(यो एउटा लेख मात्रै हो कसैको जीवनसंग मेल खान गएमा संयोग मात्रै हुने छ)

बिहानको १० बजेको थियो र आज अंग्रेजी नया वर्ष २०१९ को पहिलो दिन पनि थियो म वहाँ (मेरो केटा साथी वा मेरो बोइफ्रेन्ड) लाइ फोन गरे
वहाँ: हेल्लो (सुतेको जस्तो स्वर आयो)
म: हेल्लो उठ्नु भएको छैन? मलाइ काम थियो
वहाँ: हजुर उठीसके, भन्न के भयो ? नया वर्षको शुभकामना, केहि काम छ ?
म: तपाइलाई पनि शुभकामना, अंह काम थियो मलाई चेक गरौँ अस्पताल जानु पर्ने छ
वहाँ: येह हुन्छ म नुहाउन लागेको छु नुहाएर जाउला नि, तब सम्म मेरो रूम आऊ, मेरो भाउजुसंग भेट्नु
म: हुन्छ, तपाई अलि छिटो नुहाउनु है
वहाँ: हुन्छ ल बाई
म वहांको रूम गए जादा वहाँ नुहाउनको लागि पानि ताउदै हुनु हुन्थ्यो, म भाउजु संग कुरा गरेर बसे अनि वहाँ नुहाउन लग्नु भयो केहि बेर मै त्यहाँ बाट निस्के अनि इशारा गरेर वहाँलाई भने कि अलि छिटो आउनु है, वहांले पनि इशाराले नै भनु भयो कि हुन्छ
केहि बेरमा त्यहि नजिक मन्दिरमा बसे अनि २० मिनट पछि वहाँ आउनु भयो
तर मलाई भेट्नु भन्दा अगाडी कोइ संग कुरा गर्दै हुनु हुन्थ्यो, कुरा सकेर म नजिक आउनु भयो अनि भन्नु भयो कि ल बस् (बैकमा)
म बाइक बसे अनि वहाँ भन्नु भयो कि मेरो साथी आको छ मसंग भेट्नको लागि तर तिम्रो काम भएर साथीलाई रूममा बस्न म छिटै आउछु भनेर यता आए, मैले भने त्यस्तो छ भने म भोलि चेक गराउछु आज तपाई आफ्नो साथीलाई भेट्नु धेरै दिन पछि आउनु भएको रहेछ होला त्यसमा नि आज नयाँ वर्षको पहिलो दिन छ भेट्नु रमाइलो गर्नु म घर जान्छु है,
वहाँले भनु भयो ठिक छ त्यसो भए तिमीलाई गाडी चड्ने ठाउँमा पुराई दिन्छु अनि म साथीलाई भेट्न जान्छु, मैले भने हुन्छ हामी बाटोमा कुरा गर्दै गयो, अनि मलाई याद आयो कि मेरो घरबाट समान आको छ त्यो लिन जानु पर्ने छ, उता त्यो चोकमा समान आकोछ, अनि वहांले भनु भयो कि म के गरु ? मलाइ न राम्रो लग्यो यसरि बोल्दा, तपाइलाई जाने मन छैन भने न जानु यसरि त न बोल्नु,
तिमीले भन्नु पर्छ कि हिड्नु मेरो समान आउदै छ मलाई सहयोग गर्नु भनेर वहांले भनु भयो…….
मलाई लग्यो कि यसरि भने पछि तपाई जानु हुन्छ भनेर तर तपाई कसरि भनु भयो मलाई धेरै न राम्रो लग्यो मलाई यहि ओराल दिनु म हिडेर जान्छु
पर्दैन (धेरै बेसरी बोल्नु भयो) म गाडी चड्ने ठाउँमा पुराई दिन्छु अनि जानु आफ्नो घर वहांले भनु भयो
अनि केहि बेरमा गाडी चड्ने ठाउँमा मलाई ओरालदिनु भयो केहि न बोलि जानु भयो…..
मलाई यति धेरै न राम्रो लग्यो कि सोचे कि किन यस्तो एक दिनको हो, हाम्रो सम्बन्ध को लगभग ५ वर्ष हुन् लग्यो तर यस्तो रिस किन? वहाँलाई थाहा थियो कि म संग पैसा छैन भनेर म कसरि गाडीमा जान्छु म संग भाडा तिर्ने पैसा छैन..
मैले फोन गरे अनि भने तपाइलाई थाह छ कि मसंग पैसा छैन भनेर मलाई यहि छोडेर जानु भयो? येह हो ल हुन्छ म पैसा दिन आउछु त्यहि बस्नु भनु भयो चाहिदैन तपाइको पैसा जानु तपाइलाई जहाँ जानु पर्ने छ भनेर मैले जवाफ दिये, यस्तो घमण्डी मलाई न देखाऊ ठिक छ म आफ्नो काममा जान्छु जौ तिमि जसरि जाने भए भन्दै फोन काट्नु भयो,
मलाई लग्यो कि वहाँ आउनु हुन्छ भनेर जहाँ छोडेर जानु भएको थियो म त्यहि बसेर केहि बेर कुरे तर आउनु भएन फेरी फोन गरे अनि भने कि आउनु हुन्छ जस्तो लागेको थियो तर आउनु भएन कस्तो हुनु हुन्छ है भने ल ल ठिक छ अनि फोन काट्नु भयो
म हिडेर जान थाले, गाडीमा नि चड्नु तर पैसा छैन कसरि चड्नु भनेर हिड्दै गए कुनै बेला त मरु जस्तो हुन्थ्यो कि म कस्तो छु यस्तै के के कुरा सोच्दै हिड्दै गए सोच्दा सोच्दै बीच बाटोमै पुगे छु झन्डै एउटा बाइक वालाले मलाई ठोकर हानें अनि फेरी साइड बाट हिड्दै गए कुनै कुनै बेला वहाँलाइ फोन गरे गालि नि गरे के के भने कि तपाई मलाई माया गर्नु हुन्, स्वार्थी हुनु हुन्छ अनि येह हो र भनेर फोन काट्नु हुन्थ्यो कति धेरै पल्ट म फोन गरे तर सबै पल्ट त्यस्तै कुरा गर्नु भयो, हिड्दा हिड्दै लगभग ७ किलोमिटर पुगे छु यति धेरै थकाई लग्यो तर घर त पुग्ने पर्छ, हिड्ने बानि कमै थियो किन कि जहाँ जादा वहाँसंगै नै जान्थे तर हिड्ने बानि राख्नु पर्छ जस्तो अनुभूति भयो,
केहि बेर हिडे पछि एउटा चिनेको दिदि भेट्नु भयो त्यो दिदिसंग गाडीमा चडेर घर तिर गए अनि एकछिन पछि वहांको मेसेज आयो कि कहाँ छौ? मैले भने हिड्दै छु वहांले फोन गर्नु भयो तर म फोन न उठाए फेरी मेसेज गर्नु भयो कि कहाँ छौ? म आउदै छु, म भने कि म गाडीमा छु राम्रो संग जाऊ घर आफ्नो ख्याल राख्नु, खाना खानु भनु भयो,
म केहि बेर पछि घर पुगे कस्तो थकाई लागेको थियो गाडी भाडा त्यो दिदीले तिर्दिनु भयो, त्यो समान जुन घरबाट आको थियो लिन नि गइन्
त्यो दिन सम्झिदा नि कस्तो नराम्रो लाग्छ किन जसले मेरो एउटा आवाज सुने बितिकै जे नि गर्ने, जसले म बोलाउदा जहाँ भएनी एकछिन मै आउने, मेरो लागि जे नि गर्ने त्यो आज यस्तो किन गरेको होला, मसंग पैसा थिएन थाह हुदा हुदै यस्तो किन गरेको होला, म सोचेकी मलाई माया गर्नु हुन् अब सायद तर फेरी सोचेको मलाई छोडेर गए पछि साथीसंग व्यस्त हुनु भयो होला, राम्रो कुरा नि आउथ्यो दिमाग तर रिस नि त्यति नै उठ्थ्यो त्यो दिन मलाई धेरै गार्हो भयो किन कि मलाई हिड्ने बनि थिएन तर लगभग ३/४ घण्टा हिडे मलाई सोचेर नि अचम लग्यो कि त्यति धेरै कसरि हिड्ने सके छु, मान्छेलाई परे पछि जे गर्दो रहे छ र कसै माथि भर पर्नु हुदैन त्यो कुरा नि थाह पाए चाहे जो सुकै किन न होस् आफु ठिक भयो भने सब ठिक हुन्छ
ढिलो भए पनि नया वर्षको शुभकामान २०१९ तपाइहरुको जय होस्, शुभ होस्, मंगल होस्

लेखक: सरोज कुमार महतो
पात्र: एक माया गर्ने प्रेमिका