हेर त
म शुन्यताको सिँहासनमा सवार भई
यो समाजको असमान बन्धनहरुको
ठुल्ठुला पर्खालहरु नाघ्न खोज्दै
छद्यम सत्यमा बाँचीरहेको
एउटा अर्ध नास्तिक पुरुष

जो पुस्तौदेखी विरासतमा पाएको संस्कार
या भन परम्परागत ढोग्ं जस मार्फत
कर्तव्यनिप्ठाको केहि अध्याय पुरागरि
तिम्रो शारिरिक अस्तित्वलाई सदाकोलागि
मेटाउन केहि घ्यु हाल्दै छु

उफ्फ१
मलाई बल्ल आभाष हुँदै छ
यो त तिम्रो चिता पो हो
तिम्रो न्यानो अंगालो सदाकोलागि खोसिएको छ
तर मलाई हतार छ अन्य संस्कारहरु पुरागरि
त्यहि दैनिकिमा फर्किन जहाँ अब तिमी हुने छैनौ

हेर न,
जलीरहेको लासको तापलेपनि तिम्रो आभाष दिदै छ

म थकित, चिन्तित र मुर्छीतभई सोच्दै छु(
कास यो घ्यु तीमी जीवित छदै।।।

म सोच्दै छु,
त्यो काठहरुको एउटा मशाल बनाएर
बतीको उज्यालो पाउन कैयौ शहिद जन्माएको
त्यो झुपडीमा राखीदिउं

कमसेकम छोरो गुमाएकी ती विधवाले
उज्यालो त पाउलीन्

सोच्दै छु,
एउटा रुख रोपीदिउ तिम्रो चितामा माटो थोपरेर
जहाँ, म मर्नुअघी कुनैदिन तिम्रो छहारी पाउन सकु
जहाँ, साँस फेरेर मभित्र तिमी ज्युदै रहेको प्रमाण पेश गर्नसकु
र,यो संसारलाई बताउन सकु
कि कती शितलता थियो तिम्रो वपरपरि ।।

लेखक: मृत्युन्ज्य झा (MJ Jha)