नेपाल पहिलो पल्ट रगत सम्बन्धि सम्मेलन “ब्लड फर नेपाल सम्मेलन २०२४” भव्यताका साथ सम्पन्न भयो । देशभरीबाट युवाहरुको सहभागीताको साथै रगत क्षेत्रमा काम गर्ने व्यक्तिहरुको रगत विषयमा सत्र, व्यक्तित्व र नेतृत्व विकास, कन्टेन्ट क्रियसन लगायत प्यानल छलफल सँगसँगै विभिन्न व्यक्तित्वहरुको मन्तव्य रहेको थियो ।
दुई दिने कार्यक्रममा पहिलो दिन गमलामा पानी हालेर औपचारिक रुपमा कार्यक्रमको शुरुवात भएको थियो । ब्लड फर नेपालको बारेमा, रगत विज्ञान र रक्तसंचार केन्द्रमा हुने प्रक्रिया, व्यक्तित्व, नेतृत्व विकास, रगत व्यवस्थापन सम्बन्धि प्यानल छलफल, व्यक्तित्व ब्रान्डिङ्ग कन्टेन्ट क्रियसन, समय व्यवस्थापन लगायत सेसनहरु, सम्बन्धित विज्ञद्धारा संचालन गरिएको थियो । झण्डै १ घण्टा भन्दा बढी समय प्रसिद्ध डा. भोला रिजाल ज्युले सहभागीहरुसँग बिताउनु भएकोे थियो । उहाँले सहभागीहरुलाई प्रोत्सिहित गर्ने देखि लिएर आफ्नो अनुभव साझा गर्नु भएको थियो । राती ‘कल्चरल नाईट’ मा सहभागीहरुले आ आफ्नो संस्कृती झल्किने पहिरन लगाई सामुहिक प्रस्तुतिकरण प्रस्तुत गरि सहभागीहरु बिच फ्लोसिप भएको थियो ।
दोस्रो दिनको सुरुवातमा पहिलो दिनको समिक्षासँगै ब्लड फर नेपालले भविष्यमा गरिने कामको सामुहिक छलफल र अहिले सम्मका कामको प्रस्तुतिकरण लगायत नेपालमा रगत व्यवस्थापनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा मतमन्थन गरिएको थियो । त्यस पश्चात् अवार्ड सेरोमोनी तथा ब्लड फर नेपालको छैठौँ वार्षिक उत्सवसँग सँगै रक्तदान कार्यक्रम संचालन भयो । त्यहाँ रगतक्षेत्र लगायत समाजिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको सहभागीतासँगसँगै मन्तव्य पनि दिनुभयो । रगत व्यवस्थापनमा अहम भुमिका बहन गर्नेहरुलाई विभिन्न अवार्ड तथा पुरस्कारले सम्मान गरेका थियौ भने कार्यक्रममा उपस्थित अतिथि लगायत अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरेका थियौँ । कार्यक्रम सफल बनाउन अहम भुमिका खेल्ने प्रायोजकहरु लगायत अन्य सबैलाई मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरेका थियौ । अन्य विभिन्न गतिविधि संचालनसँगै अर्को वर्ष पुनः “ब्लड फर नेपाल सम्मेलन २०२५” लिएर आउने बाचा सहित कार्यक्रम सफल रुपमा सम्पन्न भयो ।
कार्यक्रम सफल बनाउन अहम भुमिका खेल्ने ब्लड फर नेपालका सम्पुर्ण परिवार, प्रायोजक (स्पोन्सरहरु), वक्ताहरु, सेसन संचालन तथा प्यानल छलफलका वक्ताहरु, अतिथि लगायत अन्य सबै सहयोगी हातहरु प्रति नमन् ।
अन्तमा सबै प्रति हृदय देखि धन्यवाद । यस कार्यक्रममा सिकेका कुरा आउने कार्यक्रमहरुमा लागु गरिने बाचा सहित अर्को पल्टका कार्यक्रममा यसरी नै साथको अपेक्षा रहनेछ ।