हुम्लाको चंखेलि गाउँपालिका वडा नम्बर ४ (पिपलङ्ग) मा पुगेको धेरै दिन भईसकेकाे थियाे । म कामकाे सिलसिलामा त्यहाँ पुगेकाे थिए र त्यहीँ काममा व्यस्त थिए ।

एक दिन,

मेराे काम थिएन, म फ्रि थिए । हामी बस्ने नजिकै राम शाह प्रा. वि. विधालय थियाे । विधालयमा अध्ययनरत विधार्थिलाई पढाउनकाे लागि विधालय गए । त्यहाँ जाँदा ५०/६० जना प्राथमिक तह स्तरका विधार्थीहरु थियाे । उक्त विधालयमा कक्षा ६ सम्म पढनपाढन हुने गर्द छ ।

विधालयमा एक जना विधार्थी घिस्रिदै कतै जाँदै थियो । काे हाे ? किन यसरी हिडद‌ै छ ? भन्नेर जिज्ञासा भयाे र उ भएकाे ठाउँ तिर गए ।

तिम्राे नाम के हाे?

सर, नमस्ते

मेराे नाम निरा शाही हाे ।

उसकाे बारेमा जान मन लाग्याे र विधालयका प्रधानध्यपक सरसँग बाेलाएर निराकाे बारेमा साेध्न थाले । सरकाे भनाई …

नाम निरा शाही हाे, घर यहि (हातले देखाउदै)भन्नू भयाे । उसकाे घर विधालयकाे छेउमै रहे छ । उमेर १५ वर्ष अहिले कक्षा १ मा पढदै छिन ।

कक्षा एक मा ……..?

म चकित भए मैले प्रश्न गर्नु भन्दा अगाडि सरले भनु भयाे उ शारीरिक रुपमा अपांग छिन, कम्मरकाे तलकाे भाग काम नगर्ने अर्थात खुट्टा काम नगर्ने, हिड्न नसक्ने छिन । अाँखा अलि कमजोर छ तर खानामा पाेष्टिक खाना खान पायाे भने अाँखा सम्बन्धि समस्य समाधान हुन सक्छ । दिमाग अत्यन्त धेरै नै तेज छ सुनेर धेरै कुरा सिक्न सक्छे । एक पल्ट सुनेकाे अावाज अर्काे पल्ट सुन्दा कस्काे अावाज हाे भनेर छिटै चिन सक्छ ।

पछि अरु कुरा थाह पाउन निरासँग बराबर भेट्न थाले ।

गित राम्रोसँग गाउन सक्छे । उसकाे स्वर मिठाे छ । अरुले केही काम गरिरहेकाे हुन्छ त्याे देख्दा उसले नि गर्न प्रयास गर्छिन ।

निरा अाफ्नाे दैनिकी गर्ने काम सबै गर्नु सक्छिन तर टाैईलेट प्रयाेग गर्दा दिशा गरे पछि सफा गर्न गार्‍हो हुन्छ अन्य सबै काम गर्न सक्छे ।

पढ्नमा राम्रि छे अहिले सम्म कक्षा एकमा हुनु करण उसकाे अाँखा अरु भन्दा तुलनात्मक रुपमा कमजाेर छ जसले गर्दा लेख्न गार्‍हो हुन्छ र घर परिवारबाट पनि राम्रो रुपमा हेर विचार नभएर एउटै कक्षामा छ ।

निरा मलाई देख्दा सर,

म ठिक हुने, पढ्ने भने गरेकाे थियाे । उसलाई देख्दा प्रसिद्ध साहित्यकार झमक घिमिरेकाे सम्झना अाउँछ ।

हुम्ला नेपाल कै विकट जिल्ला छ । जसले धेरै नै समस्यहरु छन । बल्ल बल्ल बाटाे पुग्न लागेकाे छ । विकट जिल्लाले गर्दा त्यसको सिधा असर स्थानीय बासिन्दाहरुलाई हुन्छ । यदि निरा हुम्ला भन्दा बाहिर भएकाे भए धेरै नै राम्रो हुने थिईन ।

अब निरालाई हुम्लाबाट बाहिर ल्याउने जिम्मा तपाईंहरुकाे भयाे । कतै निराकाे राम्रोसँग हेरविचार गर्ने, उसकाे बाकि जीवन राम्रो बनाउने, उसकाे सानाे सपना छ पढ्ने त्याे पूरा गर्ने ठाउँ वा कुनै अपांग अाश्रममा छ भने कृपया जानकारी गराउनु हाेला ।

निरा ४ भाईबहिनि छे, घरमा बुवाअामा र हजुरबुबा हुनुहुन्छ ।

उसकाे बारेमा अझै बुझ्नकाे लागि सम्पर्क:

निराकाे बुवा गगन बहादुर शाहि: ९८४८३१७३०९ तर त्यहाँ नेटवर्ककाे समस्य हुन्छ जसले गर्दा फाेन लाग्ने सम्भावना कम छ ।

मेराे नम्बर: ९८४३५०७४२१