छ्या । म पनि बेकार नै छु ।
के के सोचेर बसे । दिन भरि कुरा गर्न खोजे तर कुरा नै भएन । उसको जन्मदिन मेरो कारणले नराम्रो त भएन नि उसको जन्मदिन ? आफैलाई प्रश्न गरेर बसे ।
दिमागले मनलाई सम्झ्याथ्यो “ह्या कति सोच्या हौ ? जन्मदिन उसको अनि शुभकामना दिन नपाएर चिन्ता तिमिलाई छ ? जे पाए त्यहि एक पल्ट शुभकामना देको छ त ।”
दिमागले कहाँ बुझ्छ मनका कुरा । दिमाग र मनको बहसमा कस्ले जित्ने हो थाह छैन ।
रातिको १० बजेको थियो फोनमा घण्टी बज्यो । ह्या यति राति कस्ले फोन गरे होला ।
साबुको रहेछ । खुशी हौ कि दुखी ? फोन उठाउ कि न उठाउ ? यति राति कहिले पनि उसले फोन गरेको थिएन आज गरेकी छे । म पागलै रहेछु फोन उठाउन नपाएर के के सोचेर बसेको छु । बुडबक्क ।
फाईनली उसको फोन आयो । हेइ । सुति सक्नु भयो ?
तिम्रो फोनको प्रतिक्षामा थिए भन्न मन थियो तर भन्नि न । हैन यति कै पल्टिन लागेको थिए । सुत्न खोज्दै थिए । अलि उदास पारामा भने ।


हो र ? ल ल सुत्नु त्यसो भए । सरी डिस्टर्ब गरे अरु त निन्द्रै न लाग्ने आज छिटै भएछ । ल गुड नाईट । अलि रिसाएको आवाजमा भन्नि ।
केटीको पारा बोल्न मन लागेको बेला केहि नराम्रो या उल्ट बोलियो भने त्यो समातेर सटिक्क जवाफ दिन्छ । जब कि मैले सुत्छु भनेकै छैन अनि उसको जवाफले रिस उठयो तर आज उसको जन्म दिन होस् किन मुड खराब नगर्ने भनेर
त्यस्तो हैन । सुत्छु भनेकै छैन सुत्न खोज्दै छु पो भने त । सुत्नु र खोज्नुमा फरक छ साबु ।
ल ल । भयो । पहिलो शुभकामना आउने मान्छेको अहिले सम्म आएको छैन हैन ।
ल जे को डर त्यहि कुरा आयो । गल्ति गरेको छु जे भने पनि भएन अब । “सरी साबु । जन्मदिनको करोडौ शुभकामना, सदैव खुशी हुनु” शुभकामना पहिले होस् या अन्तमा मनबाट हुनुपर्छ । अलि फकाएको शैलीमा शुभकामना सहित जवाफ दिए ।
“धन्यावद हजुर गल्ति गरे पछि जे भने पनि भयो त हैन ।” उसको जवाफ ।
हटाउ यो कुरा । हाउ वाज योर डे ? ।
एकदम राम्रो दिन भरी के के गरिन, केमा व्यस्त थिईन हरेक कुरा एक एक गरि सुनाईन । राति सबै जना सुति सकेर म फ्रेस हुने भनेर छतमा आएर हजुरलाई फोन गरेको ।
उसको हरेक कुरा ध्यान दिएर सुने । बिच बिचमा हुन्न । हुन्न । ऐ । ऐ । हो र । वाह यस्तै जवाफ दिन्थे । उसलाई होस् मेरो कुरा सुन्दै छ भनेर । र म सुन्दै थिए । उसको हरेक कुरामा उ खुशी देखिन्थे । मेरो पहिलो नभएर पनि जति खेर शुभकामना दिए पनि मनले दिनु पर्छ भने बुझ्ने मेरी साबु भन मन थियो तर हिम्मत भएन ।
जति पनि नडराउने मान्छे भए पनि कुनै कुनै कुरामा डर हुने गर्दछ । डर लाग्छ । यो प्राकृतिको नियम हो ।
कुरा गर्दै गर्दा रातिको १ बज्यो ल । म सुत्छु है भोलि समानहरु प्याक गरेर पर्सि हजुरलाई भेट्न आउछु नि ।
हस । साबु सुत्म म पनि सुत्छु । तिमी अरामा गर्नु है दिन भरीको थाकाई होला ।
हस । हुन्छ र नामले न बोलाउनु न क्या । अर्कै लाग्छ क्या उसको जवाफ ।
है ? ल तिमि नै भन्न के भनेर बोलाउ ? सोधे ।
सानु, कान्छु, माया, प्यारी, प्रिय, अरु केहि यस्तै यस्तै बोलाए हुन्छ नि ।
माया पनि बडो अजिब छ है “मान्छेलाई उसकै नाम भन्दा प्यारो अर्को शब्द माया गर्ने मान्छेको मुखबाट सुन खोज्छ नि”
हस बाबा हस सोचेर भन्छु है । ल गुड नाईट ।
उठन साथ उसको गुड मर्निङ्ग मेसेज देखे । दिन राम्रो हुने भयो सोच्दै मुसुक्क हाँसे ।
दिन भरी समान प्याक गर्दा के ल्याउने के न ल्याउने कस्तो लुगा चाहिन्छ । कस्तो चाहिदैन हरेर कुरा सोध्दै प्याक गरिन
हामी मिलेर समान प्याक गर्यो । भोली भेट्न भयो हामी खुशी पनि त्यति नै थियो । राति धेरै बेर कुरा न गरिकन सुत्यो हामी ।
शुभ रात्रि । शुभ यात्रा कान्छु । उसलाई कान्छु भनेर बोलाउने भए म । उसलाई नि मन पर्यो ।

#Sarojkumarmahatowrites #apuroprem #Part4