प्यारो एसईई विधार्थीहरु,
शुक्रबार एसईईको परिक्षा ‘रिजल्ट’ प्रकाशित भयो । पास हुने सम्पुर्ण विधार्थीहरुलाई बधाई छ साथै फेल हुने विधार्र्थीहरुलाई आगामी दिनका लागि शुभकामना, फेरि पनि मौका आउने छ ।
तपाईहरु आज जसरी परिक्षाफल अर्थात मेहनतको फलको प्रतिक्षामा हुनुहुन्थ्यो । त्यसरी म पनि कुनै दिन थिए । फरक यति छ कि तपाईहरुको रिजल्ट जिपिएमा आयो भने हाम्रो प्रतिक्षतमा थियो तर कुरै एउटै हो । कुरा गरौ तपाईहरुको रिजल्टको, तपाईहरुको जिपिए धेरै आयो, कहि न कहि तपाई कै मेहन्तको फल होला तर यहि पनि ठुला सपmलता हैन तै पनि ‘सेलेब्रेसन’ जरुरी छ । जसले मनोवल बढाउँछ ।
जसको जिपिए कम आयो, धेरै नसोच्नु र मनलाई सबल बनाउनु एउटा भनाई छ “एक परिक्षाले तपाईको भविष्य तय गर्दैन” तर भएको गल्तिलाई मन्न गर्नुस् र अगाडि बढ्नु । पछि फर्केर हेर्दा कमिजोरी भयो होला । पढाईमा अलि कम ध्यान देखि लिएर अन्य तर त्यसलाई परिवर्तन गर्न सकिन्न । त्यसलाई सुधार गरेर भविष्य सोचेको जस्तो बनाउन सकिन्छ ।
अब के गर्ने यसरी पढेर हुने हो त भने कुरा पनि छ । यी अवस्थामा प्राय विधार्थीहरुको मन्नमा आउने प्रश्न हो । अगामि दिनमा तपाईहरुलाई कडा मेहनत गुर्नु पर्ने हुन्छ । कुनै समयमा एसईईलाई फलामको ढोका मान्ने गर्दथ्यो । पार गरे पछि जिवन कै एक सफल व्यक्तित्व मानिन्थ्यो तर अहिले अवस्थामा नितान्त फरक भयो । फरक यो मानेमा पढाईको स्तर फरक भएको छ । अवस्था परिवर्तन छ तर मुल्य त्यति नै छ त्यसैले अब तपाईहरुको भविष्य तपाईहरुले छनोट गर्ने बाटोमा हुने छ ।
अहिले हामीले बुझेका छौं कि एउटा परीक्षा पास गर्दैमा वा एउटा परीक्षा फेल हुदैमा हुने त केहि रहेछन् । त्यो रिजल्टमा फेल लेखेको देख्दा जिवन नै रोकिन्छ होला तर त्यस्तो हुन्न यदि हामीमा आत्मविश्वास छ भने कुनै हारले पनि रोकिदैन रहेछ । ठुलो कुरा गर्न त खोजेको होईन तर आज रिजल्ट हेर्दै गर्दा तपाईमा पनि केहि निराशा, डर, लाज, पिडा वा अध्याँरो छ होला भने ‘नो वरी’ । फेल वा पास चाहे जे भएपनि यो धिमगतिले तपाईलाई माईनस होईन प्लस गर्नेछ । विश्वास गर्नुहोस् । यो रिजल्टलाई जितेर अगाडी बढिसकेपछि तपाई जब दश, बीस, तिस या चालिस वर्ष पछि कतै आफ्नो जीवनको कथा सुनाउदै गर्नु हुनेछ । तब यो रिजल्टको बारेमा हाँस्दै कुरा गर्नु हुनेछ । अनि भन्नु हुनेछ, ‘तर मैले हार मानिन’ !
राम्रो जिपिए आउँदैमा धेरै राम्रो विषय लिएर पढ्न न अतालिनु या खराबै जिपिए आउँदैमा कमजोर विषय लिएर पढ्न न अतालिनु होला । जति नै जिपिए आए पनि तपाईको इच्छा अनुसार सिनियरहरुको सल्लाह लिएर छनोट गर्नु होला र कडा परिश्रमले राम्रो गर्नु होला । तर जुन विषय छनोट गरे पनि तपाई आफ्नो लक्ष्य प्रति अडिग भएर गर्नु होला । अरुलाई हेरेर हैन आफ्नो सबल पक्षलाई ध्यान दिएर गर्नु होला र निरन्तर परियसा गरि आफ्नो उज्जवल भविष्य निमार्ण गर्नु होला ।
तपाईहरु सक्षम हुनुहुन्छ र धेरै गर्न सक्नु हुन्छ । आफ्नो लक्ष्य तय गरेर त्यसको लागि तयार पार्नुस् । संसार प्रतिपस्र्धामा भइरहन्छ यहाँ कोई पनि कमजोर छैन त्यहि भएर प्रतिस्पर्धा गर्न सक्नु पर्छ । हिन्दि एक मुभिको डायलग छ “जिवन एक दौड हो, यति तपाई छिटो दौडन् सक्नु हुन भने टुटेको अण्डा जस्तै हुनु हुनेछ” । अर्थात सबै आ आफ्नो लक्ष्य प्राप्ति प्रति भगिरहन्छ । जिवन लामो छ बुझ्दै हिड्नुस्, कोशिस सम्म त गर्नु पर्छ यति सम्म गर्नु भयो भने तपाईलाई कहिले विगतलाई सम्झेर मन खिन्न हुन्न ।
अन्तत् आगामि दिनका लागि शुभकामना । तपाईहरुलाई केहि सल्लाह भए सम्झनु होला सक्ने दिने छु ।
शुभ होस् ।