अमाेट, मिठा र फलहरु ईत्यादि राखेर पुजा गरिन्छ । पुजा गरे पश्चात व्रतालुहरुले व्रत तोड्ने गर्दछ । छठ पछि दोस्रो कठोर पर्व मानिन्छ । व्रतालुहरु व्रत बसेको बेला खेतको काम नगर्ने किन कि व्रतालुहरुबाट कुनै जिवको हत्या नहोस् भने जनविश्वास छ ।


सम्पुर्ण नेपालिबासि, व्रतालुहरु लगायत सम्पुर्ण मानव समाजमा जितियाको शुभकामना । सबैको जय होस्, शुभ होस् ।


जितिया पर्वको महिमामा आधारीत व्रतकथा ।


एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरु महिलाहरुझैं व्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदिबहिनीका रुपमा जन्मिन्छिन् ।


चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी बहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखि र निरास हुन्छिन । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन र ति केटाहरु आफ्नी दिदिका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ र ति सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ ।


यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन ।


दिदिको खुशी सहन नसकि अव कपुरवती दिदिको घर पुग्दछिन र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकि थिइन यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।

#jitya #Teraimadhesh #Magahi #festivalJitiya #Jitamahan

राति गरिएकाे पुजा